Trending
>>   केपी ओली बिरुद्धका सबै षड्यन्त्रहरु असफल भएको महेश बस्नेतको दाबी >>   नेतृत्व परिवर्तनको बहस ‘फेसन’जस्तो भयोः झाँक्री >>   एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा >>   ग्यास र चिनीको कालोबजारी रोक्न सरकार निर्मम हुनुपर्छः सांसद प्रसाईं >>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक
Logo
६ आश्विन २०८३, मंगलवार
६ आश्विन २०८३, मंगलवार

प्रस्तावित न्यायाधीशमा शर्माको नाम सर्वसम्मतिले अनुमोदन


२९ भदौ, काठमाडाैँ । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतका लागि प्रस्तावित न्यायाधीश विनोद शर्मालाई अनुमोदन गरेको छ ।

सिंहदरबारमा आज बसेको समितिको बैठकले शर्मालाई सर्वोच्च अदालतको न्यायाधीशका लागि सर्वसम्मत अनुमोदन गरेको हो । संसदीय सुनुवाइ समितिबाट अनुमोदन भएपछि राष्ट्रपतिले नियुक्त गर्ने संवैधानिक व्यवस्था रहेको छ ।

न्याय परिषद्ले दोस्रो पटक शर्माको नाम सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस गरेको थियो । समितिले १० दिनको म्याद दिएर उजुरी आह्वान गरेको थियो तर उक्तविरुद्ध कुनै पनि उजुरी परेन ।

शर्माले समितिसमक्ष आफ्नो कार्यकालमा न्यायपालिकाप्रतिको निष्ठा र आस्थालाई कायम राख्दै काम गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए । ओखलढुङ्गा घर भएका ६२ वर्षीय शर्मालाई यही भदौ १० गते बसेको न्याय परिषद्को बैठकले न्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने निर्णय गरेको थियो ।


प्रकाशित मिति: २९ भाद्र २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?