Trending
>>   एपिएफ फाइनलनजिक >>   रोजगारी सिर्जना र विदेशी मुद्रा आर्जनमा हस्तकला व्यवसायको भुमिका महत्वपूर्णः मन्त्री सिन्हा >>   चिसोलाई चुनौती: जाडोमा स्वस्थ रहने ५ प्रभावकारी उपाय >>   विधान संशोधन गरी १० औँ महाधिवेशनकै कमिटीमा फर्कियो एमाले, युवाका लागि छुट्यायो क्लस्टर >>   मौलिक खाना प्रवर्द्धन गर्न खाद्य मेला >>   एमालेले वरिष्ठ उपाध्यक्ष पद हटायो, उपाध्यक्ष पाँच जना रहने >>   जातिय र भाषिक विविधता नेपालको सम्पतीः मन्त्री खनाल >>   राष्ट्रिय सुरक्षा परिषद्को प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश >>   पर्यटनमन्त्री सिन्हाको प्रतिवद्धताः कुनैपनि दबाबमा नपरी काम गर्नेछु >>   मन्त्रालयमै जेन–जी कक्ष राखेर युवालाई रोजगारीको व्यवस्थापन गर्छौंः श्रममन्त्री भण्डारी
Logo
२८ मंसिर २०८२, आईतवार
२८ मंसिर २०८२, आईतवार

मलङ्गवामा निकालियो सर्वपक्षीय सद्भाव र्‍याली


२४ भदौ, सर्लाही । धार्मिक तथा सामाजिक सहिष्णुताका लागि आज मलङ्गवामा सर्वपक्षीय सद्भाव र्‍याली गरिएको छ । जिल्ला प्रशासन कार्यालय सर्लाहीमा बसेको सर्वदलीय सर्वपक्षीय बैठकले सबैलाई संयमता अपनाउन आग्रह गर्दै सद्भाव र्‍याली निकाल्ने निर्णय गरेको थियो ।

कृष्ण जन्माष्टमीको मूर्ति सेलाएर शुक्रबार साँझ फर्किने क्रममा दुई समुदायबीच झडप भएको थियो । त्यसै विषयलाई लिएर शनिबार पनि प्रदर्शन तथा झडप हुन थालेपछि स्थानीय प्रशासनले कर्फ्यु आदेश गरेको थियो ।

भदौ २२, २३ र २४ गतेका दिन भएको घटना व्यवस्थापन सन्दर्भमा सहायक प्रमुख जिल्ला अधिकारी होमप्रसाद घिमिरेको संयोजकत्वमा नौ सदस्यीय समिति गठन गरिएको छ । समितिले १५ दिनभित्र जिल्ला प्रशासन कार्यालय सर्लाहीमा प्रतिवेदन पेश गर्ने र सोही प्रतिवेदनबमोजिम दोषीलाई कानूनी कारबाही प्रक्रिया अगाडि बढाउने सर्वदलीय सर्वपक्षीय बैठकले निर्णय गरेको छ ।

आज बिहान ८ बजेपछि कफ्र्यु हटाए पनि मलङ्गवा नगरपालिका–२, स्थित भएको झडप नियन्त्रणमा लिन प्रहरीले केही राउण्ड गोली हवाई फायर गरेको थियो भने कयौँ राउण्ड अश्रु ग्यास प्रहार गरेको थियो । स्थानीय प्रशासनले बजार, पसल खोल्न तथा यातायातका साधन चलाउन भने पनि आज पनि ठाउँठाउँमा टायर बालेर विरोध भएपछि मलङ्गवा बजार पूर्णरूपमा बन्द रहेको छ ।


प्रकाशित मिति: २४ भाद्र २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?