काठमाडौं । सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समितिको कार्यादेश (टीओआर) टुंगो लगाउन कार्यदलसहित शीर्ष नेताहरुको बैठक बसिरहेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जारी बैठकमा नेताहरुबीच समस्या समाधानको विषय र कार्यक्षेत्रबारे छलफल भइरहेको छ । बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, कांग्रेसबाट पूर्णबहादुर खड्का, कृष्ण सिटौला, गगन थापा, रमेश लेखक, ज्ञानेन्द्रबहादुर
-सर्जन डाक्टर तोसिमा कार्की बिहानीको ३ बजे,.. निन्यारो आँखा पार्दै एक बिवस बुबा, ईमर्जेन्सीको रातो जोनको (रातो जोनमा निकै जटिल बिरामी राखिईन्छ) शैयामा लम्पसार परेको आफ्नो १२ वर्षे छोरोलाई हेर्दै भन्छन्! "होस् भैगो, अपरेसन नगर्ने, बिदा दिनुस् , घरै लैजान्छु !" ३-४ पटक सम्म काउनसीलिङ गर्दै, अपरेसन को चाँजो पाँजो
काठमाडौं । नागरिकता सम्बन्धी कसुरमा पक्राउ परी प्रहरीको हिरासतमा रहेका कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई धनुषा प्रहरीले तेस्रो पटक म्याद थपका लागि आज जिल्ला अदालत धनुषामा पेस गर्ने भएको छ । यसअघि गत शुक्रवार जिल्ला न्यायाधीश रोमाकान्त ज्ञवालीको इजलासले अनुसन्धानकालागि थप गरेको तीन दिनको समय आज सकिने भएपछि सिरोहियालाई
काठमाडौं। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ । आज अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ६६ पैसा र बिक्री दर १३३ रुपैयाँ २६
काठमाडौं । कोलकाता नाइट राइडर्सले इन्डियन प्रिमियर लिग (आईपीएल) २०२४ को फाइनलमा सनराइजर्स हैदराबादलाई ८ विकेटले हराउँदै तेस्रो पटक उपाधि जितेको छ । ११४ रनको सामान्य लक्ष्य पछ्याएको कोलकाताले १०.३ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्यो । कोलकाताले यसअघि सन् २०१२ र २०१४ मा उपाधि जितेको थियो ।
काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा स्थानीय वायुको प्रभाव र देशको पुर्वी भुभागमा “रेमल” चक्रवातको आंशिक प्रभाव रहेको छ। हाल कोशी प्रदेशमा साधारणतया बदली रहि देशका पहाडी भुभागमा आंशिक देखि साधारणतया बदली र बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ। कोशी प्रदेशको थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि
काठमाडाैं । न्यायाधीश भुवन गिरी बलात्कार मुद्दामा दोषी पाइएका छन् । जिल्ला अदालत काठमाडौंले उच्च अदातलका न्यायाधीश गिरीलाई दोषी ठहर गर्दै सजाय निर्धारणको पेसी तोकेको हो । न्यायाधीश दुर्गाप्रसाद भुसालको इजलासबाट आइतबार यस्तो फैसला भएको हो ।
काठमाडौं । आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बैठकमा छलफलका लागि प्रस्ताव पेश भएपश्चात छलफलपछि बहुमतले नीति कार्यक्रम पारित भएको हो । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सांसदले विरोध गरिरहेकै बेला सभामुख देवराज घिमिरेले निर्णयार्थ सो प्रस्ताव पेश गर्नुभएको थिए
काठमाडाैं । सहकारी ठगी प्रकरणमा नेपाली कांग्रेस सडक संघर्षमा हाेिमएकाे छ । उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछाने विरुद्ध कांग्रेसका भ्रातृ संगठनहरुले आन्दोलन सुरु गरेका हुन् ।
काठमाडौं । काठमाडौं विश्वविद्यालय (केयू) को भाषा तथा आमसञ्चार विभागले यही आइतबार आयोजना गर्ने अन्तर्राष्ट्रिय सङ्गोष्ठीको सम्पूर्ण तयारी पूरा भएको छ । ‘साधारणीकरण सञ्चार–ढाँचाको दुई दशक’ शीर्षकमा विश्वविद्यालयको स्कुल अफ आर्ट्स् परिसर, हात्तीवन, ललितपुरमा जेठ १३ मा आयोजना हुने अन्तर्राष्ट्रिय सङ्गोष्ठीमा नयाँ दिल्ली, भारतस्थित साउथ एशियन युनिभर्सिटी (दक्षिण एशियाली विश्वविद्यालय)