रोल्पा। नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले पार्टी सम्बद्ध विद्यार्थी सङ्गठन अखिल क्रान्तिकारी रोल्पाको २३औं सम्मेलनलाई सोमबार साँझ सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओली भ्रष्टाचार र राज्य दोहनमा मुछिएका मन्त्रीहरूलाई दायाँबायाँ राखेर ‘भ्रष्टाचारीको अनुहार हेर्दिनँ’ भनेको सुन्दा मानिसहरू हाँस्ने गरेको बताए । अखिल क्रान्तिकारी रोल्पाको २३औं सम्मेलनलाई सोमबार साँझ सम्बोधन
काठमाडौं । हुम्लाको सर्केगाड गाउँपालिका उपाध्यक्ष चन्द्रसिंह कार्कीको सवारी दुर्घटनामा निधन भएको छ । सुर्खेतबाट सोमबार बाँकेको नेपालगञ्ज जाने क्रममा उनी सवार कर्णाली प्रदेश ०२ ००१ ख १०११ नम्बरको गाडी सुर्खेतको भेरीगंगा नगरपालिका वडा नम्बर–५ मा दुर्घटना हुदा घाइते भएका उनको नेपालगञ्जमा उपचारको क्रममा आज बिहान निधन भएको प्रहरीले जनाएको
काठमाडौं । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने परम्परागत सांस्कृतिक पर्व ‘गाईजात्रा’ आज विभिन्न कार्यक्रमको आयोजना गरी देशभर आरम्भ गरिँंदैछ। एक वर्षभित्र दिवङ्गत भएका आफन्तको सम्झनामा आजका दिन गाई वा मानिसलाई गाईका रूपमा सिँगारी आ–आफ्ना क्षेत्रमा परिक्रमा गराउने र उनीहरूलाई श्रद्धालुद्वारा दूध, फलफूल, रोटी, चिउरा, दहीका साथै अन्न
काठमाडौं। मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको केही उत्तर दिशा तर्फ अवस्थित रहेको छ । हाल देशभर आंशिक देखि साधारणतया बदली रहेको छ । मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग
काठमाडौं। प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र) माओवादीले कांग्रेस-एमाले नेतृत्वको सरकार प्रतिगमनतिर अघि बढ्ने अवस्था रहेकोले जुनसुकै बेला सडक आन्दोलनमा जानुपर्ने निष्कर्ष निकालेको छ। हालै बसेको स्थायी कमिटी बैठकका निर्णयबारे जानकारी दिन अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र महासचिव देव गुरुङले गरेको परिपत्रमा प्रतिगमन, राष्ट्रघात र भ्रष्टहरूको संरक्षण गर्ने दिशामा सरकार अघि
काठमाडौं । धर्मगुरु पुष्कर खतिवडा धरौटीमा छुटेका छन् । गत साउन १४ गते नेताहरुको मृत्युको कामना गर्दै यज्ञ गरेपछि पक्राउ परेका धर्मगुरु पुष्कर खतिवडा २५ हजार धरौटीमा रिहा भएका हुन् । खतिवडाले सामाजिक सञ्जाल फेसबुकमार्फत लाइभ गरेर नेताहरुको मृत्युको कामनासहित आयोजित यज्ञमा सहभागी हुन आह्वान गरेका थिए ।
सिन्धुपाल्चोक। पाँचपोखरी थाङपाल गाउँपालिका तिपेनीमा सोमबार सुख्खा पहिरो खस्दा इन्द्रावती नदीको बहावमा अवरोध सिर्जना भएको छ। जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले इन्द्रावती नदी तटीय क्षेत्रमा बाढी आउन सक्ने भएकोले स्थानीय बासिन्दाहरूलाई सतर्कता अपनाउन आग्रह गर्दै सूचना निकालेको छ। नदी थुनिएर एक्कासी खोलिएमा पाँचपोखरी थाङपाल गाउँपालिका वडा नम्बर ७ र ८, मेलम्ची
काठमाडौं। साफ यू–२० च्याम्पियनसिप २०२४ अन्तर्गत सोमबार भारतले भुटानलाई पराजित गर्दै सुखद सुरुवात गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सोमबार भएको खेलमा भारतले १–० को जित हासिल गर्दै सुखद सुरुवात गरेको हो । भारतका लागि मोनिरूल मोल्लले एकमात्र निर्णायक गोल गरे । उनले ३७औं मिनेटमा गोल गरेका थिए । उक्त
काठमाडौँ । भारतको औपचारिक रहेकी परराष्ट्रमन्त्री डा.आरजु राणा देउवा र भारतीय समकक्षी विदेशमन्त्री एस जयशङ्करबिच नयाँ दिल्लीमा भेटवार्ता भएको छ । सोमबार दिउँसो उहाँहरूबीच भेटवार्ता भएको हो । भारतीय विदेशमन्त्री एस जयशङ्करले मन्त्री डा.राणालाई स्वागत गरेका हुन् । भेटका क्रममा द्विपक्षीय हित, नेपाल भारत सम्बन्धका विविध पक्ष, आपसी सहयोग आदानप्रदान
काठमाडौँ । अभिनेत्री अरुणिमा लम्सालले कांग्रेस नेता युवराज श्रेष्ठसँग विवाह गरेकी छन्। उनीहरु वीच काठमाडौँको बत्तीसपुतलीस्थित राम मन्दिरमा विवाह भएको हो । अमेरिकामा बसोबास गर्दै आएकी अरुणिमाको यो दोस्रो विवाह वराहक्षेत्र नगरपालिका, चतरा सुनसरीका स्थानीय कांग्रेस नेता युवराज श्रेष्ठसँग भएको हो । उनीहरुले केही दिनअघि सुनसरी जिल्ला अदालतमा कोर्ट म्यारिज