Trending
>>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह
Logo
६ आश्विन २०८३, मंगलवार
६ आश्विन २०८३, मंगलवार

प्रतिनिधिसभामा एक पद रिक्त भएको सदनलाई जानकारी


२९ भदौ, काठमाडाैँ । प्रतिनिधिसभाको आजको बैठकमा इलाम क्षेत्र नं २ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य सुवासचन्द्र नेम्वाङको यही भदौ २६ गते निधन भएपछि उक्त पद रिक्त रहेको जानकारी गराइएको छ ।

सभामुख देवराज घिमिरेले सदनलाई उक्त विषयमा जानकारी गराए । सभामुख घिमिरले भने, “विसं २०७९ को निर्वाचनमा इलाम क्षेत्र नं २ बाट निर्वाचन प्रतिनिधिसभा सदस्य सुवासचन्द्र नेम्वाङको यही भदौ २६ गने निधन भएको हुनाले नेपालको संविधान ८९ को खण्ड (च) बमोजिम प्रतिनिधिसभा सदस्यको उक्त एक पद रिक्त भएको बैठकलाई जानकारी गराउँछु ।” पूर्वसभामुखसमेत रहनुभएका नेम्वाङको बिहीबार पशुपति आर्यघाटमा राजकीय सम्मानका साथ अन्तेष्टि गरिएको थियो ।

आजको बैठकमा केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयक २०८० लाई दफाबार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ । बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले उक्त विधेयकलाई लाई दफाबार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस भन्ने प्रस्ताव पेस गर्नुभएको थियो । सभामुख घिमिरले उक्त प्रस्ताव सर्वसम्मतिले स्वीकृत भएको घोषणा गरेका हुन् ।

बैठकमा सभामुख घिमिरले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्बाट आएको पत्रका बारेमा सदनलाई जानकारी गराउनुभएको थियो । पत्रमा सहरी विकासमन्त्रीको सीता गुरुङ नेदरल्यान्डमा आयोजना हुन लागेको पूर्वाधार लगानीसम्बन्धी कार्यक्रममा यही भदौ २४ गते प्रस्थान गरेको हुनाले उक्त मन्त्रालयको जिम्मेवारी उद्योग वाणिज्य तथा आपूर्ति रमेश रिजालले सम्हाल्ने उल्लेख छ । प्रतिनिधिसभाको अर्को बैठक आगामी असोज १४ गते आइतबार १ बजे बस्नेछ ।


प्रकाशित मिति: २९ भाद्र २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?