Trending
>>   सेयर बजार गिरावटको दबाबबीच नीतिगत बहस, सोमबार बजार सुधारतर्फ कि थप दबाबतर्फ? >>   रविलाई गगनको जवाफः काँग्रेस प्रशिक्षित नेताहरूले नै रास्वपा धानेका छन् >>   संविधान संशोधन सत्ताको गणित वा स्वार्थको विषय बन्नु हुँदैनः विश्वप्रकाश शर्मा >>   अब जथाभावी पार्किङ र सडकमा सामान राखेर दुर्घटना भए क्षतिपूर्ति सम्बन्धित पक्षबाटै असुलिने >>   शिक्षा ऐनमा बालकेन्द्रित तथा खेलकुदमा आधारित सिकाई प्रणालीलाई प्राथमिकता दिनुपर्छः सभापति शेरचन >>   संसदमा सत्ताको छायाँ पर्‍यो, सरकार स्वेच्छाचारी र तानाशाही बाटोतर्फ उन्मुख:एमाले >>   काँग्रेस इतर पक्ष लक्षित रविको टिप्पणीः ‘कचकच गर्ने’ नेताहरूलाई छोडिदिनु नै उचित >>   काँग्रेसको आत्मा वीपी–गणेशमानकै पथमा छ, अब शैली र संस्कार बदल्नुपर्छः गगन थापा >>   लोकतन्त्र जोगाउन दलहरू एक हुनुपर्छः महासचिव पोखरेल >>   ‘देश अध्यारो सुरुङतर्फ जाँदैछ, निषेधको राजनीति त्यागेर राष्ट्रिय सहमति खोजौँ’:राजेन्द्र लिङदेन
Logo
१८ आश्विन २०८३, आईतवार
१८ आश्विन २०८३, आईतवार

१९ औँ एसियाली खेलकुद : टेबल टेनिसमा नेपालका सिक्का र नविता पराजित


११ ,असोज ,काठमाडौँ । १९औँ एसियाली खेलकुद, २०२२ अन्तर्गत टेबल टेनिसतर्फ आज भएको खेलमा नेपालका सिक्का सुवाल श्रेष्ठ र नविता श्रेष्ठ पराजित भएका छन् ।

गोन्सु क्यानल स्पोर्टस् सेन्टरमा महिला एकलतर्फ नेपालकी सिक्का जापानी खेलाडी मियु हिरानोसँग ४–० को सोझो सेटमा पराजित भइन् ।

उक्त खेल जापानी खेलाडी हिरोनोले ११–७, ११–१, ११–४ र ११–५ अंकले जितिन् । यसैगरी महिला एकलतर्फ नै नेपालकी नविता श्रेष्ठ भारतीय खेलाडी मनिका बात्रासित ४–० सोझो सेटमै पराजित भइन् । नविताले उक्त खेल ५–११, ४–११, ३–११ र २–११ अंकले गुमाइन् ।

यस्तै महिला डबल्सतर्फ पनि सिक्का र नविताको जोडी चीनका यिदी वाङ्ग र मेङ्ग चेनको जोडीसित ३–० को सोझो सटमा पराजित भयो ।

सिक्का र नविताले उक्त खेल ३–११, ४–११ र १–११ अंकले गुमाउन पुगे । यसअघि नेपाली टोली पुरुष एकल, पुरुष डबल्स र मिक्स डबल्समा पनि पराजित भइसकेको छ । अब नेपालले टिम स्पर्धामा प्रतिस्पर्धा गर्न बाँकी छ ।


प्रकाशित मिति: ११ आश्विन २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?