Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१६ माघ २०८२, शुक्रबार
१६ माघ २०८२, शुक्रबार

विदेशमा सिकेको ज्ञान र सीप स्वदेशमा उपयोग गर्नु सकारात्मक हो: पूर्वउपप्रधानमन्त्री निधी


जनकपुरधाम। नेपाली कांग्रेसका नेता एवं पूर्वउपप्रधानमन्त्री बिमलेन्द्र निधीले विदेशमा आर्जन गरेको ज्ञान, सीप र लगानी स्वदेशमा उपयोग गर्नु सकारात्मक भएको भन्दै प्रशंसा गरेका छन् । गैरआवासीय नेपालीहरुको लगानी रहेको ‘बेलाको होम अप्लायन्सेस’को जनकपुरस्थित शाखा उद्घाटन गर्दै नेता निधीले विदेशमा सिकेको सीप उपयोगको वातावरण बनाउनका लागि सरकारले ध्यान दिनुपर्नेमा जोड दिए ।

त्यस अवसरमा बेलाको होम अप्लायन्सेसका प्रमुख कार्यकारी अधिकृत अब्दुल बसिदले कम्पनीले मधेस क्षेत्रलाई लक्षित गरी शाखा बिस्तार गरिएको बताउदै सो कम्पनीले हाल घरायसी प्रयोगका लागि उत्पादन गरेका विभिन्न ४३ प्रकारका विद्युतीय सामान बिक्री सुरु गरेको र निकट भविष्यमा जनकपुरबाटै ती सामग्रीको उत्पादन सुरु गर्ने उनको भनाइ रहेको थियो ।

त्यसैगरी, ‘बेला’ ब्रान्डका घरायसी सामग्री तथा उपकरण संयुक्त अधिराज्य र कतारमा बिक्री वितरण हुँदै आएकोमा हाल नेपालमा बिक्री सुरु गरिएको कम्पनीका नेपाल प्रमुख लक्ष्मण सापकोटाले बताएका छन् ।


प्रकाशित मिति: १७ मंसिर २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?