Trending
>>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह
Logo
५ आश्विन २०८३, सोमबार
५ आश्विन २०८३, सोमबार

ओखलढुङ्गामा मतदान बिथोल्ने भ्रामक सूचना फैलाउनेमाथि प्रहरीको कडा कारबाही तयारी


प्रतिनिधिसभा निर्वाचनको पछिल्लो परिणाम : प्रत्यक्षमा रास्वपाको भारी जित, समानुपातिकमा पनि अग्रता

ओखलढुंगा । सामाजिक सञ्जालमार्फत फैलाइएको भ्रामक सूचनाप्रति प्रहरीले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

जिल्ला प्रहरी कार्यालय ओखलढुंगा ले जारी गरेको प्रेस विज्ञप्तिअनुसार सुशासन संचार नामक फेसबुक पेजबाट मतदान बिथोल्ने उद्देश्यले गोली चलेको र एक व्यक्तिको मृत्यु भएको भनी फैलाइएको सूचना पूर्ण रूपमा भ्रामक र गलत रहेको स्पष्ट पारेको छ।

प्रहरीका अनुसार हाल ओखलढुंगा जिल्लामा मतदान कार्यक्रम शान्तिपूर्ण वातावरणमा सञ्चालन भइरहेको छ। झुटा तथा अप्रमाणित समाचार फैलाई आम नागरिकमा त्रास फैलाउने कार्य कानुनविपरीत रहेको जनाउँदै यस्ता भ्रामक सूचना फैलाउने व्यक्तिको पहिचान तथा खोजतलास गरी कानुनअनुसार आवश्यक कारबाही प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।

प्रहरीले सर्वसाधारणलाई कुनै पनि अपुष्ट सूचना नपत्याउन र आधिकारिक स्रोतबाट मात्र जानकारी लिन अनुरोध गरेको छ।


प्रकाशित मिति: २१ फाल्गुन २०८२, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?