Trending
>>   प्रतिनिधि सभाको दोस्रो अधिवेशन सम्पन्नः १४५ दिनमा १२ विधेयक पारित >>   राष्ट्रिय सभाको २१ औं अधिवेशन सम्पन्नः १४५ दिनमा ५२ बैठक, के–के भए उपलब्धि ? >>   काठमाडौंमा साढे ३ हजार प्रहरी परिचालन >>   संसदीय अधिवेशन कानून निर्माण र जनजीविकामा केन्द्रित रह्योः सांसद ढकाल >>   ग्लोवल आइएमई बैंकको २० औं साधारण सभा सम्पन्न, शेयरधनीहरुको १० प्रतिशत लाभांश पारित >>   सरकार र निजी क्षेत्रबीचको टकरावलाई अल्झिन नदिन पूर्वाधार अदालत गठन गर्ने तयारी >>   रास्वपा सरकार नेपालको इतिहासकै निजी क्षेत्रमैत्री र सुधारमुखी सरकार भएको कुरा पुष्टि हुँदैछः अर्थमन्त्री वाग्ले >>   वीरगञ्जको नेशनल मेडिकल कलेजमा ‘मुन्ना भाइ’ शैलीको गोरखधन्दाः संसदमा उठ्यो छानबिनको माग >>   जनताका प्रश्नको उत्तर नपाएरै रित्तो हात फर्किनुपर्‍योः सांसद राई >>   म्यादी प्रहरीका लागि कपडा खरिदसम्बन्धी प्रकरणः मनिष झाको संयोजकत्वमा अध्ययन समिति गठन
Logo
१६ आश्विन २०८३, शुक्रबार
१६ आश्विन २०८३, शुक्रबार

समाचार


दमेकमा तामाखानीको अध्ययन गरिँदै

३ जेठ, बागलुङ । बागलुङको जैमिनी नगरपालिका–३ दमेकको कालापातलमा तामा उत्खननका लागि प्रारम्भिक अध्ययन सुरु गरिएको छ । खानी विभागको अनुमतिमा मोहङ मिनीरल्स र शुभम् ग्रुपले तामा उत्खननका लागि प्रारम्भिक अध्ययन थालेका हुन् । यहाँ यसअघि तामाको उत्खनन हुने गरेका तथ्यका आधारमा प्रारम्भिक अध्ययन सुरु गरिएको वडाध्यक्ष कृष्ण भुजेलले बताउनुभयो ।

कृषकलाई अनुदानमा उपकरण

३ जेठ, बागलुङ । बागलुङको ढोरपाटन नगरपालिका कृषकलाई आधुनिक प्रविधिसँग जोड्न कृषि औजार वितरण गरेको छ । नगरपालिकाले चालु आर्थिक वर्षमा विनियोजन गरेको रकमबाट कृषकलाई ५० प्रतिशत अनुदानमा कृषि औजार उपलब्ध गराएको हो । कृषकलाई घाँस तथा पराल र छवाली काट्ने इलेक्ट्रिक चापाकटर, मिनीटेलर हलो र प्लास्टिक टनेल उपलब्ध गराएको

शोषण र निरङ्कुशताविरुद्ध पार्टी प्रतिबद्ध छ : माधव नेपाल

३ जेठ, काठमाडाैँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले समाजमा भएका शोषण, दमन र निरङ्कुशतासँग जुधेर लोकतन्त्रका मूल्य, मान्यता स्थापित गर्न आफ्नो पार्टी प्रतिबद्ध रहेको बताएका छन् । ३०औँ मदन–आश्रित स्मृति दिवसका अवसरमा अध्यक्ष नेपालले आज विज्ञप्ति जारी गर्दै जनताको लामो सङ्घर्षबाट प्राप्त राजनीतिक

जिपको ठक्करबाट बालकको मृत्यु

३ जेठ, हेटाैँडा । मकवानपुरको हेटौँडामा जिपको ठक्करबाट आज एक बालकको मृत्यु भएको छ । हेटौँडा उपमहानगरपालिका–११ सिमलटारबाट हेटौँडातर्फ आइरहेको बागमती प्रदेश०३–००१च १५९७ नं को जिपले ठक्कर दिँदा सिमलटारका दई वर्षीय समर लोको ज्यान गएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । ठक्करबाट गम्भिर घाइते भएका उनको हेटौँडा अस्पतालमा मृत्यु भएको हो

जङ्गल नजिकको बस्तीमा हात्तीको त्रास

३ जेठ, कञ्चनपुर । बस्ती नजिकैको जङ्गलमा हात्ती देखिन थालेपछि कैलालीको टीकापुर नगरपालिकाका नागरिक त्रसित भएका छन् । नगरपालिकाको वडा नं २ को पूर्वतिरको जङ्गलमा आजभोलि दैनिकजसो हात्ती देखिन थालेपछि उनीहरू त्रसित भएका हुन् । खोटेना भुराखानी सामुदायिक वन क्षेत्रमा बढीजसो हात्ती देखिन थालेका उनीहरू बताउँछन् । स्थानीयका अनुसार कहिलेकाहीँ

प्रधानमन्त्रीसँग अष्ट्रेलियाका सहायक विदेशमन्त्रीको भेटवार्ता

३ जेठ, काठमाडाैँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग नेपाल भ्रमणमा रहेका अष्ट्रेलियाका सहायक विदेशमन्त्री टिम वाट्सले भेटवार्ता गरेका छन् । भेटवार्तामा द्विपक्षीय हितका विषयमा कुराकानी भएको थियो । आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको उक्त भेटमा प्रधानमन्त्री दाहालले नेपालको विकास र समृद्धिमा अष्ट्रेलिया सरकार र जनताको सहयोगको निरन्तरताको अपेक्षा गरेका

मदन भण्डारी माक्सवादलाई सिर्जनशीलरुपमा प्रयोग गर्ने नेता

३ जेष्ठ ,काठमाडौँ । /शरद् शर्मा :आज मदन भण्डारी र जीवराज आश्रितको ३०औँ स्मृति दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ । नेकपा (एमाले) र नेकपा (एकीकृत समाजवादी)ले आज विभिन्न कार्यक्रम गरी स्मृति दिवस मनाउँदै छन् । एमालेले स्मृति दिवसका अवसरमा आज मदन नगर बल्खुस्थित पुरानो पार्टी कार्यालयमा ‘मदन–आश्रित स्मृति कार्यक्रम’

छैटौँ चेम्बर एक्स्पो बिहीबारदेखि

३ जेष्ठ ,काठमाडौँ । निजी व्यवसायीहरूको छाता सङ्गठन नेपाल चेम्बर अफ कमर्सको आयोजनामा छैटौँ चेम्बर एक्स्पो हुने भएको छ । चेम्बरले मङ्गलबार यहाँ पत्रकार सम्मेलन गरी बिहीबारदेखि जेठ ८ गतेसम्म काठमाडौँको भृकुटीमण्डमा एक्स्पो आयोजना गर्न लागेको हो । चेम्बरका अध्यक्ष राजेन्द्र मल्लले एक्स्पोमा स्वदेशी उत्पादनसँगै विभिन्न अन्तर्राष्ट्रिय वस्तु राखिने जानकारी

पोल्याण्डका दुई आरोहीद्वारा धवलागिरि हिमाल आरोहण

३ जेष्ठ ,म्याग्दी । पोल्याण्डका दुई आरोहीले मङ्गलबार धवलागिरि हिमाल आरोहण गरेका छन् । यस याममा आठ हजार एक सय ६७ मिटर अग्लो धवलागिरि हिमाल आरोहण गर्ने दुवैजना पहिलो हुन् । सेभेन समिट ट्क्सरेमार्फत बार्टेक जिम्स्की र ओसवाल्ड रोड्रिगो पपेराको टोलीले धवलागिरिको सफल आरोहण गरेको सेभेन समिट ट्क्सरेका प्रबन्ध निर्देशक

कृषकलाई धानको बीउ वितरण

३ जेष्ठ ,तनहुँ । तनहुँको व्यास नगरपालिकाले कृषकलाई उन्नत जातको धानको बीउ अनुदानमा वितरण गरेको छ । प्रति किलो रु ५५ मा खरिद गरी कृषकलाई बीउ वितरण गरेका हो । रामधान सत्र, सावित्री चौध र सुक्खाधान तीन क्विन्टलसहित कुल ३४ क्विन्टल धानको बीउ वितरण गरिएको व्यास कृषि शाखाका कृषि अधिकृत

सम्वन्धित समाचारहरु