Trending
>>   मदन पुरस्कार र जगदम्बा–श्री पुरस्कार प्रदान >>   पुस्तान्तरण स्वाभाविक प्रक्रिया हो, यसमा धेरै लफडा गरिराख्न पर्दैनः अध्यक्ष ओली >>   मौसम पूर्वानुमान क्षमता सात दिनसम्म विस्तार गरिएको छः उर्जामन्त्री श्रेष्ठ >>   दशैँघरमा जमरा राखियो >>   गलौँदीमा भासिएको सडक आजबाट खुलाउने तयारी >>   भोटेकोशी बाढीले बगाएको बेत्रावती पुल पुनर्निर्माणः यातायात सुचारु >>   बुढीगण्डकीमा आएको बाढीले गोरखा र धादिङमा ठूलो क्षति >>   बुढीगण्डकी बाढी तीन चरणमाः बेनीघाटसम्म उच्च जोखिम–८.५ मिटर सतहमाथि पुग्यो >>   बुढीगण्डकी बाढीको कारण वर्षा मात्र होइन, ड्यामिङको सम्भावनाः मौसम विभाग >>   बुढीगण्डकीमा भीषण बाढीः आरुघाटको पुल बगायो, धादिङ–गोरखा सम्पर्क विच्छेद
Logo
२६ आश्विन २०८३, सोमबार
२६ आश्विन २०८३, सोमबार

समाचार


१९ औँ एसियाली खेलकुद : टेबल टेनिसमा नेपालका सिक्का र नविता पराजित

११ ,असोज ,काठमाडौँ । १९औँ एसियाली खेलकुद, २०२२ अन्तर्गत टेबल टेनिसतर्फ आज भएको खेलमा नेपालका सिक्का सुवाल श्रेष्ठ र नविता श्रेष्ठ पराजित भएका छन् । गोन्सु क्यानल स्पोर्टस् सेन्टरमा महिला एकलतर्फ नेपालकी सिक्का जापानी खेलाडी मियु हिरानोसँग ४–० को सोझो सेटमा पराजित भइन् । उक्त खेल जापानी खेलाडी हिरोनोले ११–७,

स्याङ्जामा स्क्रब टाइफस देखियो, विद्यालय बन्द

११ ,असोज ,वालिङ (स्याङ्जा) । स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका–६ मा रहेको दरौँ माध्यमिक विद्यालयका विद्यार्थीमा स्क्रब टाइफस रोग देखापरेसँगै विद्यालय बन्द गरिएको छ । विद्यार्थीमा उच्च ज्वरो आउने, टाउको दुख्ने, बान्ता हुने, श्वासप्रश्वासमा समस्या हुनेजस्ता लक्षण देखिएपछि दुई दिन विद्यालय बन्द गरिएको विद्यालयका प्रधानाध्यापक गुरुप्रसाद पौडेलले बताए । “विद्यालयमा अध्ययनरत करिब

चार महिनापछि सौर्य सिमेन्टको चुनढुङ्गा ढुवानी गर्ने तयारी

११ ,असोज ,कटारी (उदयपुर) । उदयपुरको कटारी–८ स्थित आहालेको खानीबाट सिरहाको मिर्चैयास्थित सौर्य सिमेन्ट प्रालिले चार महिनापछि चुनढुङ्गा ढुवानी गर्ने भएको छ । कटारी नगरपालिकाको ४, ५, र ७ नं वडाका सामुदायिक वन उपभोक्ता समिति तथा स्थानीयले आफ्ना माग सुनुवाइ नगरेको भन्दै उद्योगको चुनढुङ्गा ढुवानी गर्ने टिपर सञ्चालन गर्न दिएका

१९औँ एसियाली खेलकुद : नेपालको पब्जी टोली दोस्रो चरणमा

११ ,असोज ,हाङझाउ (चीन) । १९औँ एसियाली खेलकुद, २०२२ अन्तर्गत ई स्पोर्टस् विधामा पब्जी मोबाइलको पिस एलिट प्रतिस्पर्धामा नेपाली टोली दोस्रो चरणमा पुगेको छ । हाङझाउ स्पोर्टस् सेन्टरमा आज भएको समूह ‘सी’ को पहिलो चरणमा नेपाल दोस्रो स्थान हासिल गर्दै दोस्रो चरणमा प्रवेश गर्न सफल भएको हो । नेपाल सम्मिलित

जनमत पार्टीले आगामी दिनमा गठबन्धन र एकीकरण गर्दैन : प्रवक्ता यादव

११ ,असोज ,काठमाडौँ । जनमत पार्टीले आगामी दिनमा कुनै पनि पार्टीसँग गठबन्धन नगर्ने नीति लिएको छ । सङ्घीय सरकार र प्रदेश सरकारमा सहभागी सो पार्टीले तत्काल कुनै पनि पार्टीसँग एकीकरण पनि नगर्ने भएको छ । आगामी निर्वाचनलाई लक्षित गर्दै ‘मिसन–२०८४’ अभियान सुरु गरेको जनमतले पार्टीलाई देशभर स्थापित गर्न सङ्गठन निर्माणलाई

सुमो चालक आचार्यको शव शङ्कास्पद अवस्थामा फेला

११ ,असोज ,खोटाङ । रावाबेँसी गाउँपालिका–४ डुम्रेधारापानीका सुमो चालक नवराज आचार्यको शव शङ्कास्पद अवस्थामा फेला परेको छ । यात्रुवाहक सुमो ऐसेलुखर्क–काठमाडौँ ओहोरदोहोर गराउँदै आएका ३३ वर्षीय चालक आचार्यको शव आज सोही गाउँपालिकाको वडा नं ३ ऐसेलुखर्क बजारस्थित त्रिभुवन माध्यमिक विद्यालयको गेट (प्रवेशद्वार) नजिकै मृत फेला परेको हो । चालक आचार्यको

राष्ट्रिय विभूति योगमायाको शालिक अनावरण

११ ,असोज ,विराटनगर । विराटनगर महानगरपालिका–२ सोमबारेमा राष्ट्रिय विभूति योगमायाको अर्धकदको शालिक अनावरण गरिएको छ । विराटनगर महानगरपालिकाकी कार्यवाहक प्रमुख शिल्पा निराला कार्कीले शालिक अनावरण गर्दै राणा शासनकालमा देशमा भएका अन्याय, अत्याचार, भ्रष्टाचार, जातीय भेद्भाव, छुवाछूत, नारीमाथि गरिने अन्याय, शोषण, सामन्तवाद, सतिप्रथा जस्ता विकृति र विसङ्गति विरुद्ध आवाज उठाउने योगमायाको

दुई महिनापछि खुल्यो सुप विश्वविद्यालयको ताला

११ ,असोज ,काठमाडौँ । सुदूरपश्चिम विश्वविद्यालयको केन्द्रीय कार्यालयको ताला दुई महिनापछि खुलेको छ । विद्यार्थी सङ्गठनहरूले विभिन्न माग राख्दै केन्द्रीय कार्यालयमा गरेको तालाबन्दी विश्वविद्यालय प्रशासन र विद्यार्थी सङ्गठनबीच भएको सहमतिपछि खुलेको हो । विश्वविद्यालय प्रशासन र नेकपा(एकीकृत समाजवादी) निकट विद्यार्थी सङ्गठन अनेरास्ववियुबीच विश्वविद्यालयका नियुक्ति विश्वविद्यालयको ऐन, नियमबमोजिम गर्ने, विश्वविद्यालयको ऐनबमोजिम

पण्डितपुर विकासमा जापानको चासो

११ ,असोज ,नवलपरासी । नवलपरासी (बर्दघाट–सुस्तापश्चिम) रामग्राम नगरपालिका–१८ मा रहेको पुरातात्विक तथा ऐतिहासिकस्थल पण्डितपुरको विकासका लागि जापानी बौद्ध अनुरागीहरूको टोलीले चासो दिएको छ । बौद्ध महासङ्घका सल्लाहकार तथा एसियाली विकास बैंक एडिबीका पूर्व जनरल डाइरेक्टर नोरीतादा मोरीतासहितको टोलीले पण्डितपुरमा आएर यहाँको चौतर्फी विकासका लागि चासो व्यक्त गरेको हो । सो

१९औँ एसियाली खेलकुद : नेपालले महिला फुटबलमा बङ्लादेशसित बराबरी खेल्यो

११ ,असोज ,हाङझाउ (चीन) । १९औँ एसियाली खेलकुद, २०२२ अन्तर्गत महिला फुटबलतर्फ नेपालले बङ्लादेशसित बराबरी खेलेको छ । नेपाल र बङ्लादेश दुवैले एक एक गोलको बराबरी खेलेका हुन् । नेपालका लागि रेखा पौडेलले गोल गरेकी हुन् । वानझाउ ओलम्पिक स्पोर्टस् सेन्टरमा पौडेलले खेलको ८३औँ मिनेटमा गोल गरेकी हुन् । सावित्रा

सम्वन्धित समाचारहरु