Trending
>>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा >>   राजुनाथ पाण्डेले गरे काठमाडौँ–३ बाट उम्मेदवारी दर्ता >>   बालेन्द्र साहले गराए झापा क्षेत्र नं. ५ बाट प्रतिनिधि सभा उम्मेदवारी दर्ता >>   ‘चुनावअघि सन्तुलनको दोसाँधमा नेपालः महाशक्तिहरूको नयाँ रणभूमि र क्षेत्रीय स्थिरताको संकट’ >>   महावीर पुनले गरे म्याग्दीबाट उम्मेदवारी दर्ता >>   महेश बस्नेतले गरे भक्तपुर–२ बाट उम्मेदवारी दर्ता >>   रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्रीले सम्हाल्नुहुने >>   झापा–५ को चुनावी माहोल तात्यो, बालेन हजारौँ समर्थकसहित मनोनयन दर्ता गर्न दमकमा >>   स्पेनमा रेल दुर्घटनाः ४० जनाको मृत्यु, तीन दिने राष्ट्रिय शोकको घोषणा >>   सरकारद्वारा रवि लामिछाने विरुद्धका दुई अभियोग फिर्ता
Logo
१२ माघ २०८२, सोमबार
१२ माघ २०८२, सोमबार

आज ट्रेड युनियन कांग्रेसको निर्वाचन


६ असार, काठमाडाैँ । नेपाल ट्रेड युनियन कांग्रेसको नयाँ कार्यसमितिका लागि दुई समूहबीच प्रतिष्पर्धा हुने भएको छ । यही असार ४ गतेदेखि सुरु भएको सातौँ राष्ट्रिय महाधिवेशन अन्तर्गत आज नयाँ कार्यसमिति चयन हुन लागेको हो ।

अध्यक्ष पदका लागि युनियनका वर्तमान वरिष्ठ उपाध्यक्ष महेन्द्रप्रसाद यादव र महासचिव योगेन्द्रकुमार कुँवरबीच प्रतिष्पर्धा हुनेभएको छ । उहाँहरु समूह नै बनाएर निर्वाचनमा होमिएका छन् ।

निर्वाचन समितिका संयोजक वरिष्ठ अधिवक्ता योगेन्द्रबहादुर अधिकारीलेसाँझ ४ बजेदेखि मतदान सुरु हुने जानकारी दिए । निर्वाचनमा आठ सय ८० महाधिवेशन प्रतिनिधिले भाग लिनेछन् भने युवा र महिला समितिसहित ४९ पदका लागि निर्वाचन हुनेछ ।


प्रकाशित मिति: ६ असार २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?