Trending
>>   पुस १२ गतेभित्र राष्ट्रिय सभा बैठक बोलाउँछौँः नारायणप्रसाद दाहाल >>   सडक पीडित श्रेष्ठ भन्छन् – हामी सुकुम्वासी हुने भयौँ >>   फागुन २१ मा निर्वाचन नभए सरकारको औचित्य समाप्त हुन्छः वर्षमान पुन >>   नेपाल आउने भारतीय र भारत जाने नेपालीले प्रतिव्यक्ति भा.रु. २५ हजारसम्म बोक्न पाउने >>   एपिएफ फाइनलनजिक >>   रोजगारी सिर्जना र विदेशी मुद्रा आर्जनमा हस्तकला व्यवसायको भुमिका महत्वपूर्णः मन्त्री सिन्हा >>   चिसोलाई चुनौती: जाडोमा स्वस्थ रहने ५ प्रभावकारी उपाय >>   विधान संशोधन गरी १० औँ महाधिवेशनकै कमिटीमा फर्कियो एमाले, युवाका लागि छुट्यायो क्लस्टर >>   मौलिक खाना प्रवर्द्धन गर्न खाद्य मेला >>   एमालेले वरिष्ठ उपाध्यक्ष पद हटायो, उपाध्यक्ष पाँच जना रहने
Logo
२ पुष २०८२, बुधबार
२ पुष २०८२, बुधबार

समाचार


अयोग्य लडाकुलाई आर्थिक सहयोग दिने पहिलाकै निर्णय हो : मन्त्री शर्मा

१६ वैशाख, दाङ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले अयोग्य लडाकुलाई आर्थिक सहयोग दिने निर्णय पहिलाकै भएको बताएकी छन् । नेकपा (माओवादी केन्द्र) दाङ क्षेत्र नं ३ समन्वय कमिटीको आयोजनामा शुक्रबार भएको प्रशिक्षण कार्यक्रममा मन्त्री शर्माले पहिला गरिएको निर्णयलाई अहिले कार्यान्वयनमा ल्याउन लागको स्पष्ट पारिन् । यस वर्ष विद्यालयको

श्रीलङ्काको प्रहरीमा महिलाको भूमिकालाई थप प्रभावकारी बनाइँदै

१६ वैशाख, एजेन्सी । श्रीलङ्काका प्रहरी महानिरीक्षक (आईजीपी) चन्दना डी विक्रमरत्नेले प्रहरी विभागमा महिलालाई समान अवसर प्रदान गर्न सुधार कार्यक्रम शुरु गरिएको बताएका छन् । संसद्ले शुक्रबार एक विज्ञप्ति जारी गर्दै प्रहरीको वार्षिक कार्यसम्पादनको समीक्षा गरिरहेको संसदीय निगरानी समितिसँगको बैठकमा प्रहरी महानिरीक्षकले उक्त अभिव्यक्ति दिएको जनाएको हो । उनले विगतमा

एसिसी प्रिमियर कप : कुवेतविरुद्ध ब्याटिङ गर्दै नेपाल

१६ वैशाख, काठमाडाैँ । एसिसी प्रिमियर कप क्रिकेट प्रतियोगिताको सेमिफाइनल खेलमा नेपालले अहिले कुवेतविरुद्ध ब्याटिङ गरिरहेको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा टस हारेपछि नेपालले ब्याटिङ गर्ने निम्तो पाएको हो । कुवेतका कप्तान मोहम्मद अस्लामले टस जितेर पहिला फिल्डिङ रोजेका थिए । नेपाल समूह ‘ए’ को विजेता तथा कुवेत समूह

बैतडीमा ८० हजार बाख्रालाई पिपिआर खोप

१६ वैशाख ,बैतडी । बैतडीमा ८० हजार बाख्रालाई पिपिआरविरुद्धको खोप लगाइएको छ । जिल्लाका दशवटै स्थानीय तहमा सो सङ्ख्यामा पिपिआरविरुद्धको खोप लगाइएको हो । भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र पाटनका प्रमुख गुमानीदत्त पन्तका अनुसार पिपिआर रोगबाट बचाउन बाख्रालाई खोप लगाइएको हो । केन्द्रले जिल्लाका १० वटै स्थानीय तहमा

चट्याङ लागेर वृद्धको मृत्यु

१६ वैशाख ,ताप्लेजुङ । ताप्लेजुङको सिदिङ्वा गाउँपालिकामा गए राति चट्याङ लागेर एक वृद्धको ज्यान गएको छ । सिदिङ्वा गाउँपालिका–६ मेहेलेका ६० वर्षीय श्रीप्रसाद कडरियाको चट्याङ लागेर मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक कुसराम कार्कीका अनुसार घरैमा बसिरहेको अवस्थामा कडरियलाई चट्याङ लागेको हो । इलाका प्रहरी कार्यालय तेल्लोकको

‘खोटेहाङ अध्यक्ष कप’को उपाधि बाह्रबिसे र बासिखोरालाई

१६ वैशाख ,खोटाङ । ‘खोटेहाङ गाउँपालिका अध्यक्ष कप’ भलिबल प्रतियोगिताको पाँचौँ संस्करणको पुरुषतर्फको उपाधि सङ्खुवासभाको सभापोखरी गाउँपालिका–३ बाह्रबिसे तथा महिलातर्फको उपाधि भोजपुरको रामप्रसाद राई गाउँपालिका–८ बासिखोराले जितेको छ । खोटेहाङको छैटौँ वार्षिकोत्सवको अवसरमा अन्तरपालिका वडास्तरीय पुरुष तथा महिला भलिबल प्रतियोगिता आयोजना गरिएको हो । खोटेहाङ–३ सावाकटहरेस्थित सावाकाली माध्यमिक विद्यालयको मैदानमा

गण्डकीमा लिफ्टिङ खानेपानी र सिँचाइमा विद्युत् महसुल निःशुल्क

१६ वैशाख ,गण्डकी । गण्डकी प्रदेश सरकारले कृषि क्षेत्रको उत्पादन र उत्पादकत्व वृद्धिका लागि लिफ्टिङ खानेपानी र सिँचाइ आयोजनाको विद्युत् महसुलमा सत प्रतिशतसम्म अनुदान दिने निर्णय गरेको छ । नवनियुक्त मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पदभार ग्रहण गरेसँगै शुक्रबार बसेको मन्त्रिपरिषद्को पहिलो बैठकले सो निर्णय गरेको प्रदेश सरकारका प्रवक्ता एवं बिनाविभागीय मन्त्री

निजामती कर्मचारीका छोराछोरीलाई छात्रवृत्तिका लागि दरखास्त आह्वान

१५ वैशाख ,काठमाडौँ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले निजामती कर्मचारीका सन्तति (छोराछोरी) लाई छात्रवृत्ति प्रदान गर्न आवेदन आह्वान गरेको छ । मन्त्रालयको शैक्षिक प्रोत्साहन वृत्ति व्यवस्थापन समितिको सचिवालयले आज कर्मचारीका सन्ततिलाई १५ दिनभित्र आवेदन दिन आह्वान गरेको हो । कक्षा १२ वा सो सरहको परीक्षामा कम्तीमा पनि २

प्रहरीका १८ एसपीलाई एसएसपीमा बढुवाका लागि सिफारिस

१५ वैशाख ,काठमाडौँ । नेपाल प्रहरीका १८ प्रहरी उपरीक्षक (एसपी) लाई प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) पदमा बढुवाका लागि सिफारिस गरिएको छ । गृह मन्त्रालय बढुवा समितिको आज बसेको बैठकले नेपाल प्रहरीमा जनपद प्रहरी समूहतर्फको १८ एसपीलाई एसएसपी पदमा बढुवाका लागि सिफारिस गरेको हो । बढुवा सिफारिस हुनेमा विश्व अधिकारी, भूपेन्द्रबहादुर

कपन हत्या प्रकरण : एआइजीको नेतृत्वमा अनुसन्धान समिति गठन

१५ वैशाख ,काठमाडौँ । काठमाडौँको कपनस्थित सरस्वतीनगरमा वैशाख ७ गते एक भाँडा व्यवसायीको चक्कु प्रहारबाट भएको हत्याको छानविन तथा अनुसन्धान गर्न प्रहरी अतिरीक्त महानिरीक्षक (एआईजी) को नेतृत्वमा समिति गठन भएको छ । प्रहरी प्रधान कार्यालयले केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइवी) का एआइजी किरण बज्राचार्यको नेतृत्वमा समिति गठन गरेको प्रहरी प्रवक्ता प्रहरी

सम्वन्धित समाचारहरु