Trending
>>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह
Logo
६ आश्विन २०८३, मंगलवार
६ आश्विन २०८३, मंगलवार

बैतडीमा ८० हजार बाख्रालाई पिपिआर खोप


१६ वैशाख ,बैतडी । बैतडीमा ८० हजार बाख्रालाई पिपिआरविरुद्धको खोप लगाइएको छ । जिल्लाका दशवटै स्थानीय तहमा सो सङ्ख्यामा पिपिआरविरुद्धको खोप लगाइएको हो ।

भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र पाटनका प्रमुख गुमानीदत्त पन्तका अनुसार पिपिआर रोगबाट बचाउन बाख्रालाई खोप लगाइएको हो ।

केन्द्रले जिल्लाका १० वटै स्थानीय तहमा बाख्रालाई लगाउनका लागि पिपिआर खोप पठाइएको र सोहीअुनसार लगाइएको जनाएको छ । यो अभियान दुई महिनासम्म सञ्चालन भएको थियो ।

पिपिआर रोगबाट बाख्रालाई बचाउनका लागि जिल्लाभारी खोप अभियान सञ्चालन गरिएको प्रमुख पन्तले बताए । उनले भने, “बाख्रामा पिपिआर रोग लागेमा ८० प्रतिशत मर्ने सम्भावना रहेकाले त्यो रोगबाट बचाउन खोप अभियान सञ्चालन गरिएको हो । क्षति नहोस भनेर सरकारले पिपिआर खोप लगाउने कार्यलाई प्राथमिकतामा राखेको छ।”

बाख्रामा पिपिआर रोग लागेमा पखाला लाग्ने, र्याल सिगान बगाउने, उच्च ज्वरो आउनेलगायत लक्षण देखा पर्ने र अन्त्यमा बाख्रा मर्ने गर्दछन् । गत वर्ष पनि बाख्रालाई पिपिआर खोप दिइएको थियो ।

जिल्लाभरि किसानले करिब रु डेढ लाखको हाराहारीमा बाख्रा पालेको र दुई सय बढी व्यावसायिक बाख्रापालक किसान कार्यालयमा सूचीकृत रहेका पन्तले जानकारी दिए ।


प्रकाशित मिति: १६ बैशाख २०८०, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?