काठमाडौं। नेपाली कांग्रेस केन्द्रीय कार्य सम्पादन समितिको बैठक मंगलबार बस्ने भएको छ । बदलिएको राजनीतिक परिस्थितिको विश्लेषण गरी पार्टीको धारणा तय गर्न बैठक बस्न लागेको हो । मंगलबार दिउसो ३ बजे पार्टी कार्यालय सानेपामा बैठक बस्ने जनाइएको छ ।
काठमाडौं। नागरिक उन्मुक्ति पार्टी (नाउपा) नयाँ बन्ने सत्ता गठबन्धनमा सामेल हुने भएको छ । सोमबार बालुवाटार बैठकमा सहभागी भएपछि नाउपाका अध्यक्ष रेशम चौधरीले आफूहरु नयाँ सरकारमा जान सकारात्मक रहेको बताएका छन् । उनले भने, ‘नयाँ गठबन्धन जोडिने प्रयत्न हुँदै छ । कुन-कुन दललाई गठबन्धनमा सामेल गराउने भन्ने विषयमा एक्ला एक्लै
काठमाडौं। नेकपा माओवादी केन्द्रले नेकपा एमालेबाट फुटेर बनेको नेकपा एकीकृत समाजवादीलाई नयाँ गठबन्धनमा राख्ने निर्णय गरेको छ । त्यसैगरी, आज बसेको बैठकपछि सचिव देवेन्द्र पौडेलले वामपन्थी एकताका लागि नेकपा एसलाई पनि समेट्ने निर्णय भएको बताएका हुन् । वामपन्थी एकताको जनअपेक्षा रहेको भन्दै एसलाई बाहिर राख्नु नहुने वकालत पार्टीले गरेको हो
काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले फेरि वामपन्थी एकताको नयाँ अध्यायको सुरुवात भएको बताएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पदाधिकारी बैठकमा ब्रिफिङ उनले यस्तो ब्रिफिङ गरेका हुन् । प्रधानमन्त्रीले हिजोको गल्ती स्वीकार गर्दै फेरि वामपन्थी एकता गर्ने बिन्दुमा आइपुगेको दाबी गरेका छन् । सो बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा
काठमाडौं। माओवादी केन्द्रकै नेतृत्वमा बनेको नयाँ गठबन्धनले सबै दलका नेताको प्रतिनिधित्व रहने गरी सानो मन्त्री मण्डल गठन गर्ने सहमति गरेको छ । प्रतिनिधि सभामा एमालेका ७९, माओवादी केन्द्रका ३२ र रास्वपाका २१ जना सांसद छन् । सरकार बनाउन तीन दलको संख्या पर्याप्त छ । सरकार निर्माणका लागि १३८ जना सांसद
राँझा,बाँके। बाँकेमा भारतीय दूधको बिक्री वितरणले नेपाली किसान मर्कामा पर्दै गएका छन् । नेपालगञ्ज लगायत आसपासका ग्रामीण बजारमा खुलेयाम भारतीय दूध बिक्री वितरणले नेपाली किसान मर्कामा परेको दुग्ध व्यवसायी सङ्घ बाँकेका अध्यक्ष दीपकराज भण्डारीले बताएका छन् । उनका अनुसार, नेपालगञ्ज उपमहानगरपालिका, खजुरा, जानकी, नरैनापुर र डुडुवा गाउँपालिकामा भारतीय दूध बिक्री
काठमाडौं। नेकपा एकीकृत समाजवादीले आज सचिवालय बैठक बोलाएको छ। बदलिएको राजनीतिक परिस्थितिबारे छलफल गर्न दिउसो तीन बजे बैठक बस्न लागेको हो। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्ता समीकरणमा फेरबदल गरेसँग नेकपा एस कुन ध्रुव हुन्छ भन्ने स्पष्ट भइसकेको छैन । माओवादी बैठकले आज नेकपा एसलाई पनि नयाँ समीकरणमा समेट्ने निर्णय लिएको
काठमाडौं। नेकपा एमालेबाट पदम गिरी मन्त्री बन्ने भएका छन् । बालकोटमा बसेको एमाले सचिवालय बैठकले गिरीलाई सरकारमा पठाउने निर्णय गरेको हो । एमालेका प्रमुख सचेतक गिरी यसअघि पनि स्वास्थ्यमन्त्री बनेका थिए । सरकारमा रास्वपा र राप्रपा पनि सहभागी हुने सहमति भएको छ । आइतबार राति प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको
दाङ। सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले शान्ति प्रक्रिया चाडै टुङ्गोमा पुग्ने बताएकी छन् । माओवादी केन्द्र दाङको घोराही नगर समितिले आयोजना गरेको कार्यक्रममा नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्यसमेत रहेकी मन्त्री शर्माले शान्ति प्रक्रियालाई जसरी पनि टुङ्गोमा पुर्याउने बताएकी छन् । अहिलेको मुख्य कार्यभार शान्ति प्रक्रियाको बाँकी काम
ताप्लेजुङ। फुङलिङ नगरपालिका-१० फुरुम्बोको मयाम हुँदै पाथीभरा मन्दिर जाने दुई किलोमिटर पदमार्ग निर्माण भएको छ । पाथीभरा क्षेत्र विकास समितिको लगानीमा मयामको चुच्चे ढुङ्गादेखि डढेलोसम्म ढुङ्गाको ‘सोलिङ’ लगाएर पदमार्ग निर्माण भएको हो । उक्त समितिद्वारा विनियोजित रु २५ लाखको लागतमा दुई हजार १७२ मिटर दूरीको पदमार्ग निर्माण सम्पन्न गरिएको उपभोक्ता