Trending
>>   केपी ओली बिरुद्धका सबै षड्यन्त्रहरु असफल भएको महेश बस्नेतको दाबी >>   नेतृत्व परिवर्तनको बहस ‘फेसन’जस्तो भयोः झाँक्री >>   एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा >>   ग्यास र चिनीको कालोबजारी रोक्न सरकार निर्मम हुनुपर्छः सांसद प्रसाईं >>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक
Logo
६ आश्विन २०८३, मंगलवार
६ आश्विन २०८३, मंगलवार

ओखलढुङ्गाको एक मतदान केन्द्रमा किन कसैले पनि गरेनन् मतदान ?


ओखलढुङ्गाको एक मतदान केन्द्रमा किन कसैले पनि गरेनन् मतदान ?

ओखलढुङ्गा । मानेभन्ज्याङ गाउँपालिका वडा नं–७ टोक्सेलस्थित शहीद आधारभूत विद्यालय मतदान केन्द्रमा बिहीबार दिउँसो ४ : ४४ बजेसम्म एक जनाले पनि मतदान नगरेको पाइएको छ।

२०७४ मै कोशी प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले प्रादेशिक अस्पताल निर्माण गर्ने प्रतिबद्धता जनाउँदै स्थानीयको १६५ रोपनी जग्गा सरकारको नाममा लिएको थियो। अस्पतालका लागि करिब ९९ करोड रुपैयाँ लागत अनुमानसहित विस्तृत परियोजना प्रतिवेदन तयार भए पनि बजेट नआएपछि असन्तुष्ट स्थानीयले मतदान नगर्ने निर्णय गरेको दाबी गरिएको छ।

७०१ जना मतदाता रहेको उक्त केन्द्रमा कर्मचारी र सुरक्षाकर्मी तयारी अवस्थामा रहेपनि प्रदेशस्तरीय अस्पताल निर्माणका लागि बजेट नदिएको भन्दै असन्तुष्ट स्थानीय मतदाताले मतदान बहिष्कार गरेको प्रमुख जिल्ला अधिकारि मेखबहादुर मग्रान्ती ले बताएका छन्।


प्रकाशित मिति: २१ फाल्गुन २०८२, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?