Trending
>>   विपद् जोखिम न्युनिकरणका लागि पूर्वसूचना सबैको पहुँचमा पुग्नुपर्छः सरोकारवाला >>   मान्छे कर्मले सधैँ अमर रहन्छः सञ्चारमन्त्री खरेल >>   २५ अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक >>   प्रतिनिधिसभा चुनावका लागि महोत्तरी–४ बाट प्रचण्डको नाम सिफारिस >>   निर्वाचन आयोगको कडा कदमः ६ दल खारेज >>   सरकार एमाले निर्वाचनमा सहभागी होस् भन्ने चाहँदैनः रघुवीर महासेठ >>   शान्तिपूर्ण निर्वाचनका लागि राजनीतिक दलहरुसँग सघन संवाद जरुरीः नेकपा >>   दलहरूमार्फत निर्वाचनको सन्देश तल्लो तहसम्म पुर्‍याउन संवाद थालेका छौँः मन्त्री सिन्हा >>   आइसिसी महिला टी ट्वान्टी विश्वकपमा छनोट हुन्छौंः हर्षल पाठक >>   अध्यादेशमार्फत समानुपातिक प्रतिनिधित्व हटाइएको भन्दै अपाङ्गता भएका व्यक्तिहरूको संघ–संस्थाद्वारा विरोध
Logo
१० पुष २०८२, बिहीबार
१० पुष २०८२, बिहीबार

मयाम हुँदै पाथीभरा जाने पदमार्ग निर्माण


ताप्लेजुङ। फुङलिङ नगरपालिका-१० फुरुम्बोको मयाम हुँदै पाथीभरा मन्दिर जाने दुई किलोमिटर पदमार्ग निर्माण भएको छ । पाथीभरा क्षेत्र विकास समितिको लगानीमा मयामको चुच्चे ढुङ्गादेखि डढेलोसम्म ढुङ्गाको ‘सोलिङ’ लगाएर पदमार्ग निर्माण भएको हो ।

उक्त समितिद्वारा विनियोजित रु २५ लाखको लागतमा दुई हजार १७२ मिटर दूरीको पदमार्ग निर्माण सम्पन्न गरिएको उपभोक्ता समितिका अध्यक्ष कुमार लेछर्बोले जानकारी दिएका छन् । जम्मा दुई हजार ५० मिटरको प्राविधिक लागत अनुमान गरिएको उक्त योजनामा १२२ मिटर बढी पदमार्ग निर्माण गरिएको छ । उपभोक्ता समितिद्वारा स्थानीय स्तरबाट श्रमदान जुटाएर १२२ मिटर बढी पदमार्ग निर्माण गरिएको अध्यक्ष लेछर्बोले जानकारी दिएका छन् ।

उक्त पदमार्ग हुँदै फुरुम्बो, फक्ताङलुङ गाउँपालिका र मिक्वाखोला गाउँपालिकाका स्थानीय पाथीभरा मन्दिर जाने गरेको उपभोक्ता समितिका सचिव इन्द्र लेछर्बोले बताए । एक मिटर २० सेन्टिमिटर चौडासहितको पदमार्ग निर्माण भएसँगै पाथीभरा ओहोरदोहोरमा सहजता हुन थालेको स्थानीयले बताएका छन् ।


प्रकाशित मिति: २१ फाल्गुन २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?