Trending
>>   सक्रिय राजतन्त्रसँग सहमत छैनौँः धवल शमशेर जबरा >>   राजा, राजनीतिक दल र जेन–जी पुस्ताबीच नयाँ समझदारी गरेर अघि बढौं : राजेन्द्र लिङदेन >>   केपी ओलीले महिलाको अपमान गर्छन्ः अष्टलक्ष्मी शाक्य >>   निर्णय नलिने प्रोजेक्ट म्यानेजरलाई छानविन गरेर कारबाही गर्नुपर्छः कुलमान घिसिङ >>   लुम्बिनीमा भारत–नेपाल सांस्कृतिक महोत्सवको तेस्रो संस्करण सम्पन्न(तस्बिरसहित) >>   इन्धनबाट चल्ने गाडीहरु विस्थापन हुँदा सयौँ मजदुरहरु पलायन हुने स्थिति आयोः श्रेष्ठ >>   देशभरका भन्सार कार्यालयमा पेन डाउन, जाँचपास सेवा पूर्णरूपमा ठप्प >>   यो चुनावी सरकार मात्र होइन,कसैको धम्कीबाट डराउँदैनौँः प्रधानमन्त्री कार्की >>   सुरेश रजकलाई शहीद घोषणा गर्ने सरकारको निर्णय >>   प्रधानमन्त्रीसँगको भेटपछि दुर्गा प्रसाईंः फागुनमा निर्वाचन हुँदैन, माग पूरा नभए जनविद्रोह हुन्छ
Logo
२४ मंसिर २०८२, बुधबार
२४ मंसिर २०८२, बुधबार

एसिसी प्रिमियर कप : कुवेतविरुद्ध ब्याटिङ गर्दै नेपाल


१६ वैशाख, काठमाडाैँ । एसिसी प्रिमियर कप क्रिकेट प्रतियोगिताको सेमिफाइनल खेलमा नेपालले अहिले कुवेतविरुद्ध ब्याटिङ गरिरहेको छ ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा टस हारेपछि नेपालले ब्याटिङ गर्ने निम्तो पाएको हो । कुवेतका कप्तान मोहम्मद अस्लामले टस जितेर पहिला फिल्डिङ रोजेका थिए । नेपाल समूह ‘ए’ को विजेता तथा कुवेत समूह ‘बी’ को उपविजेता बन्दै सेमिफाइनल प्रवेश गरेको हो ।

नेपालको प्लेइङ–११ मा कप्तान रोहितकुमार पौडेल, कुशल भुर्तेल, दीपेन्द्रसिंह ऐरी, आसिफ शेख, कुशल मल्ल, आरिफ शेख, सोमपाल कामी, ललितनारायण राजवंशी, करण केसी, सन्दीप लामिछाने र भीम सार्की छन् ।

यस्तै अर्को सेमिफाइनल खेल ओमान र युनाइटेड अरब इमिरेटस् (युएई) बीच भइरहेको छ । उक्त खेल मूलपानी क्रिकेट मैदानमा हुँदै छ । युएईविरुद्धको खेलमा ओमानले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएको छ ।


प्रकाशित मिति: १६ बैशाख २०८०, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?