Trending
>>   निर्वाचित भए काठमाडौंका खोला–नदी ढलमुक्त बनाउँछुः कृष्ण सबुज बानियाँ >>   मुलुक जिम्मा लगाउने कुरा तरकारीको स्वाद फेरेजस्तो होइन : विश्वप्रकाश शर्मा >>   निर्वाचन क्षेत्रमा भएका विकास निर्माणका कामहरू नै मेरो मुख्य चुनावी एजेण्डा हुन्ः सुनिल शर्मा >>   राष्ट्रिय लिगमा चर्च ब्वाइजको चौथो जित, चित्लाङको चौथो बराबरी >>   गैरसरकारी संस्थाहरुले नेपालको राष्ट्रिय प्राथमिकताअनुसार काम गर्नुपर्छः प्रधानमन्त्री कार्की >>   जेन–जी परिषद् गठन गर्ने सरकारको निर्णय >>   उद्योग खोल्न नेतालाई गुहार्नुपर्ने र खोलेपछि चन्दा दिनुपर्ने व्यवस्था अन्त्य गर्छौंः बालेन्द्र साह >>   आचारसंहिता उल्लंघनमा निर्वाचन आयोगको मौनताप्रति एमालेको आपत्ति >>   सरकारले निषेधाज्ञा र कर्फ्यु लगाएर त्रास सिर्जना गर्‍यो, फागुन २१ मै चुनाव हुनुपर्छः एमाले >>   उद्योग वाणिज्य महासंघको अग्रसरतामा १० अर्बको कम्पनी खडा गरेका छौँः ढकाल
Logo
१२ फाल्गुन २०८२, मंगलवार
१२ फाल्गुन २०८२, मंगलवार

मेरो भ्वाइस र डान्स युनिभर्सको प्रतिस्पर्धा भोलिः कसले जित्ला एक करोड पुरस्कार ?


१ ,भाद्र ,काठमाडौँ । नेपालमा अहिलेसम्मकै सर्वाधिक धनराशिको पुरस्कार राखिएको गायन प्रतियोगिता ‘मेरो भ्वाइस युनिर्भस’ र नृत्यतर्फको ‘मेरो डान्स युनिर्भस’ को अन्तिम प्रतिस्पर्धा भोलि शनिबार हुने भएको छ ।

यी दुई प्रतियोगिताका अन्तिम पाँच–पाँच प्रतियोगीले विजेता बन्न शनिबार प्रतिस्पर्धा गर्दैछन् ।

इन्ट्रा नेपाल वेलफेयर एन्ड सपोर्ट फाउन्डेसन अफ अमेरिकाले सञ्चालन गरिरहेको दुवै प्रतियोगिताका विजेताले जनही रु एक करोड, उपविजेताले रु ३० लाख र दोस्रोले रु २० लाखसँगै अरु विभिन्न पुरस्कार प्राप्त गर्नेछन् ।

शनिबार साँझ गोदावरीको सनराइज कन्फ्रेन्स हलमा हुने अन्तिम पाँचमा रहेका ‘टप फाइभ’ बीचको ‘ग्रान्ड फिनाले’को नेपाल टेलिभिजनले प्रत्यक्ष प्रसारण गर्नेछ । नृत्यअन्तर्गत सामूहिक नृत्य पनि छ र त्यसमा प्रथम हुनेले रु ३० लाख पुरस्कार प्राप्त गर्नेछ ।

गायन प्रतियोगिता ‘मेरो भ्वाइस युनिभर्स’तर्फ सिक्कमका शिशिर ठटाल र प्रितम राई, दार्जलिङका साइराज खाती तथा नेपालको सङ्खुवासभाका परेश राई र काभ्रेका शरद् हुमागाईँ अन्तिम पाँचमा छन् ।

यस्तै नृत्य प्रतियोगिता ‘मेरो डान्स युनिभर्स’तर्फ मिङा डि लेप्चा (सिक्किम), खुसी कार्की (थाइल्यान्ड), देवी गर्वुजा मगर (बेल्जियम) तथा नेपालको नेशन सुस्लिङ मगर महोत्तरी र गोरखाका स्वस्तिक अर्याल अन्तिम पाँचमा छन् ।

तीन महिनासम्म प्रसारण भएका दुई कार्यक्रमले संसारभर रहेका नेपालीको ध्यान तान्न सफल भएको नेपाल तथा विश्वमा रहेका नेपाली कलाकारहरूले बताएका छन् ।

दुवै प्रतियोगितामा अन्तिम प्रतिस्पर्धाको तयारीमा रहेका प्रतिभाहरूले यही प्रतिस्पर्धाका लागि आफ्नो मातृ तथा पितृभूमि नेपाल आउन पाएकामा खुसी व्यक्त गर्दै अन्तिम प्रतिस्पर्धामा रहेको भए पनि आफूहरूले एकले अर्कालाई सफल भएको देख्न चाहेको बताउँछन् ।

फाउन्डेसनका अध्यक्ष डिल्ली अधिकारीले संसारमा छरिएर रहेका नेपाली जातिबीचको आपसी सद्भावलाई कायमै राख्न र नेपाली भाषा र संस्कृतिलाई उनीहरूमाझ जीवन्त राखिराख्न सघाउने उद्देश्यले यो गायन र नृत्य प्रतियोगिताको आयोजना गरिएको बताउँदै आएका छन् ।

आगामी वर्षहरूमा यस कार्यक्रमलाई अझै परिस्कृत, विश्वव्यापी र भव्य बनाउने योजना रहेको पनि अध्यक्ष अधिकारीले बताए ।

उनले भने, “एउटै मञ्चमा विश्वभरका प्रतिभाशाली नेपाली सुन्दर फूल देखिए । उनीहरूको सपनासँगै कला र संस्कृतिलाई हामीले विश्वभरका नेपाली र नेपालीभाषीसम्म पुनः पुर्याउन सफल भएका छौँ । यसबाट संसारका सबै नेपाली खुसी छन्, उनीहरूले आगामी दिनमा यस कार्यक्रमले निरन्तरता पाओस् भन्ने कामना पनि गरेका छन् ।”

गायन प्रतियोगिताका निर्णायकमा ‘मेरो भ्वाइस युनिभर्स’मा गायक दीप श्रेष्ठ, सुरेश अधिकारी, अञ्जु पन्त, पुष्पन प्रधान, सुजता बर्मा हुनुहुन्छ भने नृत्य प्रतियोगिता ‘मेरो डान्स युनिभर्स’मा अभिनेत्री मिथिला शर्मा, शङ्कर बिसी, दिलीप रायमाझी, प्रियङ्का कार्की, केकी अधिकारी र नरमान राई निर्णायक छन् ।

यी प्रतियोगिताका लागि उक्त फाउन्डेसनले गत वर्षदेखि विश्वका विभिन्न ५२ देशबाट प्रतिभा छानेको थियो ।

ती देशबाट गायनमा एक सय २० र नृत्यमा एक सय २० जना कलाकार छानी उनीहरूलाई तीन महिनाअघि नेपाल ल्याएर प्रतिस्पर्धा गराएको थियो ।

ती प्रतिस्पर्धाबाट छानिएका अन्तिम पाँच–पाँच जनाले गायन र नृत्यमा विजेता बन्नका लागि शनिबार अन्तिम प्रतिस्पर्धा गर्ने भएका हुन् ।

यो प्रतिस्पर्धालाई नेपाली कलाकारले नेपालको अहिलेसम्मको सर्वाधिक ठूलो राशिको पुरस्कारका कारण आकर्षक हुनुका साथै विश्वको विभिन्न भूगोलमा छरिएर रहेका नेपालीहरूको चासोको प्रतिस्पर्धाका रूपमा रहेको बताएका छन् ।


प्रकाशित मिति: १ भाद्र २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?