२२ असार ,भोजपुर । टेम्केमैयुङ गाउँपालिकाले नेपाल सरकारको घुम्नै पर्ने १०० गन्तव्य भित्र पर्न सफल मुन्दुम पदमार्गलाई समेटेर निर्माण गरिएको पार्श्वचित्र र गीतको विमोचन गरिएको छ । यहाँको पर्यटन प्रवर्द्धनमा टेवा पुर्याउने लक्ष्यले निर्माण गरिएको पार्श्वचित्र र गीतको गाउँपालिका अध्यक्ष सरोज बस्नेत, उपाध्यक्ष रमादेवी राईले विमोचन गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय
२२ असार ,काठमाडौँ । सर्वोच्च अदालतले माथिल्लो कर्णाली जलविद्युत्को विकास र त्यसबाट सिर्जना हुने राजस्वबाट जलाधार क्षेत्रका जनताले अधिक लाभान्वित हुनुपर्ने फैसला गरेको छ । तत्कालीन कामु प्रधान न्यायाधीश हरिकृष्ण कार्की, न्यायाधीशहरु विश्वम्भरप्रसाद श्रेष्ठ, आनन्दमोहन भट्टराई, सपना प्रधान मल्ल र टङ्कबहादुर मोक्तानको संवैधानिक इजलासले विसं २०८० वैशाख २४ गते गरेको
२२ असार ,काठमाडौँ । काठमाडौँ महानगरपालिका क्षेत्रभित्र छात्रावास सञ्चालन गर्ने व्यक्तिले अब महानगरपालिकाबाट स्वीकृति लिनुपर्ने भएको छ । काठमाडौँ महानागरपालिकाले छात्रावास (होस्टल) सञ्चालनसम्बन्धी मापदण्ड, २०८० बनाएसँगै छात्रावास सञ्चालनका लागि पूर्वस्वीकृति अनिवार्य गरिएको हो । काठमाडौँ महानागरपालिका स्थानीय राजपत्रमा प्रकाशित मापदण्डअनुसार काठमाडौँ महानागरपालिका क्षेत्रभित्र सञ्चालन हुने छात्रावासलाई व्यवस्थित, मर्यादित, सुरक्षित र
२२ असार ,काठमाडौँ । चलचित्र ‘बगान’ निर्माण समूहले एकल आमालाई निःशुल्करुपमा चलचित्र देखाइने घोषणा गरेको छ । एकल आमाको कथालाई प्रस्तुत गरिएको चलचित्रका निर्देशक सरोज खनालले विवरण खुल्ने कागजात देखाएर देशभर नै निःशुल्क चलचित्र हेर्न सकिने जानकारी दिए । “हामीले प्रतिनिधि आमालाई सम्मान गरेका हौँ । उनिहरूले समाजसँग लडेर सन्तानलाई
२२ असार ,सप्तरी । सप्तरीको विष्णुपुर गाउँपालिका–७ विष्णुपुर टोलका–७० वर्षीय रामप्रसाद रामको चट्याङ लागेर आज मृत्यु भएको छ । घर नजिकैको आफ्नै खेतमा काम गरिरहेका बेला वर्षाको पानीसँगै परेको चट्याङ लागेर रामको मृत्यु भएको जिल्लाप्रहरी कार्यालय सप्तरीले जनाएको छ । घाइते रामको उपचारको क्रममा गजेन्द्रनारायण सिंह अस्पताल राजबिराजमा मृत्यु भएको
२२ असार ,काठमाडौँ । फर्जी आवेदन परेपछि अनुसन्धानका लागि भन्दै रोकिएको घोराही सिमेन्ट इन्डष्ट्री लिमिटेडको प्राथमिक शेयर निष्कासन (आइपिओ) पुनःखुलेको छ । आइतबारसम्म आवेदन दिन सकिनेगरी आइपिओ पुनःखुलाइएको हो । हिमालयन क्यापिटल लिमिटेड र नबिल इन्भेष्टमेन्ट बैंक लिमिटेडको संयुक्त निष्कासन तथा बिक्री प्रबन्धकत्वमा गत जेठ ३२ गतेदेखि यो कम्पनीको आइपिओ
२२ असार ,मस्को । मध्य रुसी क्षेत्र समारामा रहेको एउटा बारुद कारखानामा भएको विष्फोटमा परी छ जनाको मृत्यु हुनाका साथै अन्य दुई जना घाइते भएका छन् । रुसी समाचार एजेन्सीहरूका अनुसार चपाएभास्क शहरको प्रमिश्तेञ्ज प्लान्टमा विस्फोट हुँदा आठ जना घाइते भएकामा छ जनाको तत्काल मृत्यु भएको हो । आरआईए नोवोस्ती
२२ असार ,मोरङ । कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री उद्धव थापाले सबै दलले वर्तमान सरकारलाई विश्वासको मत दिने विश्वास व्यक्त गरेका छन् । मुख्यमन्त्री पदको सपथपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले आगामी एक महिनाभित्र प्रदेशसभामा रहेका सबै राजनीतिक दलको सहमतिमा सरकारले विश्वासको मत प्राप्त गर्ने बताए । नवनियुक्त मुख्यमन्त्री थापाले गठबन्धन दलको
२२ असार, काठमाडाैँ । नेकपा (एमाले) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय गुप्तचर प्रमुख नेपाल आएका बेला आफूले सार्वजनिक रुपमै भेटेको बताएका छन् । काठमाडौंमा आयोजित एक कार्यक्रमलाई आज सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । गुप्तचरसँगको भेट आफूले नलुकाएको उनले प्रष्ट पारे । प्रधानमन्त्री पुष्पकमल दाहाल
२२ असार, काठमाडाैँ । मृत अवस्थामा भेटिएका अभिनेता सारूक ताम्राकारको अन्त्येष्टि गरिएको छ । बिहीबार साँझ घरमै मृत अवस्थामा भेटिएका ताम्राकारको पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको हो । काठमाडौँको रातोपुलस्थित निवासमा ताम्राकार बिहीबार बेलुका मृत अवस्थामा भेटिएका थिए । प्रहरीको प्रारम्भिक अनुसन्धानबाट उनले आत्महत्या गरेको देखिएको छ । उनी पछिल्लो समय करिश्मा