Trending
>>   चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ >>   भ्रष्टाचार अन्त्य गर्ने एक मात्रै विकल्प समाजवादः झलनाथ खनाल >>   मुलुकमा अब धुमधामका साथ समाजवाद आउँछः माधव नेपाल >>   अन्य प्रदेशहरुमा पनि एमाले बाहेकको समीकरण बन्छः दाहाल >>   प्रधानमन्त्रीले मलाई पक्राउ गर्न दबाब दिइरहनुभएको छः ओली >>   ‘कमरेड जलजला उपन्याशसको विवेचना’ पुस्तक विमोचन >>   नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक >>   हेटौँडा बजार क्षेत्रमा सडक विस्तारः चल्यो शनिवार बिहानै डोजर >>   चुनावपछि एमालेले फेरि सरकार बनाउँछःओली >>   राष्ट्रिय राजनीतिको चुनौति सामना गर्न ओलीलाई फेरि नेतृत्वमा ल्याउन खोजेका हौंः शंकर पोखरेल
Logo
२१ मंसिर २०८२, आईतवार
२१ मंसिर २०८२, आईतवार

शान्ति प्रक्रिया चाडै टुङ्गोमा पुग्ने छः मन्त्री शर्मा


दाङ। सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले शान्ति प्रक्रिया चाडै टुङ्गोमा पुग्ने बताएकी छन् । माओवादी केन्द्र दाङको घोराही नगर समितिले आयोजना गरेको कार्यक्रममा नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्यसमेत रहेकी मन्त्री शर्माले शान्ति प्रक्रियालाई जसरी पनि टुङ्गोमा पुर्‍याउने बताएकी छन् ।

अहिलेको मुख्य कार्यभार शान्ति प्रक्रियाको बाँकी काम पूरा गर्ने भएकाले प्रधानमन्त्री यसमै केन्द्रित भएर अघि बढेको उनको भनाइ रहेको छ ।अर्को प्रसङ्गमा पार्टीले हालै गरेको विधान अधिवेशनबाट हरेक समिति निर्वाचित गर्ने निर्णय भएको जानकारी गराउँदै उनले पार्टी पहिलो पटक निर्वाचनबाट नेतृत्व चयन गर्ने अवस्थामा पुगेको स्पष्ट पारिन् ।

उक्त पार्टी नेतातिर होइन, जनतातिर फर्कनुपर्ने उल्लेख गर्दै उनले पुराना नेता कार्यकर्ताको सम्मान र नयाँलाई प्रोत्साहन गरेर लैजानुपर्ने बताइन् । उनले स्थानीय समितिहरू नै पार्टीका आधार भएकाले स्थानीय पार्टीलाई व्यवस्थित गरेर लैजानुपर्ने बताउदै वडा तहसम्म पार्टी कार्यालय स्थापना गरेर पार्टी व्यवस्थित गर्नुपर्ने समेत उनको भनाइ रहेको छ ।


प्रकाशित मिति: २१ फाल्गुन २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?