Trending
>>   काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः७ लाख ८३ हजार सदस्यको विवरण बुझाइयो >>   काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला >>   काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने >>   गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ >>   किसानलाई तत्काल धान नकाट्न मौसम विभागको आग्रह >>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज >>   वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले युवाहरुद्वारा ‘हुंकार मधेस’ अभियान घोषणा >>   जनकपुरका गुठी जग्गावासी आन्दोलितः १५ दिने सूचना खारेज गर्न माग >>   महिला कबड्डीमा नेपाल काँस्यमै सिमित
Logo
११ आश्विन २०८३, आईतवार
११ आश्विन २०८३, आईतवार

विदेशमा सिकेको ज्ञान र सीप स्वदेशमा उपयोग गर्नु सकारात्मक हो: पूर्वउपप्रधानमन्त्री निधी


जनकपुरधाम। नेपाली कांग्रेसका नेता एवं पूर्वउपप्रधानमन्त्री बिमलेन्द्र निधीले विदेशमा आर्जन गरेको ज्ञान, सीप र लगानी स्वदेशमा उपयोग गर्नु सकारात्मक भएको भन्दै प्रशंसा गरेका छन् । गैरआवासीय नेपालीहरुको लगानी रहेको ‘बेलाको होम अप्लायन्सेस’को जनकपुरस्थित शाखा उद्घाटन गर्दै नेता निधीले विदेशमा सिकेको सीप उपयोगको वातावरण बनाउनका लागि सरकारले ध्यान दिनुपर्नेमा जोड दिए ।

त्यस अवसरमा बेलाको होम अप्लायन्सेसका प्रमुख कार्यकारी अधिकृत अब्दुल बसिदले कम्पनीले मधेस क्षेत्रलाई लक्षित गरी शाखा बिस्तार गरिएको बताउदै सो कम्पनीले हाल घरायसी प्रयोगका लागि उत्पादन गरेका विभिन्न ४३ प्रकारका विद्युतीय सामान बिक्री सुरु गरेको र निकट भविष्यमा जनकपुरबाटै ती सामग्रीको उत्पादन सुरु गर्ने उनको भनाइ रहेको थियो ।

त्यसैगरी, ‘बेला’ ब्रान्डका घरायसी सामग्री तथा उपकरण संयुक्त अधिराज्य र कतारमा बिक्री वितरण हुँदै आएकोमा हाल नेपालमा बिक्री सुरु गरिएको कम्पनीका नेपाल प्रमुख लक्ष्मण सापकोटाले बताएका छन् ।


प्रकाशित मिति: १७ मंसिर २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?