Trending
>>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा >>   राजुनाथ पाण्डेले गरे काठमाडौँ–३ बाट उम्मेदवारी दर्ता >>   बालेन्द्र साहले गराए झापा क्षेत्र नं. ५ बाट प्रतिनिधि सभा उम्मेदवारी दर्ता >>   ‘चुनावअघि सन्तुलनको दोसाँधमा नेपालः महाशक्तिहरूको नयाँ रणभूमि र क्षेत्रीय स्थिरताको संकट’ >>   महावीर पुनले गरे म्याग्दीबाट उम्मेदवारी दर्ता >>   महेश बस्नेतले गरे भक्तपुर–२ बाट उम्मेदवारी दर्ता >>   रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्रीले सम्हाल्नुहुने >>   झापा–५ को चुनावी माहोल तात्यो, बालेन हजारौँ समर्थकसहित मनोनयन दर्ता गर्न दमकमा >>   स्पेनमा रेल दुर्घटनाः ४० जनाको मृत्यु, तीन दिने राष्ट्रिय शोकको घोषणा >>   सरकारद्वारा रवि लामिछाने विरुद्धका दुई अभियोग फिर्ता
Logo
१० माघ २०८२, शनिबार
१० माघ २०८२, शनिबार

श्रीलङ्काको प्रहरीमा महिलाको भूमिकालाई थप प्रभावकारी बनाइँदै


१६ वैशाख, एजेन्सी । श्रीलङ्काका प्रहरी महानिरीक्षक (आईजीपी) चन्दना डी विक्रमरत्नेले प्रहरी विभागमा महिलालाई समान अवसर प्रदान गर्न सुधार कार्यक्रम शुरु गरिएको बताएका छन् ।

संसद्ले शुक्रबार एक विज्ञप्ति जारी गर्दै प्रहरीको वार्षिक कार्यसम्पादनको समीक्षा गरिरहेको संसदीय निगरानी समितिसँगको बैठकमा प्रहरी महानिरीक्षकले उक्त अभिव्यक्ति दिएको जनाएको हो ।

उनले विगतमा प्रहरीको साङ्गठनिक संस्कार महिलाले माथि जानसक्ने खालको नभएको बताए ।

विक्रमरत्नेले दुई हजार ४०० भन्दा बढी महिला प्रहरी हवल्दारको दरबन्दी रिक्त रहेको बताउँदै सुधारसँगै भविष्यमा एक जना महिला आइजिपी समेत हुने बताए ।

सन् २०२३ सम्ममा पदपूर्ति गरिसक्नुपर्ने भए पनि हालको आर्थिक अवस्थाका कारण पदपूर्ति गर्न नसकिएको उनले बताए ।


प्रकाशित मिति: १६ बैशाख २०८०, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?