Trending
>>   हात देऊ प्रिय >>   जर्मनीमा कांग्रेसको निर्वाचन प्रचार समिति >>   यसकारण कांग्रेसलाई तपाईंको मन र मत >>   नेपाली र भारतीय फिल्मका चर्चित अभिनेता सुनिल थापाको निधन >>   प्रभु बैंकको सीईओमा सुमन शर्मा, शेरचनले दिए राजीनामा >>   डिजिटल नागरिकता सेवामा काभ्रेपलाञ्चोक अगाडि :वडा तहबाटै अनलाइन सिफारिस सफल >>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त
Logo
२९ माघ २०८२, बिहीबार
२९ माघ २०८२, बिहीबार

संसदीय प्रतिनिधि मण्डलको चीन भ्रमण फलदायी : अध्यक्ष तिमिल्सिना


६ असार, काठमाडाैँ । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले हालै भएको नेपाली संसदीय प्रतिनिधिमण्डलको चीन भ्रमण फलदायी भएको जानकारी दिएका छन् । चीनको छेन्दु – तियान्फु अन्तर्राष्ट्रिय विमानस्थलबाट चार्टर्ड उडानमार्फत पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा आउनुभएका उहाँले पत्रकार सम्मेलनमा भ्रमणले द्विपक्षीय सम्बन्धलाई अझै बलियो बनाएको बताए ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो पटक अन्तर्राष्ट्रिय विमान अवतरण हुनु पोखरेली र समग्र नेपालीका लागि खुसी र गर्वको विषय भएको जनाउँदै उनले आगामी दिनमा अन्तर्राष्ट्रिय उडान नियमित गराउनेतर्फ सबै लाग्नुपर्ने आवश्यकता औँल्याए ।

चीनको स्वशासित क्षेत्र तिब्बत्मा पाँचौँ पर्यटन सांस्कृतिक महोत्सवमा प्रमुख अतिथिका रुपमा आमन्त्रण भई आफूहरू त्यसतर्फ गएको जानकारी दिँदै उनले उक्त क्रममा चीनको उच्च राजनीतिक व्यक्तित्वसँग भेटघाट भएको बताए । सङ्घीय ससंद्का पदाधिकारी र सदस्यसहित दुईजना संसद् सचिवालयका कर्मचारी सहभागी नौ सदस्यीय प्रतिनिधिमण्डल गत जेठ २७ गते रातिको उडानबाट गोन्जाओ हुँदै बेइजिङ पुगिएको उनले जानकारी दिए ।


प्रकाशित मिति: ६ असार २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?