Trending
>>   सरकारद्वारा चैत १९ मा संघीय संसदको अधिवेशन आह्वान गर्न सिफारिस, संविधान संशोधनका लागि कार्यदल गठन >>   सांसदहरुलाई पूर्णबहादुर खड्काले भने–‘संविधान संशोधनको मुद्दा उठेको छ, ख्याल गर्नुहोला’ >>   बालश्रम शोषणको आरोपमा सांसद रेखा शर्मा पक्राउ >>   राइड शेयरिङमा मनोमानी बढेको भन्दै ‘प्रो राइडर समूह’ आन्दोलित, प्रतिकिलोमिटर २७ रुपैयाँ भाडा तोक्न माग >>   सरकारको कार्ययोजनाः सार्वजनिक खरिद सुधारदेखि ऊर्जा निर्यात रणनीतिसम्म >>   ‘बखान’ उपन्यासलाई शहीद शिवप्रसाद पौडेल स्मृति राष्ट्रिय पुरस्कार >>   पीएसपीपी कार्यान्वयन गर्ने सरकारी निर्णयको निजी क्षेत्रबाट स्वागत >>   पूर्वप्रधानमन्त्री र गृहमन्त्रीको पक्राउः कानूनको शासन कि शक्तिको कानून ? >>   सरकारको कदम प्रतिशोधपूर्ण र घृणायुक्त, अध्यक्ष र पूर्व गृहमन्त्रीलाई तत्काल रिहा गरियोस्ः महेश बस्नेत >>   अहंकार
Logo
१६ चैत्र २०८२, सोमबार
१६ चैत्र २०८२, सोमबार

स्याङ्जामा स्क्रब टाइफस देखियो, विद्यालय बन्द


११ ,असोज ,वालिङ (स्याङ्जा) । स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका–६ मा रहेको दरौँ माध्यमिक विद्यालयका विद्यार्थीमा स्क्रब टाइफस रोग देखापरेसँगै विद्यालय बन्द गरिएको छ ।

विद्यार्थीमा उच्च ज्वरो आउने, टाउको दुख्ने, बान्ता हुने, श्वासप्रश्वासमा समस्या हुनेजस्ता लक्षण देखिएपछि दुई दिन विद्यालय बन्द गरिएको विद्यालयका प्रधानाध्यापक गुरुप्रसाद पौडेलले बताए ।

“विद्यालयमा अध्ययनरत करिब आधा विद्यार्थी तथा शिक्षकमा उच्च ज्वरो आउने, बान्ता हुने, श्वासप्रश्वासमा समस्या देखिएपछि आज र भोलि विद्यालय बन्द गरेका हौँ”, उनले भने, “हिजो र आज विद्यार्थीमा स्वास्थ्यसम्बन्धी समस्या देखिएपछि जिल्ला अस्पताल स्याङ्जामा गरिएको परीक्षणमा स्क्रब टाइफस भएको पुष्टि भएको हो ।”

सामान्य विद्यार्थीको स्थानीय स्वास्थ्यचौकीमा उपचार गरिएको र उच्च ज्वरो आएका विद्यार्थीको जिल्ला अस्पताल स्याङ्जामा उपचारका लागि पठाइएको उहाँले बताउनुभयो । जिल्ला अस्पताल स्याङ्जामा बुधबार पठाइएका बिरामीमध्ये एक जनामा स्क्रब टाइफस पुष्टि भएको अर्जुनचौपारी गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख ईश्वरकुमार केसीले बताउनुभयो ।

बिरामी विद्यार्थीको परीक्षण गर्दा एक जनामा स्क्रब टाइफस देखिएपछि आज फेरि स्वास्थ्य कार्यालय स्याङ्जाबाट आएको टिम उक्त विद्यालयमा पुगेको थियो । विद्यालयमा पुगेको टोलीले १२ जना विद्यार्थीको कीटबाट परीक्षण गरेको थियो जसमध्ये कुनै पनि विद्यार्थीमा स्क्रब टाइफसको लक्षण नदेखिएको उहाँले बताउनुभयो ।

स्वास्थ्य कार्यालयबाट आएको टोली र अर्जुनचौपारी गाउँपालिकाबाट पुगेको स्वास्थ्यकर्मीको टोलीले विद्यालय तथा समुदाय वरपर सरसफाइ तथा स्वास्थ्य सचेतना गरेको थियो । स्क्रब टाइफसबाट कक्षा ९ र १० मा अध्ययनरत विद्यार्थी बढी प्रभावित भएका छन् । विद्यालय तथा आसपासका गाउँलेमा पनि ज्वरो आउनेजस्ता लक्षण देखिएको उहाँले बताउनुभयो ।

रोग नियन्त्रणका लागि विद्यालय र समुदायस्तरमा सरसफाइ अभियान सञ्चालन गर्नुका साथै स्वास्थ्यसम्बन्धी सचेतना कार्यक्रम सञ्चालन गरिएको स्वास्थ्य शाखा प्रमुख केसी बताउनुहुन्छ ।

धेरै सरुवा रोगमध्येको स्क्रब टाइफस एउटा रोग हो । यो मुसामा लाग्ने किर्नाजस्तो देखिने कीराको टोकाइबाट मानिसमा सर्ने गर्दछ । स्क्रब टाइफस भएका बिरामीमा उच्च ज्वरो आउने, टाउको दुख्ने, पसिना धेरै आउने, आँखा रातो हुने, झाडापखला लाग्ने, श्वासप्रश्वाससम्बन्धी समस्या देखिने, शरीरमा रातो डावर हुने लक्षण देखिने उहाँले बताउनुभयो ।


प्रकाशित मिति: ११ आश्विन २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?