काठमाडौं। श्रमिकलाई वैदेशिक रोजगारीमा पठाउँदा लाग्ने लागत शुल्क प्रस्ताव गरिएको छ । म्यानपावर व्यवसायीहरूले सो प्रस्ताव गरेका हुन् । नेपाल वैदेशिक रोजगार व्यवसायी संघले पत्रकार सम्मेलन गर्दै कामदारको लागत निर्धारण गर्न सरकारलाई दबाब दिँदै उनीहरूले हालको लागत शुल्क प्रस्ताव गरेका हुन् । संघले वैदेशिक रोजगारलाई मर्यादित र कामदारलाई वास्तविक लागत
काठमाडौं। ८१औँ गोल्डेन ग्लोब्स अवार्ड समारोह अमेरिकाको क्यालिफोर्नियाको लस एन्जलसस्थित बेभर्ली हिल्टन होटलमा आयोजना गरिएको छ । त्यस्तै, प्रसिद्ध निर्देशक क्रिस्टोफर नोलनको फिल्म ‘ओपेनहाइमर’ ले गोल्डेन ग्लोब्समा उत्कृष्ट चलचित्रसहित ५ अवार्ड जितेको छ भने मार्गोट रोबी स्टारर फिल्म ‘बार्बी’ले सिनेमेटिक र बक्स अफिस अचिभमेन्ट अवार्ड जितेको छ । उक्त कार्यक्रममा
काठमाडौं। मदरसा, गुम्बा, विहार, मुन्धुम र विशेष शिक्षासँग सम्बन्धित संस्थाका प्रतिनिधिले आफूहरूका लागि शिक्षक दरबन्दी र मातृभाषा शिक्षकको व्यवस्था गर्न प्रतिनिधिसभाको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिसँग आग्रह गरेका छन् । उक्त समितिको आज बसेको बैठकमा शिक्षा विधेयक, २०८० माथिको छलफलका क्रममा विशेष शिक्षा परिषद्का शिक्षक प्रतिनिधि अनिल अम्गाइले हाल
काठमाडौं। राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र आयरल्यान्डको माथिल्लो सभा शाअनड एरेनका अध्यक्ष जेरी बट्टिमरबीच भेटवार्ता भएको छ । नेपालको पाँच दिने औपचारिक भ्रमणमा आएका अध्यक्ष बट्टिमरले सिंहदरवारस्थित अध्यक्ष तिमिल्सिनाको कार्यकक्षमा भेटवार्ता गरेका हुन् । उक्त भेटवार्ताका क्रममा अध्यक्ष तिमिल्सिनाले युरोपिएन युनियनले नेपालमाथि लगाएको हवाई प्रतिबन्ध खुल्ला गरिदिन आग्रह समेत
पाटन। ललितपुर महानगरपालिकाले यहाँका खेदकुद क्लबलाई आर्थिक सहयोग गरेको छ । उक्त महानगरपालिकाले ११ क्लबलाई रु ३७ लाख सहयोग गरेको छ । उक्त महानगरले वार्षिक बजेटमा व्यवस्था भएअनुसार महानगरभित्रका ‘ए’ ‘बी’ र ‘सी’ डिभिजनमा रहेका खेलकुद क्लबलाई क्रमशः रु चार लाख, रु तीन लाख र रु दुई लाखका दरले रकम
वीरगञ्ज,पर्सा। विगत केही दिनदेखि बढेको अत्यधिक चिसोका कारण वीरगञ्ज महानगरपालिकाको आग्रहमा आजदेखि एक साताका लागि विद्यालय बन्द गरिएको छ । हुस्सु र शीतलहरका कारण बालबालिकालाई पठनपाठनमा समस्या भएकाले महानगरपालिकाले आजदेखि माघ १ गतेसम्म महागरभित्रको सामुदायिक तथा संस्थागत विद्यालयमा बिदा दिन लागाएको हो । उक्त महानगरपालिकाको शिक्षा समितिको हिजो बसेको बैठकले
गुल्मी। गुल्मीमा मकै र धानको बीउको मूल्य निर्धारण गरिएको छ । जिल्ला खाद्यान्नबाली बीउ उत्पादक सञ्जालको आज सदरमुकाम तम्घासमा बसेको बैठकले चालु आर्थिक वर्षका लागि खरिद र बिक्री बीउको मूल्य निर्धारण गरेको हो । त्यस्तै, बीउ उत्पादक सञ्जालले जिल्लाभित्र मनकामना र देउतीको मूल बीउ प्रतिकिलो खरिद रु एक सय पाँच
टक्सार,भोजपुर। कर्तव्य ज्यानसम्बन्धी कसुर मुद्दाका फरार पाँच प्रतिवादीलाई जिल्ला प्रहरी कार्यालय भोजपुरले तीस वर्षपछि पक्राउ गरेको छ । विसं २०५० मा कसुर गरेर फरार रहेका उनीहरुलाई विभिन्न ठाउँबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक सुदिपराज पाठकले बताए । उनले भने, “घटना भएको लामो अवधिसम्म पनि फरार रहेका
काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ट्रंक र डेडिकेटेड महसुल विवाद समाधानका लागि मध्यमार्गी उपायको खोजी गर्न सम्वद्ध निकायलाई आग्रह गरेका छन् । नेपाल विद्युत् प्राधिकरणलाई भुक्तानी गर्नुपर्ने बक्यौता उठ्ने तथा उद्योग पनि चल्ने विकल्पमा जानुपर्ने उनले बताए । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आज आयोजित छलफल कार्यक्रममा प्रधानमन्त्री दाहालले उद्योग चल्ने
काठमाडौं। चितवनको इच्छाकामना गाउँपालिका-५ स्थित मुग्लिन बजारमा रहेको विद्युतीय सवारी ‘चार्जिङ स्टेसन’ मर्मत नहुँदा सेवाग्राही समस्यामा परेका छन्। झण्डै दुई महिनादेखि यहाँ रहेको चार्जिङ स्टेसन बिग्रेको हो। सञ्चालनमा आएको एक वर्ष नबित्दै चार्जिङ स्टेसनमा ‘चार्ज’ गर्ने ‘नोजल’ फुट्नुका साथै स्टेसनका दुई डिसी चार्जर बिग्रेको जनाइएको छ । हाल एउटा एसी