Trending
>>   प्रभु बैंकको सीईओमा सुमन शर्मा, शेरचनले दिए राजीनामा >>   डिजिटल नागरिकता सेवामा काभ्रेपलाञ्चोक अगाडि :वडा तहबाटै अनलाइन सिफारिस सफल >>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन
Logo
२३ माघ २०८२, शुक्रबार
२३ माघ २०८२, शुक्रबार

जुम्लामा नदीले बगाउँदा एकको मृत्यु


१ ,भाद्र ,जुम्ला । जुम्लाको हिमा नदीले बगाउँदा एक जनाको मृत्यु भएको छ ।

जिल्लाको कनकासुन्दरी गाउँपालिका–६ मा बालुवा निकाल्न गएकी वडा नं ६ दाँतेओखर गाउँका १७ वर्षीया मैना सार्कीलाई नदीले बगाउँदा मृत्यु भएको स्थानीय कर वर्डले जानकारी दिए ।

हिमा नदीको लौडीसेन भन्ने ठाउँमा बालुवा निकालिरहेकी थिइन् । त्यहीबेला नदीको छालले चिप्ल्याएर बगाउँदा घटना घटेको हो ।

नदीले लौडीसेबाट तीन सय मिटर तलसम्म बगाएपछि मैनाको मृत्यु भएको छ । नदीको बहाव अत्यधिक बढेको हुनाले उनलाई बचाउन सकिएन ।

मृतक बालिका उक्त पालिकाको पाण्डवगुफा मावि कोटघरमा कक्षा १० मा अध्ययनरत रहेको कनकासुन्दरी गाउँपालिका अध्यक्ष दामोदर आचार्यको भनाइ छ ।

उनको शव कोटघर स्वास्थ्यचौकीमा राखिएको छ । शव परीक्षणका लागि जिल्लाबाट टोली आउँदै गरेको गाउँपालिकाका अध्यक्ष आचार्यले बताए ।


प्रकाशित मिति: १ भाद्र २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?