Trending
>>   माजिपा लाखे आजुको उग्र तर करुणामयी नृत्यारम्भ (फोटो फिचर) >>   डीएनए परीक्षण गर्न चीनद्वारा नेपाललाई आवश्यक प्रविधि हस्तान्तरण >>   बेपत्ता नागरिकलाई ‘मृतक सरह’ मान्यता दिन नेकपा सांसदको माग >>   सुरक्षाकर्मीका लागि जलविद्युत आयोजनामा २ प्रतिशत आईपीओ सुनिश्चित गरिने >>   मन्त्रिपरिषद्को दैनिक कार्यभार अर्थमन्त्री वाग्लेलाई >>   बाढीका कारण जलविद्युत क्षेत्रमा ४१० मेगावाट क्षतिः ८ सयभन्दा बढी अझै बेपत्ता >>   जानकी मन्दिर विश्व सम्पदा सूचीमा लैजाने प्रक्रिया अघि बढ्यो : सांसद झा >>   महँगी, बाढी पीडितको राहत र सञ्चार क्षेत्रका समस्यामा सांसदहरूको सरकारलाई दबाब >>   एमाले केन्द्रिय कमिटी बैठक आज पनि जारी >>   हनुमानढोकामा इन्द्रध्वजा स्थापनासँगै काठमाडौंमा ऐतिहासिक इन्द्रजात्रा आरम्भ (तस्बिरहरु)
Logo
८ आश्विन २०८३, बिहीबार
८ आश्विन २०८३, बिहीबार

समाचार


उडान प्रतिबन्ध हट्यो

१ ,भाद्र ,काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले दुर्गम क्षेत्रको हवाई उडानमाथि लगाएको प्रतिबन्ध हटाएको छ । प्राधिकरणले उडानसम्बन्धी मापदण्डलाई कडाइका साथ लागू गर्दै देशभरको पहाडी क्षेत्रमा अवस्थित ‘सर्ट टेक अफ एन्ड ल्यान्डिङ’ (स्टोल) अर्थात् छोटो उडान र अवतरण हुने विमानस्थलमा यसअघि लगाइएको उडान समयावधि हटाएको हो । प्राधिकरणका सूचना

जुम्लामा नदीले बगाउँदा एकको मृत्यु

१ ,भाद्र ,जुम्ला । जुम्लाको हिमा नदीले बगाउँदा एक जनाको मृत्यु भएको छ । जिल्लाको कनकासुन्दरी गाउँपालिका–६ मा बालुवा निकाल्न गएकी वडा नं ६ दाँतेओखर गाउँका १७ वर्षीया मैना सार्कीलाई नदीले बगाउँदा मृत्यु भएको स्थानीय कर वर्डले जानकारी दिए । हिमा नदीको लौडीसेन भन्ने ठाउँमा बालुवा निकालिरहेकी थिइन् । त्यहीबेला

फोहर फ्याँक्नेमाथि सार्वजनिक मुद्दा चलाइने

१ ,भाद्र ,वीरगन्ज (पर्सा) । सडकमा जथाभावी फोहर फ्याँक्नेलाई आजदेखि वीरगन्ज महानगरपालिकाले जरिवानासँगै सार्वजनिक अपराध कसुरसम्बन्धी मुद्दा चलाउने भएको छ । महानगर क्षेत्रलाई सुन्दर, सफा, स्वच्छ र पर्यावरणयुक्त नमूना महानगर बनाउने उद्देश्यका साथ नियमित सरसफाइसँगै जथाभावी फोहर फ्याँक्नेलाई जरिवाना गर्दै आएको वीरगन्ज महानगरले आजदेखि सार्वजनिक अपराध कसुरसम्बन्धी मुद्दासमेत चलाउने भएको

मेरो भ्वाइस र डान्स युनिभर्सको प्रतिस्पर्धा भोलिः कसले जित्ला एक करोड पुरस्कार ?

१ ,भाद्र ,काठमाडौँ । नेपालमा अहिलेसम्मकै सर्वाधिक धनराशिको पुरस्कार राखिएको गायन प्रतियोगिता ‘मेरो भ्वाइस युनिर्भस’ र नृत्यतर्फको ‘मेरो डान्स युनिर्भस’ को अन्तिम प्रतिस्पर्धा भोलि शनिबार हुने भएको छ । यी दुई प्रतियोगिताका अन्तिम पाँच–पाँच प्रतियोगीले विजेता बन्न शनिबार प्रतिस्पर्धा गर्दैछन् । इन्ट्रा नेपाल वेलफेयर एन्ड सपोर्ट फाउन्डेसन अफ अमेरिकाले सञ्चालन

पहिरोले मेचीराजमार्ग अवरुद्ध

१ ,भाद्र ,ताप्लेजुङ। गए राति गएको पहिरोको कारण मेची राजमार्गअन्तर्गत ताप्लेजुङ सदरमुकाम–काबेली सडकखण्ड अवरुद्ध बनेको छ । वर्षासँगै सेसम्बुबाट खहरेखोलासम्मका विभिन्न ठाउँमा पहिरो झरेको छ । खोक्सेबाट खहरेखोलासम्म सात ठाउँमा पहिरो झरेको सडक डिभिजन कार्यालय इलामका सुपरभाइजर नवीन उप्रेतीले बताए । आज बिहानैदेखि पहिरो पन्छाउने काम भइरहेको उनले जानकारी दिए

कागबेनीमा पठनपाठन बन्द

१ ,भाद्र ,म्याग्दी । बाढीले भवनलगायतका भौतिक संरचनामा क्षति पुर्याएपछि मुस्ताङको वारागुङ मुक्ति क्षेत्र गाउँपालिका–४ कागबेनीमा रहेको जनशान्ति माविको पठनपाठन बन्द भएको छ । गत साउन २८ गते साँझ कागखोलामा आएको बाढीले जनशान्ति मावि, वडा कार्यालय, प्रहरी चौकी, गुम्बा, मन्दिर, सडक तथा पुल बगाएको थियो । कागबेनीमा बाढीले २९ घर

‘ओल्के’ चाड मनाइँदै

१ ,भाद्र ,सुदूरपश्चिम । पिँडालुको कलिलो पात, दूध र दही सगुनका रूपमा मान्यजन तथा छर–छिमेकीलाई बाँडेर आपसमा मनाइने ‘ओल्के चाड’ आज सुदूरपश्चिम प्रदेशमा हर्षोल्लासपूर्वक मनाइँदै छ । भाद्र सङ्क्रान्तिका दिन मनाइने यो पर्वको तयारीस्वरुप अघिल्लो दिनदेखि नै प्रत्येक घरमा मीठा–मीठा खानाका परिकार पकाउने तयारी गरिन्छ । कामका लागि बाहिर रहेकाहरू

सहरी योजना आयोगको उपाध्यक्षमा डा. राजभण्डारीलाई नियुक्त गर्ने निर्णय

३२ ,श्रावण ,काठमाडौँ । काठमाडौँ महानगरपालिका, सहरी योजना आयोगको उपाध्यक्षमा डा. सुमन नर्सिङ् राजभण्डारीलाई नियुक्त गर्ने निर्णय भएको छ । आज बालाजु बाइसधारामा बसेको नगर कार्यपालिकाको २१ औँ बैठकले उनलाई उपाध्यक्ष पदमा नियुक्त गर्ने निर्णय गरेको हो । पूर्व उपाध्यक्ष तपेन्द्रबहादुर खड्काले व्यक्तिगत कारण जनाउँदै पदबाट राजीनामा दिएपछि उपाध्यक्ष पद

गुँला पर्व सुरु

३२ ,श्रावण ,काठमाडौँ । नेवार समुदायले चान्द्रमासअनुसार श्रावण शुक्ल प्रतिपदादेखि भाद्र शुक्ल प्रतिपदासम्म एक महिना मनाउने गुँला पर्व आजदेखि सुरु भएको छ । यो पर्व काठमाडौँ उपत्यकालगायत विभिन्न स्थानमा विशेषरूपमा मनाइन्छ । मानव जीवनलाई राम्रो गर्ने नियमलाई पालना गरेर धर्म, कर्मका लागि यो पर्व मनाइन्छ । नेपाल संवत्अनुसार दशौँ महिनालाई

भ्रष्टाचारमा संलग्नलाई कारबाही गर्न स्रष्टाको माग

३२ ,श्रावण ,काठमाडौँ । ठूला भ्रष्टाचारका घटनामा संलग्न दोषीलाई कारबाही गर्न स्रष्टाहरूले आग्रह गरेका छन् । मानवअधिकार तथा शान्ति समाजले आज भ्रष्टाचारविरुद्ध काठमाडौँमा आयोजना गरेको शान्ति काव्य प्रवाहको ९२औँ शृङ्खलामा स्रष्टाहरूले भ्रष्टाचार र दण्डहीनताविरुद्ध आफ्नो रचना प्रस्तुत गरेका थिए । भ्रष्टाचारका केही मामलामा कारबाहीको प्रक्रिया सुरु भए पनि मूल दोषीलाई

सम्वन्धित समाचारहरु