Trending
>>   कांग्रेसको १५औँ महाधिवेशनमा युवा नेता भट्टद्वारा केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा >>   दशैँअघि नै अवरुद्ध सडक खुल्ने, पोडवे र तौल पुलको विषयमा संसदीय समितिमा बहस >>   चाडपर्वमा यात्रु ठगी रोक्न ‘यात्रु सहायता कक्ष’ र ‘क्यू–फ्री’ प्रणाली प्रभावकारी बनाइने >>   यातायात क्षेत्रको बेथिति र भ्रष्टाचारबारे सांसद पाण्डेको आक्रोशः ‘कार्यान्वयन नभए अनुगमनमा निस्किन्छौँ’ >>   चोलेन्द्र प्रक्राउबारे प्रचण्डको टिप्पणी :’छोरी पिटेर बुहारी तर्साउन खोजे’ सरकारले ठूलो मूल्य चुकाउनुपर्नेछ >>   ‘पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा फेरियो माहोलः नियमित उडानको आशाले पर्यटन व्यवसायी उत्साहित’ >>   उतारचढावमा बित्यो गत साता, आज सेयर बजार कता? >>   अवरुद्ध सडक खुलाउन २५० भन्दा बढी उपकरण तयारी अवस्थामाः प्राधिकरण >>   पृथ्वी राजमार्गको मलेखु–मुग्लिङ खण्ड खुलाउन १० उपकरण परिचालन, पहिरो पन्छाउने कार्य जारी >>   अविरल वर्षाले देशभर जनजीवन अस्तव्यस्तः दर्जनौं सडक अवरुद्ध, पुल बगायो
Logo
१२ आश्विन २०८३, सोमबार
१२ आश्विन २०८३, सोमबार

पुर्व राष्ट्रपति डा.यादवको स्वास्थ्य अवस्था बुझ्न स्वास्थ्य मन्त्री बस्नेत पुगे वीर अस्पताल


२४ भदौ, काठमाडाैँ । स्वास्थ्यमा समस्या आएपछि उपचारका लागि आजै साझ ५ बजे वीर अस्पताल भर्ना भएका पुर्व राष्ट्रपति डा. रामवरण यादवको स्वास्थ्य अवस्था र भइरहेको उपचारका बिषयमा बुझ्न स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेत वीर अस्पताल पुगेका छन् ।

मन्त्री बस्नेतले वीर अस्पतालको विशिष्ठ (भिआईपी) कक्षमा उपचार गराइरहेका डा.यादवलाई भेटेर स्वास्थ्य अवस्थाका बिषयमा जानकारी लिएका छन् । डा. यादवले आफ्नो उपचारमा वीरका चिकित्सकहरुले कुनै कमि नगरेको महसुुस गरेको बताएका थिए । मन्त्री बस्नेतले आफू स्वास्थ्य मन्त्री भएपछि वीरमा भिआईपी र भिभिआईपी गरि दुई शैया थप्न लगाएर पाँच शैया पुर्याएको र भिआईभी र भिभिआईपीको उपचारका लागि वीर सहित देशका ख्यातिप्राप्त १७ जना विज्ञ चिकित्सकहरुको टीम बनाएकोले उपचारका बिषयमा चिन्ता लिनु नपर्ने जानकारी गराएका थिए ।

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानका उपकुलपति डा. भुपेन्द्र बस्नेतले डा. यादव उच्च रक्तचाप, मधुमेह र ढाड दुख्ने समस्याका कारण अस्पताल भर्ना भएको जानकारी दिए । डा. यादवको उपचारका मुटुरोग विज्ञहरु डा.भगवान कोइराला, डा. रत्नमणी गजुरेल, डा. समिर पौडेल लगायतको टीम संलग्न रहेको डा. बस्नेतले जानकारी दिए । । डा.बस्नेतका अनुसार डा. यादवको उक्तचाप नियन्त्रणमा छैन । तर उनको स्वास्थ्य अवस्था भने स्थिर रहेको उनले जानकारी दिए ।

मन्त्री बस्नेतले डा. यादवको उपचारमा कुनै कमि हुन नदिन न्याम्सका उपकुलपति डा. बस्नेतलाई निर्देशन दिएका छन् । त्यसैगरि स्वास्थ्य मन्त्री बस्नेतले वीरमै उपचार गराइरहेका कोशी प्रदेशका भौतिक व्यवस्था मन्त्री एकराज कार्की र नेपाली कांग्रेसमा सहमहामन्त्री एवं पुर्व मन्त्री महेन्द्र यादवलाई पनि भेटेर स्वास्थ्य अवस्था र उपचारका बिषयमा जानकारी लिएका छन् । मन्त्री बस्नेत आजमात्र जनसंख्या र विकास सम्बन्धी विश्व सम्मेलनमा भाग लिएर इजिप्टबाट स्वदेश फर्किएका हुन ।


प्रकाशित मिति: २४ भाद्र २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?