Trending
>>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह
Logo
६ आश्विन २०८३, मंगलवार
६ आश्विन २०८३, मंगलवार

मलङ्गवामा निकालियो सर्वपक्षीय सद्भाव र्‍याली


२४ भदौ, सर्लाही । धार्मिक तथा सामाजिक सहिष्णुताका लागि आज मलङ्गवामा सर्वपक्षीय सद्भाव र्‍याली गरिएको छ । जिल्ला प्रशासन कार्यालय सर्लाहीमा बसेको सर्वदलीय सर्वपक्षीय बैठकले सबैलाई संयमता अपनाउन आग्रह गर्दै सद्भाव र्‍याली निकाल्ने निर्णय गरेको थियो ।

कृष्ण जन्माष्टमीको मूर्ति सेलाएर शुक्रबार साँझ फर्किने क्रममा दुई समुदायबीच झडप भएको थियो । त्यसै विषयलाई लिएर शनिबार पनि प्रदर्शन तथा झडप हुन थालेपछि स्थानीय प्रशासनले कर्फ्यु आदेश गरेको थियो ।

भदौ २२, २३ र २४ गतेका दिन भएको घटना व्यवस्थापन सन्दर्भमा सहायक प्रमुख जिल्ला अधिकारी होमप्रसाद घिमिरेको संयोजकत्वमा नौ सदस्यीय समिति गठन गरिएको छ । समितिले १५ दिनभित्र जिल्ला प्रशासन कार्यालय सर्लाहीमा प्रतिवेदन पेश गर्ने र सोही प्रतिवेदनबमोजिम दोषीलाई कानूनी कारबाही प्रक्रिया अगाडि बढाउने सर्वदलीय सर्वपक्षीय बैठकले निर्णय गरेको छ ।

आज बिहान ८ बजेपछि कफ्र्यु हटाए पनि मलङ्गवा नगरपालिका–२, स्थित भएको झडप नियन्त्रणमा लिन प्रहरीले केही राउण्ड गोली हवाई फायर गरेको थियो भने कयौँ राउण्ड अश्रु ग्यास प्रहार गरेको थियो । स्थानीय प्रशासनले बजार, पसल खोल्न तथा यातायातका साधन चलाउन भने पनि आज पनि ठाउँठाउँमा टायर बालेर विरोध भएपछि मलङ्गवा बजार पूर्णरूपमा बन्द रहेको छ ।


प्रकाशित मिति: २४ भाद्र २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?