३१ ,भाद्र ,काठमाडौँ । नेपाल पत्रकार महासङ्घले दुई पत्रकारलाई आर्थिक सहयोग गरेको छ । महासङ्घले मिर्गाैला प्रत्यारोपण गराइरहेका महासङ्घ काठमाडौँ शाखाका सदस्य प्रेम तामाङ र ब्रेन ट्युमरबाट पीडित पत्रकार फणि महतलाई आज आर्थिक सहयोग गरेको हो । तामाङलाई महासङ्घ जापान शाखाबाट प्राप्त रु दुई लाख पाँच हजार पाँच सय ३०
३१ ,भाद्र ,ललितपुर । म्याद गुज्रेका सामग्री बिक्री गरेको भन्दै संयुक्त बजार अनुगमन ललितपुरको टोलीले पुल्चोकस्थित भाटभटेनी सुपरमार्केटलाई एक लाख जरिवाना गरेको छ । ललितपुर जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी अमरदीप सुनुवारसहितको टोलीले आज कृष्णगल्लीमा रहेको भाटभटेनी, मानभवनको विग मार्ट र पुल्चोकको सेलवेज डिपार्टमेन्ट अनुगमन गरेको थियो । अनुगमनका क्रममा
३१ ,भाद्र ,काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसँग लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का वरिष्ठ नेता राजेन्द्र महतोले भेटवार्ता गरेका छन् । राष्ट्रपति कार्यालय शीतल निवासमा आज अपराह्न भएको भेटमा मुलुकको समसामयिक विषयमा कुराकानी भएको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ । राष्ट्रपतिसँगको भेटका बारेमा जानकारी दिँदै वरिष्ठ नेता महतोले राष्ट्रपति पौडेलसँग राष्ट्रपति
३१ ,भाद्र ,काठमाडौँ । चालु आर्थिक वर्षको पहिलो महिना अर्थात साउनमा उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित मुद्रास्फीति सात दशमलव ५२ प्रतिशत रहेको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो महिनामा आधारित देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार खाद्य तथा पेय पदार्थ समूहको मूल्यवृद्धि आठ दशमलव
३१ ,भाद्र ,काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले घोडचडी र पौडी खेल्नु आफ्नो बाल्यकालको सोख रहेको बताएका छन् । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले राष्ट्रिय बाल दिवसका अवसरमा राष्ट्रपतिसँग बालबालिका विषयक शीतल निवासमा आइतबार आयोजना गरेको कार्यक्रममा उनले आफ्नो बाल्यकालको अनुभव सुनाउँदै त्यस्तो बताएका हुन् । उनले पौडी र घोडचडीले
३१ ,भाद्र ,काठमाडौँ । आयरल्याण्डको साताव्यापी औपचारिक भ्रमणका लागि सभामुख देवराज घिमिरे डब्लिनतर्फ प्रस्थान गरेका छन् । आयरल्याण्डको संसद ओरेचटासको तल्लो सदन डैल आयरेनका सभामुख सीन ओ फियरघेलको निमन्त्रणामा तीन सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै सभामुख घिमिरे आइतबार साँझ आयरल्याण्ड उडेका हुन् । प्रतिनिधिमण्डलमा सभामुख घिमिरे, प्रतिनिधिसभा सचिव पद्मप्रसाद पाण्डेय र
३१ ,भाद्र ,काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले संविधानसभाका अध्यक्ष, पूर्वसभामुख एवं नेकपा (एमाले) का उपाध्यक्ष सुवास नेम्वाङको यही भदौ २६ गते भएको असामयिक निधनले मुलुकले लोकतान्त्रिक गणतन्त्रलाई हृदयदेखिनै आत्मसात गरेको एउटा असल नेता गुमाएको बताएका छन् । राष्ट्रपति पौडेलले आज एक समवेदना सन्देश स्व नेम्वाङका परिवारजनलाई पठाउँदै नेपालको राजनीति र
३१ ,भाद्र ,काठमाडौँ । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इपान) ले सरकारले सङ्घीय संसद्मा पेश गरेको ‘विद्युत् विधेयक २०८०’ का सम्बन्धमा आफ्नो धारणा सार्वजनिक गरेको छ । इपानले आज पत्रकार सम्मेलनमार्फत प्रतिस्पर्धा गराएर विद्युत् आयोजना विकास गर्ने व्यवस्था राम्रो भए पनि सरकार र निजी क्षेत्रलाई छुट्टाछुट्टै व्यवस्था गर्न नहुने बताएको
३१ ,भाद्र ,काठमाडौँ । ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्री शक्तिबहादुर बस्नेतले वातावरण सुहाउँदो विद्युतीय सवारी साधनको प्रवद्र्धनमा सरकारले थप नीतिगत प्रबन्धका अलावा थप सहजीकरण गर्ने बताएका छन् । उनले वातावरणको संरक्षणका साथ साथै देशभित्रको बिजुलीको खपत बढाउनका लागि पनि विद्युतीय सवारी साधनको प्रवद्र्धन जरुरी रहेको उल्लेख गरे । काठमाडौँको भृकुटीमण्डपमा
३१ ,भाद्र ,काठमाडौँ । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को ग्राउन्डेड जहाजको इञ्जिन मर्मतका लागि इजरायल पठाइने भएको छ । जहाज ग्राउण्डेड भएको झण्डै तीन महिनापछि निगमले उक्त जहाजको इन्जिन मर्मतका लागि आज राति इजरायल पठाउन लागेको हो । जहाज राति ११ः३० बजे इजरायल उडान गर्नेछ । निगमका