१० वैशाख, एजेन्सी । खालिस्तान समर्थक नेता अमृतपाल सिंहलाई पक्राउ गरिएको छ । उनलाई पञ्जाबको मोगाबाट आज बिहान पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनी गत मार्च १८ देखि फरार थिए । पञ्जाब प्रहरीले सोही दिनदेखि उनी र उनको सङ्गठन ‘वारिस पञ्जाब दे’ विरुद्ध कारबाही शुरु गरेको थियो । अमृतपाल सिंहलाई
१० वैशाख, बारा । २ वटा मतपत्र लिएका जसपाका नेता पक्राउ परेका छन् । बारा-२ अन्तर्गत देवताल गाउँपालिका- ७ मा रहेको मतदान केन्द्रबाट दुईवटा मतपत्र लिएका एक नेतालाई प्रहरीले नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेमा रामसागर यादव रहेका छन् । उनको साथबाट प्रहरीले २ वटा छाप लगाएको मतपत्र बरामद गरेको छ
१० वैशाख, एजेन्सी । अमेरिकामा यो बर्ष फ्लुका कारण १९ हजारभन्दा बढीको मृत्यु भएको छ । अमेरिकाको रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सिडिसी) ले शुक्रबार सार्वजनिक गरेको पछिल्लो तथ्याङ्कअनुसार अमेरिकामा सन् २०२३ को पहिलो तीन महिना कम्तीमा दुई करोड ६० लाख फ्लुका बिरामी भएका र यसमध्ये दुई लाख ९० हजार अस्पताल
१० वैशाख, जनकपुर । निर्वाचन आयोगले मधेस प्रदेश सरकारका मुख्यमन्त्री सरोजकुमार यादवलाई स्पष्टीकरण सोधेको छ । उपनिर्वाचनको स्वच्छता, स्वतन्त्रता र निष्पक्षतामा प्रतिकूल असर पर्ने गरी अनुमतिबिना निर्वाचन आचारसंहिताविपरीत कार्य गरेको भन्दै आयोगले २४ घण्टे स्पष्टीकरण सोधेको हो । आयोगले बारा क्षेत्र नं २ मा प्रतिनिधिसभा सदस्य उपनिर्वाचन भइरहेको अवस्थामा निर्वाचनको स्वच्छता,
१० वैशाख, काठमाडाैँ । एक महिनाअघिदेखि त्रिभुवन विश्वविद्यालय र वरपरका क्षेत्रमा आतङ्क फैलाइरहेको चितुवा आज बिहान नियन्त्रणमा आएको छ । विश्वविद्यालयको बाटो हुँदै साँझ–बिहान आवतजावत गर्ने सवारीसाधनसँग जुध्ने र केही बटुवालाई आक्रमणसमेत गरेको चितुवालाई त्रिवि सेवा आयोगको कार्यालय नजिक पासोमा पारेर नियन्त्रणमा लिइएको हो । महानगरीय प्रहरी वृत्त कीर्तिपुरका प्रहरी नायब
१० वैशाख, पाल्पा । पाल्पामा भएको बस दुर्घटनामा एक महिलाको मृत्यु भएको छ । आइतबार विहान बुटवलबाट बाग्लुङको बुर्तिबाङ जाँदै गरेको बस जोरधारामा दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको हो । उक्त दुर्घटनामा परी ११ जना घाइते भएको प्रहरीले जानकारी दिएको छ । आइतबार बिहान सवा नौ बजे बुटवलबाट पाल्पा हुँदै
१० वैशाख, सिरहा । एक समय जङ्गली हात्तीको क्रिडास्थल रहने गरेको सिरहाको लहान नगरपालिका–१५ मा अवस्थित हात्तीदह सिमसार क्षेत्रमा हिजोआज भने आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा पर्न थालेको छ । पूर्व–पश्चिम महेन्द्र राजमार्गस्थित लहान बजारबाट करिब सात किलोमिटर उत्तरतर्फ चुरेपर्वत नजिकै सो सिमसार क्षेत्र रहेको छ । आकर्षकरूपमा निर्माण भएका प्रकृतिक
१० वैशाख, पाल्पा । पाल्पामा बस दुर्घटना भएको छ । आइतबार विहान बुटवलबाट बाग्लुङको बुर्तिबाङ जाँदै गरेको बस जोरधारामा दुर्घटनामा परेको हो । प्रहरी घटनास्थलमा पुगेर उद्धारकार्य सुरू गरेको जानकारी दिइएको छ । विस्तृत विवरण आउन केही समय लाग्ने प्रहरीले जानकारी दिएको छ ।
१० वैशाख, चितवन । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले गत निर्वाचनको भन्दा बढी मत ल्याउने बताएका छन् । उपनिर्वाचनमा चितवन-२ बाट उम्मेदवार उठेका लामिछानेले जनताको उत्साहले अघिल्लो चुनावभन्दा बढी भोट ल्याएर जित्ने देखिएको बताएका हुन् । उनले सञ्चारकर्मीसँग भने, 'मतदातामा हाम्रो पक्षमा अघिल्लोपटकको भन्दा बढि उत्साह पाएको छु । परिणाममा
१० वैशाख, एजेन्सी । म्यान्मारको याङ्गुनमा विद्रोही लडाकूले शनिबार निर्वाचन आयोगका उपप्रमुखको गोली हानी हत्या गरेको सेनाले जनाएको छ । म्यान्मारको सेनाले दुई वर्षभन्दा बढी समयअघि सत्ता कब्जा गरेपछि यस कदमविरूद्ध असहमति व्यक्त गर्ने सर्वसाधारणमाथि समेत रक्तपातपूर्ण दमनको नेतृत्व गरेको छ । यो कदमले म्यान्मामा सामाजिक अशान्ति र आर्थिक सङ्कट