काठमाडौं। नेपाली कांग्रेसले आफ्ना केन्द्रीय सदस्य तथा नेताहरुलाई जाजरकोटको भूकम्प प्रभावित क्षेत्रमा गई पीडितहरूका लागि आवास निर्माण गर्न दिएको निर्देशनअनुसार कांग्रेस नेताहरु जाजरकोटमा खटिएका छन् । यसैक्रममा कांग्रेस केन्द्रीय सदस्य एवं सङ्घीय सांसद मोहन आचार्य पनि भूकम्प प्रभावित क्षेत्रका पीडितका लागि आवास निर्माणको काममा खटिएका छन् । उनको नेतृत्वमा बिहीबारदेखि
बुटवल। लुम्बिनीका पर्यटन व्यवसायीले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट सरकारी स्वामित्वको नेपाल वायु सेवा निगमले आन्तरिक र अन्तराष्ट्रिय उडान नियमित सञ्चालन गर्नुपर्ने माग गरेका छन् । नेपाल एशोसिएसन अफ ट्राभल्स एन्ड टुर एजेन्ट (नाट्टा) लुम्बिनी प्रदेशले आइतबार निगमका नायब महाप्रबन्धक जनकराज कालाखेतीलाई काठमाडौंस्थित कार्यालयमा भेटेर ज्ञापन पत्र बुझाएको छ । उक्त
काठमाडौं। राष्ट्रिय टिमका ओपनर ब्याटर कुशल भुर्तेल अष्ट्रेलिया प्रस्थान गरेका छन् । उनी अष्ट्रेलियन क्लबस्तरीय क्रिकेटका लागि अष्ट्रेलिया गएका हुन् । उनले अष्ट्रेलियामा फ्रान्स्टोन पेनिन्सुला क्रिकेट क्लबमा रहेर एक महिना क्रिकेट खेल्नेछन् भने शनिबार अष्ट्रेलिया उडेका उनी जनवरी १६ तारिखमा नेपाल फर्किने छन् ।
काठमाडौं। अर्थ मन्त्रालयले सडक बत्तीको महसुल बक्यौता सम्बन्धित पालिकाबाटै असुल उपर गर्न नेपाल विद्युत् प्राधिकरणलाई निर्देशन दिएको छ । अर्थ मन्त्रालयको गत २२ कात्तिकको निर्णयबाट सडक बत्तीसहित विभिन्न सरकारी निकायबाट प्राधिकरणलाई भुक्तानी हुन बाँकी बक्यौता रकम सम्बन्धित कार्यालयबाट नै असुलउपर गर्न निर्देशन दिइएको हो । त्यस्तै, सरकारी कार्यालयमध्ये सबैभन्दा बढी
काठमाडौं। कोशीका मुख्यमन्त्री केदार कार्कीले मन्त्रीहरूलाई जिम्मेवारी दिएका छन् । आइतबार मुख्यमन्त्री कार्कीले कांग्रेसबाट मन्त्री बनेका शमशेर राईलाई आन्तरिक मामिला तथा कानुन, माअेवादी केन्द्रबाट मन्त्री बनेका गणेश प्रसाद उप्रेतीलाई पर्यटन, वन तथा वातावरण र एकीकृत समाजवादीबाट मन्त्री बनेका कमल प्रसाद जबेगुलाई भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका जिम्मेवारी दिएका हुन् ।
काठमाडौं। निर्वाचन आयोगले आगामी माघ ११ गते बिहीबार हुने राष्ट्रियसभा सदस्यको निर्वाचनका लागि तयारी सुरु गरेको छ । सोका लागि आयोगले यही मङ्सिर ३० गते मतदाता नामावली प्रकाशन, आगामी पुस १६ गते निर्वाचन अधिकृतको नियुक्ति र सोही दिन सातवटै प्रदेश निर्वाचन कार्यालयमा निर्वाचन अधिकृतको कार्यालय स्थापना र पुस २३ गते
वालिङ,स्याङ्जा। स्मार्ट सिटीको अवधारणा अनुसार अगाडि बढ्दै गरेको स्याङ्जाको वालिङ नगरपालिकाले नगरभित्रका सबै घरमा नम्बर प्लेट टाँस्ने अभियान थालेको छ । नगरपालिकाको ‘सामुदायिक स्वास्थ्य तथा नर्सिङ घरदैलो कार्यक्रम’अन्तर्गत घरमा नम्बर प्लेट टाँस्ने अभियान थालिएको हो । सङ्घीय सरकार स्वास्थ्य मन्त्रालय, स्वास्थ्य सेवा विभाग र वालिङ नगरपालिकाबीच एक समझदारी पत्रमा हस्ताक्षर
चितवन। नारायणगढ–मुग्लिन सडकखण्डको तुइन खोला (तीन नम्बर) पुल भएको ठाउँमा नयाँ पुल बनाउन बिस्फोट गर्ने तयारी गरिएको छ । भित्तोतर्फ पुल बनाउननका लागि डाँडा भत्काउनुपर्ने भएकाले बिस्फोट गर्न लागिएको हो । त्यसैगरी, नागढुङ्गा–मुग्लिन सडक आयोजना पश्चिमखण्ड (नारायणगढ–मुग्लिन) का सूचना अधिकारी इ कृष्ण आचार्यका अनुसार तुइन खोलाको पुल बनाउनका लागि ढिस्को
कञ्चनपुर। कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–४ स्थित पीपलाडी स्वास्थ्य चौकीमा बिरामी जाँचका लागि ल्याइएका लाखौँ मूल्यका मेसिन (उपकरण) प्रयोगविहीन अवस्थामा रहेका छन् । उपकरण सञ्चालन गर्ने दक्ष जनशक्ति नहुँदा मेसिन प्रयोगविहीन अवस्थमा रहेका हुन् । त्यस्तै, स्थानीय बासिन्दाको स्वास्थ्योपचारमा सहयोग पुर्याउन सुदूरपश्चिम प्रदेश सरकारले उपलब्ध गराएका एक्स–रे, इसिजी, अल्ट्रासाउण्ड लगायतका मेसिन सञ्चालनमा
जनकपुरधाम। नेपाली कांग्रेसका नेता एवं पूर्वउपप्रधानमन्त्री बिमलेन्द्र निधीले विदेशमा आर्जन गरेको ज्ञान, सीप र लगानी स्वदेशमा उपयोग गर्नु सकारात्मक भएको भन्दै प्रशंसा गरेका छन् । गैरआवासीय नेपालीहरुको लगानी रहेको ‘बेलाको होम अप्लायन्सेस’को जनकपुरस्थित शाखा उद्घाटन गर्दै नेता निधीले विदेशमा सिकेको सीप उपयोगको वातावरण बनाउनका लागि सरकारले ध्यान दिनुपर्नेमा जोड दिए