Trending
>>   राप्रपा नेपालका अध्यक्ष कमल थापा पक्राउ >>   जलवायु परिवर्तनका असर न्युनिकरणका लागि नेतृत्व लिन तयार छुः सभापति देउवा >>   पेट्रोलियम पदार्थको प्रयोग घटाऔँ, विद्युतको प्रयोग बढाऔँः सभापति देउवा >>   सरकारलाई देउवाको सुझावः मनसुन शुरु हुन लाग्यो, पूर्वतयारीमा ध्यान दिनुस् >>   सहजताको नाममा प्लाष्टिकको प्रयोग नगरौँः सभापति देउवा >>   प्रत्येक वर्ष बढ्दैछ रक्षाको बजेटः हतियार खरिददेखि सेनाको तलब भत्तामा ठूलो खर्च >>   राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामै सबै रोगको परीक्षण हुने वातावरण बनाउँदै छौँः स्वास्थ्यमन्त्री पौडेल >>   ‘राइड सेयरिङ’ सञ्चालन गर्ने गण्डकी सरकारको नियमावलीविरुद्ध यातायात व्यवसायी सडकमा >>   मधेसमा बालविवाहको अन्त्यका लागि कानून मात्रै पर्याप्त हुँदैनः मन्त्री सुडी >>   सहकारीबाट ९ खर्ब २३ अर्ब ४७ करोड कर्जा प्रवाह, वचतकर्ताको अझै अर्बौैं रकम उठेन
Logo
१८ जेष्ठ २०८२, आईतवार
१८ जेष्ठ २०८२, आईतवार

पुर्व राष्ट्रपति डा.यादवको स्वास्थ्य अवस्था बुझ्न स्वास्थ्य मन्त्री बस्नेत पुगे वीर अस्पताल


२४ भदौ, काठमाडाैँ । स्वास्थ्यमा समस्या आएपछि उपचारका लागि आजै साझ ५ बजे वीर अस्पताल भर्ना भएका पुर्व राष्ट्रपति डा. रामवरण यादवको स्वास्थ्य अवस्था र भइरहेको उपचारका बिषयमा बुझ्न स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेत वीर अस्पताल पुगेका छन् ।

मन्त्री बस्नेतले वीर अस्पतालको विशिष्ठ (भिआईपी) कक्षमा उपचार गराइरहेका डा.यादवलाई भेटेर स्वास्थ्य अवस्थाका बिषयमा जानकारी लिएका छन् । डा. यादवले आफ्नो उपचारमा वीरका चिकित्सकहरुले कुनै कमि नगरेको महसुुस गरेको बताएका थिए । मन्त्री बस्नेतले आफू स्वास्थ्य मन्त्री भएपछि वीरमा भिआईपी र भिभिआईपी गरि दुई शैया थप्न लगाएर पाँच शैया पुर्याएको र भिआईभी र भिभिआईपीको उपचारका लागि वीर सहित देशका ख्यातिप्राप्त १७ जना विज्ञ चिकित्सकहरुको टीम बनाएकोले उपचारका बिषयमा चिन्ता लिनु नपर्ने जानकारी गराएका थिए ।

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानका उपकुलपति डा. भुपेन्द्र बस्नेतले डा. यादव उच्च रक्तचाप, मधुमेह र ढाड दुख्ने समस्याका कारण अस्पताल भर्ना भएको जानकारी दिए । डा. यादवको उपचारका मुटुरोग विज्ञहरु डा.भगवान कोइराला, डा. रत्नमणी गजुरेल, डा. समिर पौडेल लगायतको टीम संलग्न रहेको डा. बस्नेतले जानकारी दिए । । डा.बस्नेतका अनुसार डा. यादवको उक्तचाप नियन्त्रणमा छैन । तर उनको स्वास्थ्य अवस्था भने स्थिर रहेको उनले जानकारी दिए ।

मन्त्री बस्नेतले डा. यादवको उपचारमा कुनै कमि हुन नदिन न्याम्सका उपकुलपति डा. बस्नेतलाई निर्देशन दिएका छन् । त्यसैगरि स्वास्थ्य मन्त्री बस्नेतले वीरमै उपचार गराइरहेका कोशी प्रदेशका भौतिक व्यवस्था मन्त्री एकराज कार्की र नेपाली कांग्रेसमा सहमहामन्त्री एवं पुर्व मन्त्री महेन्द्र यादवलाई पनि भेटेर स्वास्थ्य अवस्था र उपचारका बिषयमा जानकारी लिएका छन् । मन्त्री बस्नेत आजमात्र जनसंख्या र विकास सम्बन्धी विश्व सम्मेलनमा भाग लिएर इजिप्टबाट स्वदेश फर्किएका हुन ।


प्रकाशित मिति: २४ भाद्र २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?