काठमाडौं । अन्तिम समयमा महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले यूएन वुमनको कार्यक्र रद्द भएको छ । ११ मार्चदेखि २२ मार्चसम्म अमेरिकामा हुने यूएन वुमनको ‘द कमिसन अन दि स्टाटस अफ वुमन’को सम्मेलनको ६८ औं सत्रमा भाग लिन मन्त्री चौधरी प्रतिनिधिमण्डलको नेतृत्व गर्दै न्यूयोर्क जाने तय भएकाे थियाे।
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जनता समाजवादी पार्टी (जसपा)लाई समेटेर मन्त्रिपरिषद् विस्तार गर्दैछन् ।जसपा अध्यक्ष उपेन्द्र यादवको नेतृत्वमा सरकारमा सहभागी हुँदै छ । यादवले उपप्रधानमन्त्री तथा स्वास्थ्यमन्त्री सम्हाल्ने छन् । जसपाका अर्का नेता नवलकिशोर साहलाई वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी दिने तयारी छ । जसपाकै दीपक कार्की स्वास्थ्य राज्यमन्त्री
बागलुङ। चालु आर्थिक वर्षमा बागलुङमा आलुको व्यावसायिक खेती प्रवर्द्धनका लागि बीउदेखि बजारीकरणसम्मका किसानलाई अनुदान दिन थालिएको छ । बागलुङका १० वटै पालिका समेट्नेगरी समूह र सहकारीमार्फत आलुखेतीको व्यावसायिकरण गर्न थालिएको छ । एक सय ५० हेक्टर जग्गामा आलुखेती विस्तार गर्न रैथाने र उन्नत जातको आलुको बीउ प्रदान गर्ने, आलु गोडमेलमा
म्याग्दी। विद्यालय परिसरमा नै च्याउ र तरकारीखेती गरेर म्याग्दीको मङ्गला गाउँपालिका–२ बाबियाचौर र मालिका गाउँपालिका–७ बिमका विद्यार्थीले पढाइसँगै पैसा पनि कमाएका छन् । पश्चिम म्याग्दीको मङ्गला –२ स्थित मङ्गला माध्यमिक विद्यालय र मालिका –७ बिममा सञ्चालित किसानी कृषि प्राविधिक शिक्षालयमा प्राविधिक धारअन्तर्गत बाली विज्ञान विषय अध्ययन गर्ने विद्यार्थीले तरकारी, फलफूल
काठमाडौँ। नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रको पदाधिकारी बैठक आज बस्दैछ । पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अपराह्न ५ बजे बस्ने गरी पार्टी मुख्यालय पेरिसडाँडामा पदाधिकारी बैठक बोलाएका हुन् । पदाधिकारी बैठकले आगामी मंगलबार हुने राष्ट्रियसभा अध्यक्ष निर्वाचनका लागि उम्मेदवारको चयन गर्ने बताइएको छ । माओवादीबाट राष्ट्रियसभा अध्यक्षका लागि उर्मिला अर्याल,
काठमाडौं । नेपाल सरकारअन्तर्गतको नेपाल पुलिस स्कुलले प्रिन्सिपल पदका लागि दरखास्त आह्वान गरेको छ । पुलिस स्कुलले धरान, सुनसरी, धनगढी र कैलालीमा रिक्त पदपूर्तिका लागि भन्दै योग्यता पुगेका इच्छुक ३० वर्ष पूरा भई ५५ वर्ष ननाघेका नेपाली नागरिकबाट दरखास्त आह्वान गरेको छ। दरखास्त चैत ११ गतेसम्म दिन सकिनेछ ।
काठमाडौ। निर्वाचन आयोगले पार्टीको महाधिवेशनले गरेको निर्णय विपरीत निर्णय गरेको भन्दै नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रेशम चौधरीले निर्वाचनको आयोगको गरेको निर्णयको विषयमा आफू अदालत जानसक्ने बताएका छन् । उनले भने ‘निर्वाचन आयोगको पत्र अझैसम्म बुझेको छैन, आइतबार १० बजेपछि पत्र बुझेर नयाँ ढङ्गबाट जाने हो, अहिलेसम्म पत्र स्पष्टसँग अध्ययन नभएकोले पत्र
काठमाडौ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को केन्द्रीय कार्यसम्पादन समिति बैठक बिहान ९ बजे पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बस्ने बस्ने भएको छ । हिजो सुरु भएको बैठकमा अध्यक्ष राजेन्द्र लिङ्देनले छलफलका लागि प्रस्तुत गरेका विभिन्न एजेण्डामा कार्यसम्पादन समिति सदस्यहरूले धारणा राख्ने क्रम जारी रहेको रहेको छ ।
काठमाडौ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी न्युन चापीय प्रणालीको आंशिक प्रभाव रहेको जनाएको छ । विभागका अनुसार हाल देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ । आज दिउँसो लुम्बिनी र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिक बदली
काठमाडौ। संघीय संसद अन्तर्गत राष्ट्रियसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे संसद भवन नयाँबानेश्वरमा बस्नेछ । बैठकमा राष्ट्रियसभाका अध्यक्षले अध्यक्ष तथा उपाध्यक्षको अनुपस्थितिमा बैठकको अध्यक्षता गर्ने सदस्यहरूको नाम मनोनयन गर्ने कार्यसूची छ । अध्यक्षले राष्ट्रियसभा निर्वाचनका लागि मिति तोक्नुका साथै विषयगत समितिमा रहने सदस्यहरूको नाम हेरफेर तथा मनोनयनका