Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१६ माघ २०८२, शुक्रबार
१६ माघ २०८२, शुक्रबार

अबको हाम्रो एक मात्र लक्ष्य मिसन २०८४ हो: महिला मन्त्री चौधरी


इटहरी । महिलाबालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले अबको लक्ष्य मिसन २०८४ नै भएको बताउनुभएको छ । नेकपा एमालेका केन्द्रीय सदस्य समेत रहनुभएकी मन्त्री चौधरीले नेकपा एमाले इटहरी नगर कमिटीको नवौँ नगर अधिवेशनलाई सम्बोधन गर्दै त्यस्तो बताउनुभएको हो ।

सम्पूर्ण पार्टी पङ्क्ति मिसन ८४ मा केन्द्रित हुनुपर्ने भन्दै उहाँले भन्नुभयो, ‘राष्ट्रियताको मिसन बोक्दैराष्ट्र बनाउने मिसन लिएर अगाडि बढेको पार्टी नेकपा एमाले हो । पार्टीलाई एक नम्बरको बनाउनका निम्ति अबको हाम्रो यात्रा मिसन ०८४ हो । अब हामी सबै मिसन ८४ को लक्ष्यमा केन्द्रित हुनुपर्छ ।

पार्टीको नीतिलाई बोक्ने नेतृत्व स्थापित हुँदै जाने भन्दै उहाँले विकासको सपना बोक्ने पार्टी एमाले नै भएको दाबी गर्नुभयो । उहाँले विकासको मूल फुटाउनका निम्ति पनि एमालेले जित्न आवश्यक रहेको बताउनुभयो । हामी नेकपा एमाले हौँ । हामी सबैको एउटै आँगन हो ।  हामीले राज्यसत्तालाई टिकाउ र स्थायी सरकार दिनका लागि । विकासको मूल फुटाउनका लागि कम्तीमा पनि दुई पटकसम्म एमाले नेतृत्वमा आउनुपर्छ‘, उहाँले भन्नुभयो, ‘एमालेले सरकारको नेतृत्व गर्ने अवस्था आएमा जनताका आशा अपेक्षा पुरा हुन सक्छन् । अब हामी कम्तीमा ५१ प्रतिशत जित्ने गरी स्थानीयप्रदेश र संघमा जित्ने गरी अहिलेदेखि नै लाग्नुपर्छ । हाम्रो भोलीको लक्ष्य दुई तिहाइ हो । तर अहिलेदेखि नै हामीले बढीभन्दा बढी जित्नका लागि लाग्नुपर्छ ।

पार्टीभित्र कसैलाई पनि निषेध गर्नेगरी जान नहुने भन्दै मन्त्री चौधरीले पार्टीभित्रको आन्तरिक समस्या बसेर समाधान गर्नुपर्ने बताउनुभयो । एउटै आँगन एउटै क्षेत्र एकै ठाउँ जाने भएकाले अधिवेशनले मिसन  २०८४ लाई सहयोग गर्ने उहाँको विश्वास थियो ।

नेकपा एमाले इटहरी नगरका कार्यवाहक अध्यक्ष रूपेश बस्नेतको अध्यक्षता तथा नेकपा एमाले स्थायी कमिटी सदस्य तथा सुनसरी जिल्ला इन्चार्ज कोशी प्रदेशका पूर्व मुख्यमन्त्री शेरधन राईको प्रमुख आतिथ्यमा सुरु भएको अधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ ।


प्रकाशित मिति: ९ असार २०८१, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?