९ भदाै, काठमाडाैँ । नेपाली कांग्रेसले सामाजिक, धार्मिक र राजनैतिक सद्भावका लागि सार्वजनिक अपिल गरेको छ । पछिल्लो समय धरानमा भइरहेको घटनाक्रमबारे चिन्ता प्रकट गर्दै कांग्रेसले सद्भावको अपील गरेको हो । पार्टी सभापति शेरबहादुर देउवाले एक विज्ञप्तीमार्फत कसैको धर्म, संस्कृति र परम्पराप्रति कसैले दखल पुर्याउनु उचित नभएको बताएका छन् । देउवाको
९ भदौ, मोरङ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले धार्मिक सद्भाव नेपालीको पहिचान भएको बताएका छन् । नेपाल प्रेस युनियन मोरङको आज विराटनगरमा आयोजित पदस्थापन समारोहमा उनले नेपाल बहुजातीय, बहुधार्मिक र बहुभाषिक मुलुक भएकाले सामाजिक एवं धार्मिक सद्भाव कायम राख्न सबैलाई आग्रह गरे । सङ्घीय सांसद डा कोइरालाले
९ भदाै, काठमाडाैँ । चार देश सम्मिलित महिला टी–ट्वान्टी सिरिजको उपाधि नेपालले जितेको छ । आज भएको फाइनल खेलमा नेपालले हङकङलाई १३ रनले हराउँदै उपाधि हात पारेको हो । नेपालले ब्याटिङ गरिरहँदा वर्षा भएपछि खेलको छिनोफानो डकवर्थ लुइस पद्दतीका आधारमा गरिएको हो । मलेसियाको राजधानी क्वालालम्पुरस्थित बायुमास ओभल क्रिकेट मैदानमा नेपालले
९ भदौ, काठमाडाैँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सामाजिक सद्भाव विथोल्ने अभिव्यक्तिप्रति सचेत रहन आग्रह गरेका छन् । पार्टीको टोखा नगरपालिकाको भेलामा आज उनले जातजाति र समुदायसित होइन बल्की बेथिति र भ्रष्टचारविरुद्ध लड्नपर्ने बताए । “जातीय र धार्मिक समुदायबीच द्वन्द्व बढाउने र समाजको सद्भाव खलबल्याउने अभिव्यक्तिप्रति
९ भदाै, काठमाडाैँ । नेपाली काङ्ग्रेसमा सहमहामन्त्री भीष्मराज आङ्देम्बेले बालेन साहलाई पार्टीमा ल्याउनुपर्ने बताएका छन् । शनिबार एक कार्यक्रममा बोल्दै आङ्देम्बेले स्वतन्त्र मेयर साहलाई पार्टीमा ल्याउने वातावरण मिलाउनुपर्ने बताएका हुन् । रचनात्मक अभियानको नेतृत्व गरेका साहलाई कांग्रेसमा ल्याउने वातावरण बनाउन आङ्देम्बेको आग्रह थियो । उनले उक्त कार्यक्रममा भनेका छन्, 'अब त्यो
९ भदौ, काठमाडाैँ । नेपाली कांग्रेसका उपसभापति एवं उपप्रधानमन्त्री पूर्णबहादुर खड्काले पार्टी रुपान्तरण र सुधार आफैँबाट सुरु गर्नुपर्नेमा जोड दिएका छन् । काठमाडौँ क्षेत्र नं ३ को क्षेत्रीय भेलामा उहाँले गाउँ तहदेखि केन्द्रीय तहसम्मका सबै नेतालाई पार्टी रुपान्तरण र सुधारका लागि आफैँबाट सुरु गर्न सुझाव दिए । “अरुलाई भन्नुभन्दा हरेक
९ भदाै, एजेन्सी । सिङ्गापुरका अधिकारीहरूले लागू औषध बोकेको अभियोगमा एक सय ३० जनालाई पक्राउ गरेका छन् । केन्द्रीय लागू औषध नियन्त्रण विभाग(सिएनबी) ले आज एक विज्ञप्ति निकालेर यही अगस्ट १४ देखि २५ सम्म गरिएको देशव्यापी खोजतलासको कारवाहीमा एक सय तीस ३० जनालाई पक्राउ गरेको जानकारी दिएको हो । सिएनबीले दुई
९ भदौ, बैतडी । यहाँका किसानले उत्पादन गरेको तरकारीले बजार नपाउँदा समस्या भएको छ । मेहनत गरेर उत्पादन गरेको तरकारीले बजार नपाउँदा लाखौँको क्षतिसमेत पुगेको छ । दशरथचन्द नगरपालिका–१ गुरुखोलाका किसानले लगाएको बन्दाले बजार नपाउँदा बारीमै कुहिएको स्थानीय मानबहादुर टेरले बताए । बारीमा लगाएको बन्दा कुहिन थालेपछि चिन्ता बढेको छ
९ भदाै, काठमाडाैँ । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादव भारत प्रस्थान गरेका छन् । उनि पारिवारिक कामका सिलसिलामा भारतको केरला गएका हुन् । जसपाका प्रवक्ता मनिषकुमार सुमनका अनुसार अध्यक्ष यादव भारतको नयाँदिल्ली हुँदै केरलाको कोची जानेछन् । उनि एक सातापछि स्वदेश फर्किने प्रवक्ता सुमनले बताए ।
९ भदाै, म्याग्दी । प्रकाश माध्यमिक विद्यालयबाट सेवानिवृत्त शिक्षक हरिकृष्ण सुवेदी आमाहरुलाई पढाउन पुनः स्वयंसेवक शिक्षकका रुपमा शिक्षण पेसामै फर्किएका छन् । पढ्ने रहर अधुरै भएका आमाहरुलाई लक्षित गरेर बेनीको मङ्गलाघाटमा सञ्चालित उज्यालो वैकल्पिक विद्यालयमा ६२ वर्षीय सुवेदीले स्वयंसेवक शिक्षकका रुपमा शिक्षण पेसालाई पुनःनिरन्तरता दिएका हुन् । लामो समयसम्म प्रकाश