Trending
>>   एमालेमाथि घेराबन्दी चालु छ, एकजुट भएर प्रतिवाद गर्नुपर्छः केपी ओली >>   पुराना दलका सबै नेताहरु भ्रष्टाचारी थिए भन्ने भाष्य निर्माण गर्न खोजिँदैछ:राजेन्द्र पाण्डे >>   नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी >>   प्रहरी निरीक्षकहरूलाई प्रधानमन्त्रीको निर्देशनः ‘दबाब र प्रभावमुक्त रहेर अपराध अनुसन्धानमा प्रविधिमैत्री बन्नुहोस्’ >>   नागरिकको विश्वास नै प्रहरीको वास्तविक शक्ति होः आईजीपी कार्की >>   मदन पुरस्कार र जगदम्बा–श्री पुरस्कार प्रदान >>   पुस्तान्तरण स्वाभाविक प्रक्रिया हो, यसमा धेरै लफडा गरिराख्न पर्दैनः अध्यक्ष ओली >>   मौसम पूर्वानुमान क्षमता सात दिनसम्म विस्तार गरिएको छः उर्जामन्त्री श्रेष्ठ >>   दशैँघरमा जमरा राखियो >>   गलौँदीमा भासिएको सडक आजबाट खुलाउने तयारी
Logo
२७ आश्विन २०८३, मंगलवार
२७ आश्विन २०८३, मंगलवार

भ्रष्टाचारमा संलग्नलाई कारबाही गर्न स्रष्टाको माग


३२ ,श्रावण ,काठमाडौँ । ठूला भ्रष्टाचारका घटनामा संलग्न दोषीलाई कारबाही गर्न स्रष्टाहरूले आग्रह गरेका छन् ।

मानवअधिकार तथा शान्ति समाजले आज भ्रष्टाचारविरुद्ध काठमाडौँमा आयोजना गरेको शान्ति काव्य प्रवाहको ९२औँ शृङ्खलामा स्रष्टाहरूले भ्रष्टाचार र दण्डहीनताविरुद्ध आफ्नो रचना प्रस्तुत गरेका थिए ।

भ्रष्टाचारका केही मामलामा कारबाहीको प्रक्रिया सुरु भए पनि मूल दोषीलाई उन्मुक्ति दिइएकोप्रति स्रष्टाहरूले साहित्यिक रचनामार्फत दुःख व्यक्त गरेका छन् ।

शान्ति समाजका सभापति रामकृष्ण बरालको सभापतित्वमा सम्पन्न शान्ति काव्य प्रवाहमा ज्ञानुवाकर पौडेल, रामबहादुर पहाडी, भाग्यशाली अधिकारी, मेनका पोखरेल, रत्ननिधि रेग्मी, त्रिभुवनचन्द्र वाग्ले, रुद्र अधिकारी, जीवन अधिकारी, शान्ति रिसाल, शारदा पराजुली, विजयध्वज थापा, दुर्गाकिरण तिवारी, भुवन शिवाकोटी, कुसुम शर्मा, त्रिपुरा पौडेल, सरला तिमल्सिना, विमला दाहाल, ओमप्रसाद कोइराला, अच्युतप्रसाद पौडेल, रवीन्द्र आशिष शैली, डिल्लीप्रसाद मूलतिहुन, जनार्दन अधिकारी, गगनदीप सर्व, ताराप्रसाद चापागाईँ, उर्मिला पन्त पाण्डेय, रश्मी रिमाल, निर्मलरमण पराजुलीलगायत २७ जना स्रष्टाले भ्रष्टाचारविरुद्ध सुशासनका पक्षमा रचना प्रस्तुत गरेका थिए ।


प्रकाशित मिति: ३२ श्रावण २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?