Trending
>>   काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः७ लाख ८३ हजार सदस्यको विवरण बुझाइयो >>   काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला >>   काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने >>   गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ >>   किसानलाई तत्काल धान नकाट्न मौसम विभागको आग्रह >>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज >>   वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले युवाहरुद्वारा ‘हुंकार मधेस’ अभियान घोषणा >>   जनकपुरका गुठी जग्गावासी आन्दोलितः १५ दिने सूचना खारेज गर्न माग >>   महिला कबड्डीमा नेपाल काँस्यमै सिमित
Logo
११ आश्विन २०८३, आईतवार
११ आश्विन २०८३, आईतवार

पहिरो खसेर सिन्धुपाल्चोकमा इन्द्रावती थुनियो, नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह


सिन्धुपाल्चोक। पाँचपोखरी थाङपाल गाउँपालिका तिपेनीमा सोमबार सुख्खा पहिरो खस्दा इन्द्रावती नदीको बहावमा अवरोध सिर्जना भएको छ।

जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले इन्द्रावती नदी तटीय क्षेत्रमा बाढी आउन सक्ने भएकोले स्थानीय बासिन्दाहरूलाई सतर्कता अपनाउन आग्रह गर्दै सूचना निकालेको छ।

नदी थुनिएर एक्कासी खोलिएमा पाँचपोखरी थाङपाल गाउँपालिका वडा नम्बर ७ र ८, मेलम्ची नगरपालिका वडा नम्बर ७, ९, ११, १२ र १३ तथा इन्द्रावती गाउँपालिका वडा नम्बर १०, ११ र १२ का नदी तटमा बाढी आउन सक्ने भएकोले स्थानीय बासिन्दाहरूलाई प्रशासनले उच्च सतर्कता अपनाउन भनेको छ।

 


प्रकाशित मिति: ३ भाद्र २०८१, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?