Trending
>>   जनकपुरधाममा भारत–नेपाल गोलमेच छलफल सम्पन्न >>   राष्ट्रियताको रक्षा गर्न ओलीको विकल्प छैनः पदम गिरी >>   पक्ष—विपक्ष छैन, हामी सबै एमाले हौँः कृष्णगोपाल श्रेष्ठ >>   एमाले फुटोस् र पार्टी बनाउँछौँ भन्ने सपना देख्नेहरुको चाहना पूरा हुनेछैनः महेश बर्तौला >>   एमालेको नयाँ नेतृत्व चयनका लागि मतदान जारी (तस्बिरसहित) >>   पुस १२ गतेभित्र राष्ट्रिय सभा बैठक बोलाउँछौँः नारायणप्रसाद दाहाल >>   सडक पीडित श्रेष्ठ भन्छन् – हामी सुकुम्वासी हुने भयौँ >>   फागुन २१ मा निर्वाचन नभए सरकारको औचित्य समाप्त हुन्छः वर्षमान पुन >>   नेपाल आउने भारतीय र भारत जाने नेपालीले प्रतिव्यक्ति भा.रु. २५ हजारसम्म बोक्न पाउने >>   एपिएफ फाइनलनजिक
Logo
२ पुष २०८२, बुधबार
२ पुष २०८२, बुधबार

शिक्षकको व्यवस्था गर्न सुझाव


काठमाडौं। मदरसा, गुम्बा, विहार, मुन्धुम र विशेष शिक्षासँग सम्बन्धित संस्थाका प्रतिनिधिले आफूहरूका लागि शिक्षक दरबन्दी र मातृभाषा शिक्षकको व्यवस्था गर्न प्रतिनिधिसभाको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिसँग आग्रह गरेका छन् ।

उक्त समितिको आज बसेको बैठकमा शिक्षा विधेयक, २०८० माथिको छलफलका क्रममा विशेष शिक्षा परिषद्का शिक्षक प्रतिनिधि अनिल अम्गाइले हाल विशेष कक्षा सञ्चालनमा संलग्न एक सय ७२ शिक्षक र एक सय आठ विद्यालय कर्मचारीलाई एकपटकका लागि आन्तरिक प्रतिस्पर्धाबाट स्थायी गर्ने व्यवस्था गर्न माग गरे ।

त्यस्तै, मुन्धुम शिक्षाका अभियन्ता अमर लिम्बूले शिक्षा विधेयकमा मातृभाषा शिक्षकको व्यवस्था गर्न सुझाव समेत दिए । मदरसा शिक्षाका प्रतिनिधि मोहम्द मिजामुद्दिनले मदरसामा मुस्लिम समुदायकै प्रधानाध्यापकको व्यवस्था हुने प्रावधान विधेयकमा गरिनुपर्नेमा जोड दिए । नेपाल बौद्ध महासङ्घका प्रतिनिधि कमल भण्डारीले परम्परागत शिक्षालाई व्यवस्थापन गर्न बेग्लै बोर्ड गठनको व्यवस्था विधेयकमा राख्न सुझाव दिए ।

उक्त समितिले यसअघि स्थानीय तहका जनप्रतिनिधिका महासङ्घ, नेपाल शिक्षक महासङ्घ, निजी विद्यालय सञ्चालकका संस्था, अस्थायी शिक्षक र विद्यालय कर्मचारीलगायत क्षेत्रसँग छलफल गरिसकेको छ ।


प्रकाशित मिति: २३ पुष २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?