सिन्धुली ।हरिहरपुरगढी गाउँपालिका-७ चिसापानीबाट अवैध लागूऔषध गाँजा करिब ६ सय १५ किलो ९३ ग्रामसहित सोही ठाउँ बस्ने उदयपुर कटारी नगरपालिका-६ घर भएका ४६ वर्षीय कुमार पाख्रिनलाई गएराति प्रहरीले पक्राउ गरेको छ । हरिहरपुरगढी गाउँपालिका-७ चिसापानीस्थित गोठमा गाँजा लुकाई छिपाई राखेको भन्ने सूचनाको आधारमा इलाका प्रहरी कार्यालय कपिलाकोटबाट खटिएको प्रहरीले गोठको
काठमाडौं । नेपाल कृषि सहकारी केन्द्रीय संघ लिमिटेडका महाप्रबन्धक रुद्र भट्टराईले एक सहकारी एक गोदाम आवश्यक रहेको बताएका छन् । आइबार प्रथम सहकारी रोजगार मेलामा नेपाल कृषि सहकारी केन्द्रीय संघ लिमिटेडः रोजगारीको अवस्था र आगामी सम्भावनाहरुबारे कार्यपत्र प्रस्तुत गर्दै उनले यस्तो बताएका हुन् । महाप्रबन्धक भट्टराईले भने, ‘एक सहकारी एक
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आधुनिक समाजको विकाससँगै लोकतन्त्रका लाभहरू सबै जाति र समुदायको जीवन पद्धतिसँग जोडिनुपर्ने बताउनुभएको छ । जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानको बैठकलाई आज यहाँ सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले आदीवासी जनजातिहरूको परम्परालाई जीवन्त राख्दै उनीहरूको अधिकार सुनिश्चित गर्नुपर्नेमा जोड दिनुभयो । “आदीवासी जनजाति पहिचानको महत्त्वपूर्ण आधार र
इटहरी । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले अबको लक्ष्य मिसन २०८४ नै भएको बताउनुभएको छ । नेकपा एमालेका केन्द्रीय सदस्य समेत रहनुभएकी मन्त्री चौधरीले नेकपा एमाले इटहरी नगर कमिटीको नवौँ नगर अधिवेशनलाई सम्बोधन गर्दै त्यस्तो बताउनुभएको हो । सम्पूर्ण पार्टी पङ्क्ति मिसन ८४ मा केन्द्रित हुनुपर्ने भन्दै उहाँले भन्नुभयो,
प्रतिनिधि सभा बैठक, २०८१ असार ९ https://www.youtube.com/watch?v=56oEp7jO0n4
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुख्यसचिव डा. बैकुण्ठ अर्यालविरुद्ध भ्रष्टाचार मुद्दा दायर गर्ने निर्णय गरेको छ ।अख्तियार उच्च स्रोतका अनुसार सञ्चार सचिव हुँदा उनले गरेको निर्णयले मुलुकको राज्यकोषमा हानि नोक्सानी पुगेको निचोडसहित मुद्दा दायर गर्ने निर्णय भएको हो ।
काठमाडौं । गण्डकी प्रदेशका पदमुक्त गरिएका सांसद फणीन्द्र देवकोटाले दायर गरेको रिटको पेसी न्यायाधीश प्रकाशमान सिंह राउतको इजलासमा तोकिएको छ ।देवकोटाले रिटमा आफूलाई पदमुक्त गरेको प्रदेशसभाको जेठ ३२ गतेको सूचना कार्यान्वयन नगर्न/नगराउन अन्तरिम आदेशको माग गरेका छन् । उनले गण्डकी प्रदेशका सभामुख कृष्णप्रसाद धिताल, प्रदेशसभा सचिवालय, नेकपा माओवादी केन्द्र केन्द्रीय
काठमाडौं। कोशी प्रदेश सरकार गठनविरुद्धको रिटमा आज सुनुवाइ हुँदैछ । उक्त रिटमा न्यायाधीशहरू कुमार रेग्मी, नहकुल सुवेदी र अब्दुल अजिज मुसलमानको पूर्ण इजलासमा सुनुवाइको पेसी तोकिएको हो । यसअघि जेठ ३१ गते भएको सुनुवाइ हेर्दा हेर्दैमा सकिएपछि आजका लागि पेसी तोकिएको थियो ।
काठमाडौं । संघीय संसद अन्तर्गत राष्ट्रियसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो सवा १ बजे संसद भवन नयाँबानेश्वरमा बस्नेछ । आजको बैठकमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री शक्तिबहादुर बस्नेतले ‘नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता सम्बन्धी विधेयक, २०८१’ सभा समक्ष पेस गर्ने कार्यसूची रहेको छ ।
काठमाडौं । नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठक सुरू भएकाे छ । बैठक संसद भवन नयाँबानेश्वरमा बसेकाे हाे। प्रतिनिधिसभाबाट आज विनियोजन विधेयक, २०८१ पास गर्ने तयारी रहेकाले सोही विषयमा छलफल हुँदैछ ।