Trending
>>   नम्बर नमिलेको जुत्ता >>   मध्यपूर्वमा रहेका नेपालीहरुलाई सरकारले तत्काल उद्धार गर्नुपर्छः श्रमविज्ञ नेपाल >>   अर्थतन्त्र प्रतिष्पर्धी बनाउन दुई तहको मूल्य अभिवृद्धि कर र भन्सार दरमा कटौती आवश्यकः चेम्बर अध्यक्ष… >>   उपभोक्ता अदालतमा सरकारले मुद्दा नै दर्ता गरेन >>   “चुनावी खर्च खुल्दै: बालेन १४ लाख, रवि ९ लाख, महावीर पुन २८ लाख” >>   निजी क्षेत्रका मुद्दामा अर्थमन्त्री खनालको चासो, समसामयिक विषयमा छलफल >>   धितोपत्र बजार पुँजीकरण ४४ खर्ब ८४ अर्ब ७९ करोड कायम >>   विदेशमा बसेका नागरिकका लागि ग्लोवल आइएमइले २४ सै घण्टा सेवा प्रवाह गर्ने >>   एमालेको वर्तमान अवस्थाबारे गोकुल बास्कोटाको चिन्ता >>   नयाँ सरकारले स्थायी नीति लिनुपर्छ: अध्यक्ष ढकाल
Logo
३० फाल्गुन २०८२, शनिबार
३० फाल्गुन २०८२, शनिबार

बङ्गलादेशको गरिब जनसङ्ख्याको आधाभन्दा बढीले थप गरिबी भौग्दै


४ जेठ, एजेन्सी । कोभिड–१९ महामारीका कारण सन् २०२२ मा ५१ प्रतिशत गरिब जनता थप गरिबीमा धकेलिएको बङ्गलादेशको अग्रणी थिङ्क ट्याङ्कले बुधबार जनाएको छ ।

बङ्गलादेशको स्वायत्त बहु–अनुशासनात्मक सार्वजनिक अनुसन्धान संस्था बङ्गलादेश इन्स्टिच्युट अफ डेभलपमेन्ट स्टडिज (बीआईडीएस) ले गरेको एक सर्वेक्षणअनुसार बङ्गलादेशको राजधानी ढाकाजस्तो शहरमा पनि सहरी दीर्घकालीन गरिबी अझै पनि उल्लेखनीय स्तरमा छ । बिड्सले बुधबार ढाकामा आयोजित बिड्स रिसर्च अल्मानेक–२०२३ मा उक्त जानकारी दिएको हो ।

बिड्सका महानिर्देशक विनायक सेनले विकासलाई दिगो बनाउन जनताको संवेदनशीलतालाई ध्यानमा राख्नुपर्ने बताउनुभयो । कोभिड–१९ को महामारीले मुलुकको अर्थतन्त्रमा पारेको असरका कारण नयाँ सामाजिक वर्गको उदय भइरहेको प्रमाणले देखाएको उनले बताए ।

उनले सहरी जनसङ्ख्याको करिब एक दशांस भाग यही वर्गमा पर्ने बताए । यसअघि विज्ञहरूले बङ्गलादेशले गरिबी निवारणमा ५० वर्ष पुग्दा हासिल गरेको सफलता पनि महामारीका बेला कम्तीमा दुई करोड मानिस गरिबीको रेखामुनि झरेकाले गुमेकोे बताएका थिए ।

रूस–युक्रेन द्वन्द्वकाबीच महामारी र अत्यावश्यक वस्तुको मूल्यवृद्धिका कारण अनौपचारिक रोजगारीमा संलग्न चार करोड मानिसको ठूलो हिस्साले रोजगारी गुमाएको उनीहरूले बताएका छन् ।


प्रकाशित मिति: ४ जेष्ठ २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?