Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१७ माघ २०८२, शनिबार
१७ माघ २०८२, शनिबार

प्रहरी सेवालाई प्रविधिमैत्री बनाउँदै लगिने


२९ भदाै, बागमती । बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री गङ्गानारायण श्रेष्ठले विज्ञान र प्रविधिको जमानामा प्रहरीले पनि सोहीअनुरुप अन्तर्राष्ट्रिय स्तरको प्रविधिको प्रयोग गर्न जरुरी रहेको बताएका छन्।

आज मकवानपुरको पदमपोखरी प्रहरीचौकी शुभारम्भ गर्दै उनले बागमती प्रदेशका प्रहरीलाई अत्याधुनिक उपकरणयुक्त र प्रविधिमैत्री बनाउँदै लगिने बताएका हुन। मन्त्री श्रेष्ठले अहिलेको प्रहरीको क्षमतालाई गुणात्मक ढङ्गले वृद्धि गर्दै लैजाने प्रतिबद्धता पनि व्यक्त गरे। हाम्रो देशका प्रहरीलाई नागरिकमैत्री बनाउने कुरामा प्रदेश सरकार लागिरहेको छ तर एउटा हातले मात्र ताली नबज्ने भएझै नागरिक पनि प्रहरीमैत्री बन्न सक्नुपर्नेमा उनले जोड दिए।

नेपाल सरकारले २०८० भदौ मसान्तसम्म प्रहरी समायोजन गर्ने प्रतिबद्धता गरेको थियो, सो प्रतिबद्धताअनुसार प्रहरी समायोजन नहुने भएपछि नेपाल सरकारविरुद्ध सर्वोच्च अदालतमा मुद्दा हाल्न बाध्य हुनुपरेकोे धारणा पनि मन्त्री श्रेष्ठले व्यक्त गरे।

प्रदेशकै सामाजिक विकासमन्त्री कुमारी मोक्तानले पदमपोखरीमा प्रहरी चौकी स्थापना हुनु खुसीको कुरा भएको भन्दै यहाँ नागरिक र प्रहरीबीच समन्वय र सहकार्य हुनुपर्नेमा जोड दिइन। उनले पदमपोखरीमा इलाका प्रहरी कार्यालय आवश्यक रहेकाले यसका लागि पहल भइरहेको छ भनिन।

आन्तरिक मामिला तथा कानुन मन्त्रालयको रु दुई करोड २६ लाख १५ हजार एक सय १७ बजेटमा एक कट्ठा नौ धुर जमिनमा बनेको प्रहरी चौकीमा महिला पुरुष अलग अलग हिरासत कक्ष, महिला ब्यारेक, कार्यालय प्रमुख निवाससहितको तीन तल्ले भवन निर्माण गरिएको थियो।

कार्यक्रममा मन्त्रालयका उपसचिव दीपकप्रसाद न्यौपाने, प्रमुख जिल्ला अधिकारी सूर्यप्रसाद सेढाईं, प्रहरी नायब महानिरीक्षक किरण राणा, हेउनपा–१३ का वडाध्यक्ष पेमा लामा, मकवानपुर प्रहरी प्रमुख सीताराम रिजाल, प्रहरी उपरीक्षक चित्र गुरुङ, राकेश सिंह, सशस्त्र प्रहरी उपरीक्षक अनिल कार्कीलगायतको उपस्थिति थियो। कार्यक्रममा चौकी निर्माणमा योगदान पु¥याउने व्यक्तित्वलाई सम्मान गरिएको थियो।


प्रकाशित मिति: २९ भाद्र २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?