Trending
>>   काँग्रेस–एमालेले अविलम्व सहकार्य गरेर अघि बढ्नुपर्छः रामबहादुर थापा >>   टुँडिखेलमा हर्षोल्लासका साथ तमु ल्होसार मनाइयो (तस्बिरहरु) >>   नेपालमा च्याउ खेतीको प्रचुर सम्भावना छः कृषिमन्त्री परियार >>   न्यु डायमण्ड सेमिफाइनलमा >>   कीर्तिपुरको डाँडामा बसेर महिनाको तीन लाख कमाउन सकिन्छः अर्थमन्त्री खनाल >>   सेन्ट्रल ओपनमा राहुलको अग्रता कायमै >>   रवि, बालेन, कुलमानलक्षित ओलीको टिप्पणीः कुखुरा, बाख्रा र स्यालको मोर्चा गरेर बाघको शिकार हुँदैन >>   नेपालमा अब नेपाली कम्युनिष्ट पार्टीको विकल्प छैनः माधव नेपाल >>   मदन–आश्रितका हत्यारालाई कानूनको कठघरामा उभ्याउनेछौँः रामबहादुर थापा >>   सामाजिक सञ्जाल र शहरमा होहल्ला गर्नेहरूले देश कब्जा गरिसकेको भ्रम फैल्याएः प्रचण्ड
Logo
१६ पुष २०८२, बुधबार
१६ पुष २०८२, बुधबार

समाचार


ललिता निवास प्रकरण : पूर्वमुख्यसचिवसँग पौड्यालसँग प्रहरीले लियो बयान

३० श्रावण, काठमाडाैँ । ललिता निवास जग्गा हिनामिना प्रकरणमा प्रहरीले पूर्वमुख्यसचिव लीलामणि पौड्यालसँग बयान लिएको छ । विसं २०६९ को मन्त्रिपरिषद्को निर्णय र प्रमाणीकरणका सन्दर्भमा पौडेलसँग जानकारी लिइएको सिआइबीले जनाएको छ । सिआइबीका प्रहरी उपरीक्षक नवराज अधिकारीले पूर्वमुख्यसचिव पौड्यालसँग ललिता निवासका विषयमा जानकारी लिइएको र यो नियमित प्रक्रिया भएको बताए ।

मुगु जिप दुर्घटना : मृत्यु हुनेको सङ्ख्या चार पुग्यो

३० श्रावण, मुगु । मुगु जिप दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या चार पुगेको छ । मृतक र घाइते सबैको पहिचान खुलेको प्रहरी नायब उपरीक्षक महेश बस्नेतले जानकारी दिए । प्रनाउ बस्नेतका अनुसार मृत्यु हुनेमा हुम्ला जिल्ला सर्केगाड–२ रिपगाउँका एकै नाम थारका दुई जना राम परियार, सोही ठेगानाका प्रकाश बोहोरा र पिउस

बैंकका कर्मचारीको पनि नक्कली शैक्षिक प्रमाणपत्र, सिटिजन्स बैंकका छ जना पक्राउ

३० श्रावण, बुटवल । त्रिभुवन विश्वविद्यालय (त्रिविको) प्रमाणपत्र समकक्षता पत्र कीर्ते गरेको अभियोगमा प्रहरीले सोमबार सिटिजन्स बैंकका छ जना कर्मचारीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा चालकटोल बुटवल शाखामा कार्यरत मनिषा मास्के, गोमा ज्ञवाली मणिग्राम शाखा, कल्पना खत्री कालिकानगर शाखा, प्रतीक्षा रेग्मी कालिकानगर शाखा, खिमडा गौतम बुटवल शाखा तथा दीपक

‘ब्रेक सु’ भित्रको सुन आज गालिँदै, सुन अझै घट्नसक्ने अनुमान

३० श्रावण, काठमाडाैँ । मोटरसाइकलको ‘ब्रेक सु’ भित्र लुकाएर ल्याइएको तस्करीको सुन आज गालिने भएको छ । नेपाल राष्ट्र बैंकको टक्सार महाशाखामा सरोकारवाला निकाय र सुरक्षा निकायका प्रतिनिधिको रोहबरमा सुन गाल्ने तयारी गरिएको महाशाखाका प्रमुख थानेश्वर आचार्यले जानकारी दिए । उनका अनुसार सुन गाल्ने काम १०ः३० बजेबाट सुरु हुने छ

बाढीले झोलुङ्गे पुलमा क्षति पुर्याउँदा किसानलाई समस्या

३० श्रावण, धादिङ । त्रिशूली नदीमा आएको बाढीले धादिङ र गोरखा जोड्ने दुईवटा झोलुङ्गे पुलमा क्षति पुग्दा विशेष गरी किसान र विद्यार्थीसमस्यामा परेका छन् । किसालने उत्पादन भएको तरकारी तथा फलफूल बिक्री गर्न बजार पुर्याउन पाएका छैनन् भने नदी तरेर आउजाउ गर्ने विद्यार्थी विद्यालय पुग्न सकेका छैनन् । गण्डकी गाउँपालिकाको

आज गण्डकी प्रदेशसभा बैठक बस्दै

३० श्रावण, पोखरा । गण्डकी प्रदेशसभा बैठक आज दिउँसो १ः०० बजे बस्दैछ । ‘बिजनेस’ नभएपछि बैठक दुईपटकसम्म स्थगन भएको थियो । आजको बैठकमा विषयगत समितिमा बस्ने सदस्यको नाम प्रस्तुत हुने प्रदेशसभा सचिवालयले जनाएको छ । सरकारले ल्याएको वन विधेयक बैठकमा पेस हुने सचिवालयका प्रवक्ता प्रेम सुवेदीले बताए । यसअघि गत बिहीबार

मेलम्ची खानेपानी मुहान जाने सडक बाढीले अवरुद्ध

३० श्रावण, सिन्धुपाल्चोक । मेलम्ची खानेपानी आयोजनाको मुहान अम्बाथान जाने बाटो बाढीले अवरुद्ध बनाएको छ । लगातारको वर्षाले हेलम्बु राजमार्गका विभिन्न स्थानमा सडकमा क्षति पुर्याएको हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले जानकारी दिए । मेलम्ची खोलामा आएको बाढीका कारण हेलम्बु गाउँपालिकाको ढुङ्गेबजारबाटै सडक सञ्जाल टुटेको र कतिपय बस्ती, सार्वजानिक संरचना,

केशव स्थापितले एमालेबाट लिए विश्राम

३० श्रावण, काठमाडाैँ । नेकपा एमालेका नेता केशव स्थापितले पार्टीबाट बिदा लिएका छन् । उनले एमालेका फर्किएको करीब ८ वर्षपछि विश्राम लिएका हुन् । पार्टीको सोमबार बसेको सचिवालय बैठकबाट उनि बाहिरिएका हुन् । उनीसँगै सिरहाका प्रदोदनारायण यादव पनि पार्टीबाट बाहिरिएको बताएको छ । २०७९ सालमा भएको स्थानीय तहको निर्वाचनमा काठमाडाैँको मेयरका

पोखराबाट ‘स्कुल ड्रेस’मा एकैदिन हराए तीन बालिका

३० ,श्रावण ,कास्की । पोखरामा घरबाट विद्यालय हिँडेका तीन बालिका वेपत्ता भएका छन् । गत साउन १९ गते विद्यालय जान्छु भनी हिँडेका बालिका हराए भएपछि परिवारले खोजीका लागि हारगुहार गरेका छन् । पोखरा महानगरपालिका–२ विन्ध्यवासिनीका १४ वर्षीया मनिका, १३ वर्षीया एलिसा र १४ वर्षीया राधिका परियार सम्पर्कविहीन भएका हुन् ।

भारतको धौलीगङ्गा बाँध पुनः खोलिँदै, सतर्कता अपनाउन आग्रह

३० ,श्रावण ,बैतडी । भारतको उत्तराखण्ड राज्यको पिथौरागढ जिल्लास्थित छिरकिल्लामा रहेको धौलिगङ्गा जलविद्युत् परियोजनाको बाँध पुनः खोलिने भएको छ । बैतडीका प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीका अनुसार साउन ३२ गते बिहीबार बिहान ५ देखि बेलुकी ८ बजेसम्म धौलिगङ्गाको बाँधका ढोकाहरु खोलिने भएका हुन् । भारतीय प्रशासनले परियोजनाको सिल्ट सरसफाइ गर्ने

सम्वन्धित समाचारहरु