Trending
>>   कुलमानको दाबीः राजनीतिक दलको सदस्यता लिएको छैन, जिम्मेवारीबाट विमुख हुन राजीनामा दिएको होइन >>   अन्तरिम सरकारका मन्त्री कुलमान घिसिङद्वारा पदबाट राजीनामा >>   मैले अहिलेसम्म चुनावमा उठ्नेबारे कुनै निर्णय गरेको छैनः सञ्चारमन्त्री खरेल >>   निक्षेप बढ्दा कर्जाको ब्याजदर घट्यो >>   हामीलाई सभापति बन्नुछैन तर पार्टी ठिक ठाउँमा उभिनुपर्छः महामन्त्री थापा >>   झलनाथको प्रश्नः देश जलाउने अपराधी बाहिर राखेर कसरी चुनाव हुन्छ ? >>   बालेन, रवि, कुलमानले अझै २० वर्षसम्म चुनाव जित्नेवाला छैनन्: ओली >>   कतारले सन् २०२६ मा इजिप्टलाई २४ वटासम्म एलएनजीका खेप आपूर्ति गर्ने >>   भेनेजुएला विरुद्धको अमेरिकी आक्रामणको चौतर्फी निन्दा र विरोध >>   धनराज गुरुङको प्रश्नः सबै आ–आफ्नो बाटो हिँड्दा पार्टी कहाँ पुग्छ ?
Logo
२३ पुष २०८२, बुधबार
२३ पुष २०८२, बुधबार

अन्तिममा नेप्से परिसूचक ३.०४ अंकले बढेर बन्द भयो, कारोबार रकम ६९ करोड ४२ लाखमा खुम्चियो


काठमाडौं । कारोबारको सुरुवाती समयदेखि नै उच्च गिरावट देखिएको सेयर बजार अन्तिम समयमा आएर सम्हालिएको छ । सोमबार नेप्से परिसूचक ३.०४ अंकले बढेर बन्द भइ कारोबार खुलेको ४७ मिनेटमै नेप्से १८५७ विन्दुसम्म झरेकोमा अन्तिम समयमा १८७८.७० विन्दुमा आएर बन्द भएको छ । होटल तथा पर्यटन २० र उत्पादन उपसमूह ४० अंक घटे । बैंकिङ ०.५८, विकास बैंक २७, फाइनान्स १३, जलविद्युत् ४, जीवन बीमा १२, निर्जीवन बीमा ८३, अन्य १ र ब्यापार उपसमूह भने २१ अंक बढे । दिउँसो सवा २ बजेपछि नेप्सेमा सुधार देखिदै कारोबार रकम भने ६९ करोड ४२ लाखमा खुम्चिएको छ । आइतबार ७४ करोड २९ लाख रूपैयाँको कारोबार भएको थियो ।

कारोबार रकमका आधारमा साधना लघुवित्त संस्थापक सेयर, नेपाल लाइफ इन्स्योरेन्स, सिद्धार्थ बैंक संस्थापक, नबिल बैंक र नेसनल हाइड्रोपावर क्रमशः अगाडि रहे । पञ्चकन्या माइ हाइड्रोको मूल्य सबैभन्दा धेरै ७.८ प्रतिशत बढ्यो भने मन्दाकिनी हाइड्रोको ५.८ प्रतिशत बढ्यो । सोनापुर मिनरल्सको मूल्य सबैभन्दा धेरै १० प्रतिशत घटेको छ । सूचीकृत भएपछि लगातार दोस्रो दिन कम्पनीको मूल्य १० प्रतिशत घटेको हो । बिन्ध्यवासिनी हाइड्रोपावर र अपर सोलु हाइड्रोको मूल्य साढे ६ प्रतिशत घट्यो ।

 


प्रकाशित मिति: १३ कार्तिक २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?