Trending
>>   केपी ओली बिरुद्धका सबै षड्यन्त्रहरु असफल भएको महेश बस्नेतको दाबी >>   नेतृत्व परिवर्तनको बहस ‘फेसन’जस्तो भयोः झाँक्री >>   एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा >>   ग्यास र चिनीको कालोबजारी रोक्न सरकार निर्मम हुनुपर्छः सांसद प्रसाईं >>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक
Logo
६ आश्विन २०८३, मंगलवार
६ आश्विन २०८३, मंगलवार

प्रहरी सेवालाई प्रविधिमैत्री बनाउँदै लगिने


२९ भदाै, बागमती । बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री गङ्गानारायण श्रेष्ठले विज्ञान र प्रविधिको जमानामा प्रहरीले पनि सोहीअनुरुप अन्तर्राष्ट्रिय स्तरको प्रविधिको प्रयोग गर्न जरुरी रहेको बताएका छन्।

आज मकवानपुरको पदमपोखरी प्रहरीचौकी शुभारम्भ गर्दै उनले बागमती प्रदेशका प्रहरीलाई अत्याधुनिक उपकरणयुक्त र प्रविधिमैत्री बनाउँदै लगिने बताएका हुन। मन्त्री श्रेष्ठले अहिलेको प्रहरीको क्षमतालाई गुणात्मक ढङ्गले वृद्धि गर्दै लैजाने प्रतिबद्धता पनि व्यक्त गरे। हाम्रो देशका प्रहरीलाई नागरिकमैत्री बनाउने कुरामा प्रदेश सरकार लागिरहेको छ तर एउटा हातले मात्र ताली नबज्ने भएझै नागरिक पनि प्रहरीमैत्री बन्न सक्नुपर्नेमा उनले जोड दिए।

नेपाल सरकारले २०८० भदौ मसान्तसम्म प्रहरी समायोजन गर्ने प्रतिबद्धता गरेको थियो, सो प्रतिबद्धताअनुसार प्रहरी समायोजन नहुने भएपछि नेपाल सरकारविरुद्ध सर्वोच्च अदालतमा मुद्दा हाल्न बाध्य हुनुपरेकोे धारणा पनि मन्त्री श्रेष्ठले व्यक्त गरे।

प्रदेशकै सामाजिक विकासमन्त्री कुमारी मोक्तानले पदमपोखरीमा प्रहरी चौकी स्थापना हुनु खुसीको कुरा भएको भन्दै यहाँ नागरिक र प्रहरीबीच समन्वय र सहकार्य हुनुपर्नेमा जोड दिइन। उनले पदमपोखरीमा इलाका प्रहरी कार्यालय आवश्यक रहेकाले यसका लागि पहल भइरहेको छ भनिन।

आन्तरिक मामिला तथा कानुन मन्त्रालयको रु दुई करोड २६ लाख १५ हजार एक सय १७ बजेटमा एक कट्ठा नौ धुर जमिनमा बनेको प्रहरी चौकीमा महिला पुरुष अलग अलग हिरासत कक्ष, महिला ब्यारेक, कार्यालय प्रमुख निवाससहितको तीन तल्ले भवन निर्माण गरिएको थियो।

कार्यक्रममा मन्त्रालयका उपसचिव दीपकप्रसाद न्यौपाने, प्रमुख जिल्ला अधिकारी सूर्यप्रसाद सेढाईं, प्रहरी नायब महानिरीक्षक किरण राणा, हेउनपा–१३ का वडाध्यक्ष पेमा लामा, मकवानपुर प्रहरी प्रमुख सीताराम रिजाल, प्रहरी उपरीक्षक चित्र गुरुङ, राकेश सिंह, सशस्त्र प्रहरी उपरीक्षक अनिल कार्कीलगायतको उपस्थिति थियो। कार्यक्रममा चौकी निर्माणमा योगदान पु¥याउने व्यक्तित्वलाई सम्मान गरिएको थियो।


प्रकाशित मिति: २९ भाद्र २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?