१७ जेठ, सिन्धुली । सिन्धुलीको घ्याङलेख गाउँपालिका–१ अमलेमा आज ट्रयाक्टर दुर्घटना हुँदा एक बालकको मृत्य भएको छ । बोहोरेबाट गढीतर्फ जाँदै गरेको ज१त ९९४१ नंको ट्रयाक्टर दुर्घटना हुँदा बालकको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक राजकुमार सिलवालका अनुसार कमलामाई नगरपालिका–२ का १४ वर्षीय लक्ष्मण विकको दुर्घटनामा मृत्यु भएको
१७ जेठ, बैतडी । बैतडीमा नेपाल–भारत काव्यगोष्ठी मङ्गलबार सम्पन्न भएको छ । स्थानीय लोक संस्कृतिको संरक्षण गर्ने उद्देश्यले डिलाशैनी गाउँपालिका–६ गोकुलेश्वरमा आयोजित चर्मण्यावती साहित्य सम्मेलत तथा नेपाल–भारत काव्यगोष्ठी ११ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न भएको छ । डिलाशैनी गाउँपालिकाका अध्यक्ष सन्तोषप्रकाश जोशी र राष्ट्रियता संरक्षण अभियानका अभियन्ता हेमबाबु लेखकले उक्त घोषणापत्र
१७ जेठ, काठमाडाैँ । फ्रान्स र सर्बिया पठाइदिने नाममा नागरिकको ५२ लाखभन्दा बढी रकम ठगी भएको छ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार यसरी ठगी गर्ने दुई जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा भक्तपुरको सूर्यविनायक नगरपालिका–१३ सल्लाघारी बस्ने ५० वर्षीय सुरेशकुमार पाख्रिन र सर्लाहीको हरिवन नगरपालिका–५ घर भई
१७ जेठ, काठमाडाैँ । प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले नागरिकमैत्री सेवा प्रवाहलाई उच्च प्राथमिकतामा राखेर कार्य सम्पादन गरी गुणस्तर अभिवृद्धिका लागि प्रतिबद्ध हुन प्रहरी कर्मचारीलाई निर्देशन दिएका छन् । सातवटै प्रदेश प्रहरी कार्यालयका प्रमुख, नेपाल प्रहरी प्रदेश कार्यालयका प्रमुख, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयका प्रमुख एवं सबै जिल्ला
१७ जेठ, काठमाडौँ । विश्वकर्मा समुदायको युवायुवतीलाई लक्षित गर्दै बिब्रोस् इन्टरटेनमेन्टले दोस्रो संस्करण ‘मिस्टर एण्ड मिस विश्वकर्मा इन्टरकन्टिनेन्टल–२०२३’ गर्ने भएको छ । प्रतिभा निखार्दै उनीहरुको उज्ज्वल भविष्य निर्माणमा सहयोग पु¥याउने उद्देश्यका साथ प्रतियोगिता आयोजना गर्न लागिएको अध्यक्ष सञ्जय विश्वकर्माले जानकारी दिए। “म आफैँ पनि मोडलिङमा सक्रिय भएकाले प्रतिभालाई मौका दिउँ भनेर
१७ जेठ, काठमाडाैँ । वैदिक सनातन धर्मावलम्बीले आज आ–आफ्नो घरको मठमा तुलसीको दल राख्दै छन् । प्रत्येक वर्ष ज्येष्ठ शुक्ल एकादशीका दिन घरघरमा तुलसीको दल राख्ने गरिन्छ । यस दिनलाई निर्जला एकादशी पनि भनिन्छ । यस दिन रोपेको बीउ एक महिनापछि आषाढ शुक्ल एकादशी अर्थात हरिशयनी एकादशीका दिन रोपिन्छ । आषाढ
१७ जेठ, काठमाडाैँ । बागमती प्रदेशसभा बैठक आज बस्दैछ । बैठक आज अपराह्न १ः०० बजे बस्ने गरी आह्वान गरिएको प्रदेशसभा सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काले जानकारी दिए । उक्त बैठकमा गत जेठ १४ गते प्रस्तुत भएको प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८०÷८१ को नीति तथा कार्यक्रममाथि छलफल हुनेछ । जेठ
१७ जेठ, एजेन्सी । अस्ट्रियाको एक अस्पतालमा आगलागी हुँदा तीन जनाको मृत्यु भएको छ । राजधानी भिएनाबाट १४ किलोमिटर टाढा रहेको मोडलिङस्थित अस्पतालमा आगो लाग्दा उक्त हताहती भएको हो । लाग्नुको कारण अझै नखुलेको उल्लेख गर्र्दै अस्पतालका प्रवक्ताले एक सय ७० वटा दमकल र ३३ वटा आगो निभाउने सवारी साधन प्रयाग
१७ जेठ, एजेन्सी । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले मस्को र वरपरको क्षेत्रमा ड्रोन आक्रमण गरेर युक्रेनले रुसीहरूलाई तर्साउन खोजेको बताएका छन् । “हामीले कमाण्ड युक्रेनका सेन्टरहरूमाथि प्रहार गर्ने कुरा गरेका छौँ । यसको प्रतिक्रियामा कीभ शासनले फरक बाटो रोजेको छ । उसले रुसलाई तर्साउने प्रयास गर्ने, रुसका नागरिकहरूलाई आतङ्कित पार्ने
१७ जेठ, तनहुँ । तनहुँको दमौली अस्पतालमा रहेको मिर्गौला उपचार केन्द्रमा डायलायसिस सेवा पुनः सञ्चालन गरिएको छ । उपकरण बिग्रिएपछि यहाँ बिगत डेढ महिनादेखि सो सेवा ठप्प थियो । यसअघि डायलायसिस उपकरण बिग्रिँदा मिर्गौलापीडितलाई उपचारका लागि समस्या भएको थियो । गत वैशाखदेखि बिग्रिएका सातमध्ये पाँच उपकरण मङ्गलबार मर्मत गरी पुनः सञ्चालनमा