Trending
>>   काठमाडौं उपत्यका सुनसान, सडक र बजार चकमन्न >>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री
Logo
५ कार्तिक २०८३, बुधबार
५ कार्तिक २०८३, बुधबार

गो फर्स्ट एयरका मे २६ सम्मका सबै उडान रद्द


४ जेठ, एजेन्सी । भारतीय गो फर्स्ट एयरलाइन्स (गोएयर)ले मे २६ सम्मका लागि सबै उडान रद्द गरेको छ ।

यसअघि एयरलाइन्सले मे १९ सम्मका लागि उडान रद्द गरेको थियो । “सन् २०२३ को मे २६ तारिखसम्म का लागि तय गरिएको गो फस्र्ट उडानहरु रद्द गरिएको छ ।

यसका लागि कम्पनीले खेद प्रकट गर्दछ । गो फर्स्टले भनेको छ, “उडान रद्द हुँदा भएको असुविधाका लागि हामी क्षमाप्रार्थी छौं ।

एयरलाइन्सले चाँडै नै भुक्तानीको सबै रकम पूर्ण फिर्ता गरिने बताएको छ । “उडान रद्द हुँदा तपाईँको यात्रा योजनामा बाधा पुगेको हुन सक्ने हामी स्वीकार गर्दछौं र हामी सक्दो सहयोग गर्न प्रतिबद्ध छौं,” विज्ञप्तिमा भनिएको छ ।

कम्पनीले हालै आफ्नो सञ्चालनको कमजोरी र पुनः उत्थान अन्तर्गत तत्काल समाधानको लागि आवेदन दायर गरेको छ । “हामी पुनः र छिट्टै बुकिङ सुरु गर्न सक्षम हुनेछौं । धैर्यताका लागि कम्पनी यात्रुवर्गप्रति आभारी छ ।” एयरलाइन्सले भनेको छ ।


प्रकाशित मिति: ४ जेष्ठ २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?