Trending
>>   दशैँअघि नै अवरुद्ध सडक खुल्ने, पोडवे र तौल पुलको विषयमा संसदीय समितिमा बहस >>   चाडपर्वमा यात्रु ठगी रोक्न ‘यात्रु सहायता कक्ष’ र ‘क्यू–फ्री’ प्रणाली प्रभावकारी बनाइने >>   यातायात क्षेत्रको बेथिति र भ्रष्टाचारबारे सांसद पाण्डेको आक्रोशः ‘कार्यान्वयन नभए अनुगमनमा निस्किन्छौँ’ >>   चोलेन्द्र प्रक्राउबारे प्रचण्डको टिप्पणी :’छोरी पिटेर बुहारी तर्साउन खोजे’ सरकारले ठूलो मूल्य चुकाउनुपर्नेछ >>   ‘पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा फेरियो माहोलः नियमित उडानको आशाले पर्यटन व्यवसायी उत्साहित’ >>   उतारचढावमा बित्यो गत साता, आज सेयर बजार कता? >>   अवरुद्ध सडक खुलाउन २५० भन्दा बढी उपकरण तयारी अवस्थामाः प्राधिकरण >>   पृथ्वी राजमार्गको मलेखु–मुग्लिङ खण्ड खुलाउन १० उपकरण परिचालन, पहिरो पन्छाउने कार्य जारी >>   अविरल वर्षाले देशभर जनजीवन अस्तव्यस्तः दर्जनौं सडक अवरुद्ध, पुल बगायो >>   काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः७ लाख ८३ हजार सदस्यको विवरण बुझाइयो
Logo
१२ आश्विन २०८३, सोमबार
१२ आश्विन २०८३, सोमबार

अन्तिममा नेप्से परिसूचक ३.०४ अंकले बढेर बन्द भयो, कारोबार रकम ६९ करोड ४२ लाखमा खुम्चियो


काठमाडौं । कारोबारको सुरुवाती समयदेखि नै उच्च गिरावट देखिएको सेयर बजार अन्तिम समयमा आएर सम्हालिएको छ । सोमबार नेप्से परिसूचक ३.०४ अंकले बढेर बन्द भइ कारोबार खुलेको ४७ मिनेटमै नेप्से १८५७ विन्दुसम्म झरेकोमा अन्तिम समयमा १८७८.७० विन्दुमा आएर बन्द भएको छ । होटल तथा पर्यटन २० र उत्पादन उपसमूह ४० अंक घटे । बैंकिङ ०.५८, विकास बैंक २७, फाइनान्स १३, जलविद्युत् ४, जीवन बीमा १२, निर्जीवन बीमा ८३, अन्य १ र ब्यापार उपसमूह भने २१ अंक बढे । दिउँसो सवा २ बजेपछि नेप्सेमा सुधार देखिदै कारोबार रकम भने ६९ करोड ४२ लाखमा खुम्चिएको छ । आइतबार ७४ करोड २९ लाख रूपैयाँको कारोबार भएको थियो ।

कारोबार रकमका आधारमा साधना लघुवित्त संस्थापक सेयर, नेपाल लाइफ इन्स्योरेन्स, सिद्धार्थ बैंक संस्थापक, नबिल बैंक र नेसनल हाइड्रोपावर क्रमशः अगाडि रहे । पञ्चकन्या माइ हाइड्रोको मूल्य सबैभन्दा धेरै ७.८ प्रतिशत बढ्यो भने मन्दाकिनी हाइड्रोको ५.८ प्रतिशत बढ्यो । सोनापुर मिनरल्सको मूल्य सबैभन्दा धेरै १० प्रतिशत घटेको छ । सूचीकृत भएपछि लगातार दोस्रो दिन कम्पनीको मूल्य १० प्रतिशत घटेको हो । बिन्ध्यवासिनी हाइड्रोपावर र अपर सोलु हाइड्रोको मूल्य साढे ६ प्रतिशत घट्यो ।

 


प्रकाशित मिति: १३ कार्तिक २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?