Trending
>>   प्रश्तावित चार न्यायाधीशहरुको नाम संसदीय समितिबाट अनुमोदन >>   गगन थापालाई ‘भिलेन’ नबनाऊँः डा. शशांक कोईराला >>   गगनलाई देउवाको आरोपः पैसामा पार्टी बेच्नेले काँग्रेस जोगाउँछ ? >>   नेपाल संवत ११४७ को स्वागतमा काँग्रेसको सुकुण्दा र्‍याली, सभापति थापा सहभागी(तस्बिरसहित) >>   लायन्स क्लब अफ काठमाडौं ब्राइट स्टारको रक्तदान कार्यक्रम सम्पन्न >>   काग तिहारमा रत्नपार्कमा काग सम्मेलन >>   तिहार र छठमा विद्युत आपूर्ति सहज बनाउन प्राधिकरणको विशेष तयारी >>   बेलिब्रिज राख्नु जोखिमपूर्ण, वर्षायामअघि हटाउन सडक विभागको चेतावनी >>   अदालतलगायत राज्यका संस्थालाई कमजोर बनाउने गतिविधि रोकौँः रवि लामिछाने >>   प्रेस काउन्सिल अध्यादेश मिडिया क्षेत्रलाई नियन्त्रण गर्ने उद्देश्यबाट प्रेरितः महासंघ
Logo
२२ कार्तिक २०८३, आईतवार
२२ कार्तिक २०८३, आईतवार

निर्वाचनले लोकतन्त्र सुदृढ गर्नुका साथै देशमा स्थायित्व ल्याउनुपर्छ: ओली


पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनले देशमा लोकतन्त्र सुदृढ बनाउँदै राजनीतिक स्थायित्व र सुशासन स्थापना गर्न योगदान गर्नुपर्ने बताउनुभएको छ । बिहीवार भक्तपुरको बालकोटस्थित महेन्द्र शान्ति माध्यमिक विद्यालय मतदान केन्द्रमा मतदान गरेपछि सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष ओलीले यस्तो बताउनुभएको हो । अराजनीतिक, अराजक तथा हिंसात्मक गतिविधिलाई नियन्त्रण गर्दै लोकतान्त्रिक प्रक्रियालाई सुदृढ बनाउने दिशामा निर्वाचनले महत्वपूर्ण भुमिका खेल्नुपर्ने ओलीको भनाइ छ । उहाँले लोकतान्त्रिक प्रक्रियामार्फत संविधानलाई सही ट्र्याकमा फर्काउँदै देशलाई स्थिरता, स्थायित्व र सुशासनतर्फ अघि बढाउनुपर्ने उल्लेख गर्नुभयो । उहाँले देशको शान्ति, सुव्यवस्था तथा राष्ट्रिय हितको रक्षा गर्नु अहिलेको प्रमुख आवश्यकता भएको बताउँदै देशको अस्तित्व, स्वाधीनता र राष्ट्रिय हितको संरक्षण तथा संवद्र्धनमा निर्वाचनले सकारात्मक भुमिका खेल्नुपर्ने धारणा राख्नुभयो । उहाँले भन्नुभयो, ‘यस निर्वाचनले देशमा लोकतन्त्रको पुनःस्थापना गर्नुपर्दछ । अराजनीतिक र अराजक क्रियाकलाप, हिंसात्मक गितिविधि र हिंसात्मक प्रवृत्तिहरुलाई नियन्त्रण र अन्त्य गर्ने दिशामा महत्वपूर्ण योगदान गर्नुपर्दछ । यसले लोकतान्त्रिक बाटोबाट फेरि संविधानलाई ट्र्याकमा ल्याएर देशलाई स्थिरता र स्थायित्वका साथ देशलाई सुशासनको बाटोमा अगाडि बढाउनुपर्दछ । देशको शान्ती, सुव्यवस्थाका साथै मुख्य कुरा देशलाई बचाउने कुरा छ । देशको अस्तित्व, देशको स्वाधिनता र राष्ट्रिय हितहरुको रक्षा र संवद्र्धन गर्नुपर्नेछ । यस निर्वाचनले शान्तीको पक्षमा भएका, सुशासनको पक्षमा भएका, विकासको पक्षमा भएका अनुभवी, देशभक्तहरुलाई अत्याधिक बहुमतले विजयी गराउनुपर्नेछ ।’ उहाँले शान्ति, सुशासन र विकासका पक्षमा रहेका अनुभवी तथा देशभक्त नेतृत्वलाई अत्यधिक बहुमतले विजयी गराउन मतदातासमक्ष आह्वान समेत गर्नुभयो ।

काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनले देशमा लोकतन्त्र सुदृढ बनाउँदै राजनीतिक स्थायित्व र सुशासन स्थापना गर्न योगदान गर्नुपर्ने बताउनुभएको छ ।

बिहीवार भक्तपुरको बालकोटस्थित महेन्द्र शान्ति माध्यमिक विद्यालय मतदान केन्द्रमा मतदान गरेपछि सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष ओलीले यस्तो बताउनुभएको हो । अराजनीतिक, अराजक तथा हिंसात्मक गतिविधिलाई नियन्त्रण गर्दै लोकतान्त्रिक प्रक्रियालाई सुदृढ बनाउने दिशामा निर्वाचनले महत्वपूर्ण भुमिका खेल्नुपर्ने ओलीको भनाइ छ । उहाँले लोकतान्त्रिक प्रक्रियामार्फत संविधानलाई सही ट्र्याकमा फर्काउँदै देशलाई स्थिरता, स्थायित्व र सुशासनतर्फ अघि बढाउनुपर्ने उल्लेख गर्नुभयो । उहाँले देशको शान्ति, सुव्यवस्था तथा राष्ट्रिय हितको रक्षा गर्नु अहिलेको प्रमुख आवश्यकता भएको बताउँदै देशको अस्तित्व, स्वाधीनता र राष्ट्रिय हितको संरक्षण तथा संवद्र्धनमा निर्वाचनले सकारात्मक भुमिका खेल्नुपर्ने धारणा राख्नुभयो ।

उहाँले भन्नुभयो, ‘यस निर्वाचनले देशमा लोकतन्त्रको पुनःस्थापना गर्नुपर्दछ । अराजनीतिक र अराजक क्रियाकलाप, हिंसात्मक गितिविधि र हिंसात्मक प्रवृत्तिहरुलाई नियन्त्रण र अन्त्य गर्ने दिशामा महत्वपूर्ण योगदान गर्नुपर्दछ । यसले लोकतान्त्रिक बाटोबाट फेरि संविधानलाई ट्र्याकमा ल्याएर देशलाई स्थिरता र स्थायित्वका साथ देशलाई सुशासनको बाटोमा अगाडि बढाउनुपर्दछ । देशको शान्ती, सुव्यवस्थाका साथै मुख्य कुरा देशलाई बचाउने कुरा छ । देशको अस्तित्व, देशको स्वाधिनता र राष्ट्रिय हितहरुको रक्षा र संवद्र्धन गर्नुपर्नेछ । यस निर्वाचनले शान्तीको पक्षमा भएका, सुशासनको पक्षमा भएका, विकासको पक्षमा भएका अनुभवी, देशभक्तहरुलाई अत्याधिक बहुमतले विजयी गराउनुपर्नेछ ।’

उहाँले शान्ति, सुशासन र विकासका पक्षमा रहेका अनुभवी तथा देशभक्त नेतृत्वलाई अत्यधिक बहुमतले विजयी गराउन मतदातासमक्ष आह्वान समेत गर्नुभयो ।


प्रकाशित मिति: २१ फाल्गुन २०८२, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?