२९ भदौ, काठमाडौ । नेकपा (एमाले)ले संविधानसभाका अध्यक्ष स्व सुवास नेम्वाङको स्मृतिमा आगामी असोज २ गते सातै प्रदेशमा विचार गोष्ठी आयोजना गर्ने भएको छ । पार्टीका महासचिव शङ्कर पोखरेलको अध्यक्षतामा आज बसेको बैठकले उक्त निर्णय गरेको एमालेको केन्द्रीय प्रचार विभागले जनाएको छ । विचार गोष्ठी सबै प्रदेशमा ‘नेपालको संविधान निर्माणमा
२९ भदौ, काठमाडाैँ । राष्ट्रिय मानव अधिकार आयोगले सामाजिक सञ्जालको प्रयोग गर्दा शिष्ट र मर्यादित भएर गर्न आग्रह गरेको छ । आयोगले विगत केही दिनयता देशका विभिन्न भागमा घटेका आपराधिक घटना, कतिपय जिम्मेवार पदाधिकारीबाट नै व्यक्त धारणा र आरोप प्रत्यारोपप्रति गम्भीर ध्यानाकर्षण गराउँदै उक्त आग्रह गरेको हो । नेपाली कांग्रेसका
२९ भदाै, मनाङ । यहाँको केही स्थानीय पालिकाले आफ्नो आन्तरिक आयबाट जिल्लामा भएका हिमतालको खोजी गर्ने योजना बनाएका छन् । चामेस्थित चामे गाउँपालिका–४ लमजुङ हिमालको फेदीमा सिङ्गरखर्क नजिक अवस्थित सिङ्गर ताल (काजिनसरा) भेटिएको थियो । ताल भेटिएपछि विसं २०७६ असोज १० देखि १४ गतेसम्म चामे गाउँपालिकाले सिङ्गर तालको प्रचारप्रचारका लागि कार्यक्रम
२९ भदौ, भक्तपुर । भक्तपुरको आयुर्वेदिक स्वास्थ्य केन्द्रमा कर्मचारीको दरबन्दी बटौती हुँदा फिजियोथेरापी सेवा बन्द भएको छ । यसअघि करारमा सेवा गर्दै आएका फिजियोथेरापिष्टको दरबन्दी बागमती प्रदेशअन्तर्गत स्वास्थ्य मन्त्रालयले चालु आर्थिक वर्ष २०८०/८१ मा कटौती गरेपछि सेवा बन्द भएको हो । यसले केन्द्रमा उपचारका लागि बिरामीलाई असुविधा भएको छ ।
२९ भदौ, काठमाडाैँ । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतका लागि प्रस्तावित न्यायाधीश विनोद शर्मालाई अनुमोदन गरेको छ । सिंहदरबारमा आज बसेको समितिको बैठकले शर्मालाई सर्वोच्च अदालतको न्यायाधीशका लागि सर्वसम्मत अनुमोदन गरेको हो । संसदीय सुनुवाइ समितिबाट अनुमोदन भएपछि राष्ट्रपतिले नियुक्त गर्ने संवैधानिक व्यवस्था रहेको छ । न्याय परिषद्ले दोस्रो पटक
२९ भदाै, बागमती । बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री गङ्गानारायण श्रेष्ठले विज्ञान र प्रविधिको जमानामा प्रहरीले पनि सोहीअनुरुप अन्तर्राष्ट्रिय स्तरको प्रविधिको प्रयोग गर्न जरुरी रहेको बताएका छन्। आज मकवानपुरको पदमपोखरी प्रहरीचौकी शुभारम्भ गर्दै उनले बागमती प्रदेशका प्रहरीलाई अत्याधुनिक उपकरणयुक्त र प्रविधिमैत्री बनाउँदै लगिने बताएका हुन। मन्त्री श्रेष्ठले अहिलेको प्रहरीको क्षमतालाई
२९ भदाै, काठमाडाैँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले कक्षा १२ सम्मको शिक्षा देशभर निःशुल्क हुनुपर्ने बताएका छन् । शुक्रबार काठमाडौँमा आयोजित जनसङ्ख्या र विकास सम्बन्धी सम्मेलनमा बोल्दै मन्त्री बस्नेतले कक्षा १२ सम्मको शिक्षालाई देशभर निःशुल्क गर्नुपर्ने बताएका हुन् । उनले कक्षा १२ सम्मको शिक्षाको जिम्मा राज्यले लिनुपर्ने बताए ।
२९ भदौ, काठमाडाैँ । प्रतिनिधिसभाको आजको बैठकमा इलाम क्षेत्र नं २ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य सुवासचन्द्र नेम्वाङको यही भदौ २६ गते निधन भएपछि उक्त पद रिक्त रहेको जानकारी गराइएको छ । सभामुख देवराज घिमिरेले सदनलाई उक्त विषयमा जानकारी गराए । सभामुख घिमिरले भने, “विसं २०७९ को निर्वाचनमा इलाम क्षेत्र नं
२९ भदाै, बागलुङ । बागलुङको काठेखोला गाउँपालिका–२ भीमपोखरा सिमका चन्द्रबहादुर विकले दुई दशकदेखि दूध उत्पादन गर्दै आएका छन् । उनले दूध उत्पादन गरे पनि बिक्री हुँदैन । छिमेकी ब्राह्मण, क्षेत्री र मगर समुदायको दूध सहकारी तथा दूध डेरीले खरिद गरे पनि विकले उत्पादन गरेको दूध कसैले किन्दैनन् । सिम गाउँमा रहेका
२९ भदाै, एजेन्सी । ग्वाटेमालाका एक जना प्रभावशाली नेताको दिनदहाडै श्रीमतीसहित हत्या भएको छ । राष्ट्रपति निर्वाचित पार्टीका राजनीतिज्ञ अनिबल रामिरेजलाई बिहीबार मेक्सिकोको सीमा नजिकै गोली हानेर हत्या गरिएको उनको पार्टी र स्थानीय सञ्चार माध्यमले जनाएका छन् । राष्ट्रपति निर्वाचित बर्नार्डो अरेभालोको सेमिल्ला (सीड) पार्टीका लागि पश्चिमी शहर सान पेड्रो नेक्टाका