Trending
>>   संसदीय सुनुवाई समितिले राजदुतहरूको सुनुवाई दशैँअघि नै गर्ने >>   तातोपानी नाका खोल्न चीनसँग निरन्तर संवाद भइरहेको छः मन्त्री लम्साल >>   दक्षिण एशियाको आर्थिक वृद्धि ६.९ प्रतिशत पुग्ने विश्व बैंकको अनुमान >>   अध्यादेशमार्फत मृत्यु घोषणा र दर्ताका लागि कानून संशोधन गर्दैछौँः कानूनमन्त्री गौतम >>   महामन्त्री पदका लागि सुनिल शर्माको उम्मेदवारी >>   नेपाली काँग्रेसको १५ औं महाधिवेशनः नेतृत्व चयनका लागि उम्मेदवारी दर्ता शुरु >>   वागमतीमा उज्यालो नेपाल पार्टीको सरकार बन्छ:कुलमान घिसिङ >>   ‘विपद् प्रभावित क्षेत्रमा तत्काल बेलीब्रिज र राहत प्याकेजको माग’ >>   राष्ट्र बैंकले विदेशी भुक्तानीको सीमा बढायो, के–केमा भयो परिवर्तन ? >>   तरकारी बोकेको ट्रकबाट २६ सय किलो गाँजा बरामद
Logo
२० आश्विन २०८३, मंगलवार
२० आश्विन २०८३, मंगलवार

समाचार


साउदी अरबमा पूर्वशिक्षकलाई मृत्युदण्ड

१५ भदाै, एजेन्सी । साउदी अरबको एक अदालतले एक जना पूर्वशिक्षकलाई फाँसीको फैसला सुनाएको छ । सामाजिक सञ्जालमा भ्रष्टाचार नियन्त्रणमा सरकार निष्क्रिय रहेको तथा मानवअधिकार उल्लङ्घनका घटनमा प्रतिक्रियाविहीन बनेको टिप्पणी गरेका उनलाई मृत्युदण्डको सजाय सुनाएको अमेरिकी प्रसारण संस्था केबल न्युज नेटवर्क ९सिएनएन०ले जनाएको छ । आतङ्कवादीविरुद्ध मुद्दा चलाउन सन् २००८ मा

अरनिको राजमार्ग विस्तार गर्न बजेटको अभाव हुँदैनः अर्थमन्त्री डा महत

१५ भदाै, काभ्रे । अर्थमन्त्री डा प्रकाशशरण महतले अरनिको राजमार्ग विस्तारकोे लागि बजेट अभाव नहुने जानकारी दिएका छन् । सो सडक हाल छ लेनमा विस्तार भइरहेको छ । जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकको सातौँ जिल्ला सभालाई आज धुलिखेलमा सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् । “अरनिको राजमार्गको सडक छ लेनमा

बालसुधार गृहको घटना लापरबाही र उदासिनताका कारण: इन्सेक

१५ भदाै, काठमाडौं । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले यही भदौ ३ गते भक्तपुरको बालसुधार गृहमा भएको घटना लापरबाही र उदासिनताका कारण भएको निष्कर्षसहितको अध्ययन प्रतिवेदन सार्वजनिक गरेको छ । बालसुधार गृहमा रहेका एक बालकको मृत्यु भएपछि सुधार गृहबाट बालबालिका भागेको तथा प्रहरीसँगको झडपका सम्बन्धमा इन्सेकले स्थलगत अध्ययन गरेको थियो ।

परीक्षा नियन्त्रण कार्यालयमा विद्यार्थी सङ्गठनले गर्यो तोडफोड

१५ भदौ, कञ्चनपुर । कञ्चनपुरको महेन्द्रनगरस्थित सुदूरपश्चिम विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयमा एक विद्यार्थी सङ्गठनले शुक्रबार दिउँसो तोडफोड गरेको छ । नेकपा समाजवादीनिकट अनेरास्ववियुका विद्यार्थी नेताले परीक्षा नियन्त्रण कार्यालयमा तोडफोड गरेका हुन् । कार्यालयका परीक्षा नियन्त्रक देवसिंह नाथले समाजवादीनिकट अनेरास्ववियुका नेताले कार्यालयमा तोडफोड गरेका बताए । “घटनाबारे हामीले प्रहरीलाई विस्तृतमा जानकारी

सिमेन्ट उद्योगको प्रदूषणबाट बिरामी

१५ भदौ, धादिङ । धादिङको धुनिबेँसी नगरपालिका–९ जुगेडीमा सञ्चालित युनाइटेड सिमेन्ट उद्योगबाट स्थानीय पीडित बनेका छन् । उद्योगबाट निस्कने धुवाँ, धुलो र ध्वनि प्रदूषणका कारण स्थानीय बिरामी पर्न थालेका छन् । शरीरभरीमा फोका आउने, चिलाउने, घाँटी सुक्नेजस्ता समस्याले स्थानीय हैरानी खेप्न बाध्य भएका छन् । पछिल्लो समय एलर्जीको समस्या जटिल

उपप्रधानमन्त्री श्रेष्ठसँग संयुक्त अधिराज्यका राजदूत फेनको शिष्टाचार भेट

१५ भदौ, काठमाडाैँ । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ र नेपालका लागि संयुक्त अधिराज्यका राजदूत रोब फेनबीच आज गृहमन्त्रालयमा शिष्टाचार भेटघाट भएको छ । सो अवसरमा उपप्रधानमन्त्री श्रेष्ठले नेपाल र बेलायतबीच मैत्री सन्धि भएको सय वर्ष पुगेकामा राजदूत फेनलाई बधाई दिँदै राजदूतको कार्यकालको सफलताको शुभकामना दिए । उपप्रधानमन्त्री श्रेष्ठले बेलायतले

कोशीको प्रदेश सरकारविरुद्धको रिटको सुनुवाइ आइतबार हुने

१५ भदौ, काठमाडाैँ । कोशी प्रदेश सरकारविरुद्ध सर्वोच्च अदालतमा परेको रिटको सुनुवाइ आइतबार हुने भएको छ । न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र सुष्मालता माथेमाको संयुक्त इजलासका लागि तोकिएको आजको पेशी हेर्न नमिल्ने भएपछि सुनुवाइ आइतबारका लागि सरेको हो । नेकपा (एमाले) कोशी प्रदेश संसदीय दलका नेता हिक्मतकुमार कार्कीले प्रदेश प्रमुख पर्शुराम

उपप्रधानमन्त्री खड्काको स्वास्थ्य अवस्था बुझ्न अस्पताल पुगे कांग्रेस महामन्त्री थापा र शर्मा

१५ भदाै, काठमाडाैँ । नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन कुमार थापा र विश्वप्रकाश शर्माले कांग्रेस उपसभापति तथा उप प्रधानमन्त्री एवं रक्षामन्त्रीको स्वास्थ्य अवस्थबारे जानकारी दिएका छन् । प्रोस्टेट (बीपीएच)को शल्यक्रिया गराएका खड्कालाई छाउनीस्थित सैनिक अस्पतालमा पुगेर महामन्त्रीद्वय थापा र शर्माले शिघ्र स्वास्थ्यलाभको कामना समेत गरेका छन् । बुधबार भर्ना भएका खड्काको सोही

नक्साका बारेमा प्रधानमन्त्रीको चीन भ्रमणका क्रममा छलफल हुन्छ : प्रवक्ता सापकोटा

१५ भदौ, काठमाडाैँ । नेकपा (माओवादी केन्द्र)का प्रवक्ता अग्निप्रसाद सापकोटाले चीनले जारी गरेको नयाँ नक्साका बारेमा कूटनीतिक माध्यमबाट कुरा गर्नुपर्ने बताएका छन् । पार्टी केन्द्रीय कार्यालयमा आज आयोजित पत्रकार सम्मेलनमा उनले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को चीन भ्रमणका क्रममा उक्त विषयमा छलफल हुने बताए । “चीनले जारी गरेको

चुच्चे नक्शा समावेश नगरिनु चीनको त्रुटिपूर्ण ब्यबहार : महर

१५ भदौ, काठमाडाैँ ।नेपाली कांग्रेसका नेता नैनसिंह महरले चीन सरकारले प्रकाशन गरेको नक्सामा नेपालको चुच्चे भाग (नक्शा) समावेश नगरिनु चीनको त्रुटिपूर्ण ब्यबहार भएको र यसलाई सच्याउन नेपाल सरकारले कुटनैतिक नोट पठाउनु पर्ने बताएका छन । नेपाली कांग्रेसका भातृ संस्था नेपाल महिला संघ ,तरुण दल र ने.वि.संघका नेताहरू संग काठमाडौंमा भएक

सम्वन्धित समाचारहरु