Trending
>>   ‘पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा फेरियो माहोलः नियमित उडानको आशाले पर्यटन व्यवसायी उत्साहित’ >>   उतारचढावमा बित्यो गत साता, आज सेयर बजार कता? >>   अवरुद्ध सडक खुलाउन २५० भन्दा बढी उपकरण तयारी अवस्थामाः प्राधिकरण >>   पृथ्वी राजमार्गको मलेखु–मुग्लिङ खण्ड खुलाउन १० उपकरण परिचालन, पहिरो पन्छाउने कार्य जारी >>   अविरल वर्षाले देशभर जनजीवन अस्तव्यस्तः दर्जनौं सडक अवरुद्ध, पुल बगायो >>   काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः७ लाख ८३ हजार सदस्यको विवरण बुझाइयो >>   काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला >>   काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने >>   गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ >>   किसानलाई तत्काल धान नकाट्न मौसम विभागको आग्रह
Logo
१२ आश्विन २०८३, सोमबार
१२ आश्विन २०८३, सोमबार

समाचार


प्राकृतिक चिकित्सा पद्धतिमा ध्यान दिनुपर्छ : मन्त्री बस्नेत

६ असार, काभ्रे । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले योगमार्फत प्राकृतिक चिकित्सा पद्धति अगाल्नुपर्ने सुझाव दिएका छन् । नवौँ अन्तर्राष्ट्रिय योग दिवसका अवसरमा आज पनौती-५ चौकोट धुलिखेलस्थित काठमाडौँ विश्वविद्यायलले निर्माण गरेको योग तथा प्राकृतिक चिकित्सालय भवन उद्घाटनका अवसरमा अस्पताल हुने उपचार महंगो बन्दै गएको र नेपालीको आयस्रोतले धान्न सक्ने अवस्था

जसपाले बोलायो केन्द्रीय कार्यकारिणी समितिको बैठक

६ असार, काठमाडाैँ । जनता समाजवादी पार्टी, नेपाल (जसपा) केन्द्रीय कार्यकारिणी समितिको बैठक आह्वान गरेको छ । असार ७ गते बिहीबार बिहान ११ः३० बजे पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा बस्ने गरी बैठक आह्वान गरिएको सो पार्टीका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए । उनका अनुसार बैठकमा विधान अधिवेशनको तयारी र

पोखरामा नियमित उडान हुनुपर्ने पर्यटन व्यवसायीको माग

६ असार, पोखरा । पोखरेलीहरुको चार दशक अघिदेखिको सपना हो, अन्तर्राष्ट्रिय विमानस्थल । विमानस्थलको अवधारणा, जग्गा अधिग्रहणदेखि निर्माण सम्पन्न हुन ४० वर्ष लाग्यो । विसं २०७४ देखि निर्माण सुरु भइ २२ अर्ब लगानीमा निर्माण भएको विमानस्थल गत पुस १७ गते धुमधामसँग उद्घाटन पनि भयो । यो खुसीलाई साट्न पोखरेलीहरु विमानस्थलमा खचाखच

शेयर बजारमा दोहोरो अङ्कको गिरावट

६ असार, काठमाडाैँ । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट देखिएको छ । परिसूचक १४ दशमलव ०५ अङ्कले घटेर दुई हजार ५० दशमलव ७८ को बिन्दुमा कायम भएको हो । आज विभिन्न दुई सय ७१ कम्पनीका ८६ लाख ५१ हजार एक सय ६४ कित्ता शेयर रू तीन अर्ब

संसदीय प्रतिनिधि मण्डलको चीन भ्रमण फलदायी : अध्यक्ष तिमिल्सिना

६ असार, काठमाडाैँ । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले हालै भएको नेपाली संसदीय प्रतिनिधिमण्डलको चीन भ्रमण फलदायी भएको जानकारी दिएका छन् । चीनको छेन्दु – तियान्फु अन्तर्राष्ट्रिय विमानस्थलबाट चार्टर्ड उडानमार्फत पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा आउनुभएका उहाँले पत्रकार सम्मेलनमा भ्रमणले द्विपक्षीय सम्बन्धलाई अझै बलियो बनाएको बताए । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो पटक अन्तर्राष्ट्रिय

पहिरोले नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध

६ असार, भरतपुर । सुख्खा पहिरोका कारण नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ । आज दिउँसो १.५० बजे सडकखण्ड अन्तर्गत इच्छाकामना गाउँपालिका–६ स्थित नाम्सी पुलमा सुख्खा पहिरो खसेर सडक दुईतर्फी अवरुद्ध भएको हो । पहिरो खसेपछि गन्तव्यमा हिँडेका सवारीसाधन रोकिएका छन् । अहिले पहिरो पन्छ्याउने काम भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी

माछापालनबाट वार्षिक १ करोड ३० लाख आम्दानी

६ असार, पर्वत । ‘सुन फल्छ नि साइँलो दाइ यही माटो चलाए, किन जानु साइँलो दाइ हङकङ र मलाय’ आफ्नै माटोमा अथाह सम्भावना नदेखेर दैनिक हजारौँ युवायुवती पलायन भइरहेका बेला खोलामा बगेर खेर गइरहेको पानी सदुपयोग गरी यहाँका एक पूर्वजनप्रतिनिधिले रेन्वो ट्राउट माछापालन गर्दै आएका छन् । पर्वतको मोदी गाउँपालिका–२ देउपुरका

आज ट्रेड युनियन कांग्रेसको निर्वाचन

६ असार, काठमाडाैँ । नेपाल ट्रेड युनियन कांग्रेसको नयाँ कार्यसमितिका लागि दुई समूहबीच प्रतिष्पर्धा हुने भएको छ । यही असार ४ गतेदेखि सुरु भएको सातौँ राष्ट्रिय महाधिवेशन अन्तर्गत आज नयाँ कार्यसमिति चयन हुन लागेको हो । अध्यक्ष पदका लागि युनियनका वर्तमान वरिष्ठ उपाध्यक्ष महेन्द्रप्रसाद यादव र महासचिव योगेन्द्रकुमार कुँवरबीच प्रतिष्पर्धा हुनेभएको

जोगाउनै गाह्रो भयो बुद्धकालीन कालानमक धान

६ असार, लुम्बिनी । अमरनाथ कुर्मीको घरमा यो वर्ष कालानमक चामलको भात पाकेको छैन । पाकोस् पनि कसरी ? मर्चवारी–६ स्थित उनको खेतमा अघिल्लो वर्षदेखि कालानमक रोपिएकै छैन । उनले भने, ‘कुनै समय साँझ–बिहान कालानमक चामलको भात खाने हाम्रा लागि अब त त्यो चामल विरानो बन्न थाल्यो ।’ सम्मरीमाई–७ बेतकुइयाँका मनमोहन कुर्मी दुई

मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

६ असार, तनहुँ । पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ एक्लेफाँटमा आज भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ । मुग्लिनबाट लमजुङतर्फ जाँदै गरेको ना ६ ख ३०१६ नम्बरको ट्रकलाई बा ७० प ९४७४ नम्बरको मोटरसाइकले ओभरटेक गर्ने क्रममा ट्रकसँग ठोक्किएर एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

सम्वन्धित समाचारहरु