काठमाडौं । आम जनता पार्टीका अध्यक्ष प्रभु साहले गैरआवासीय नागरिकता वितरणलाई राष्ट्रघाती कार्यको सुरूवात भनेका छन् । सरकारले मंगलबारबाट गैरआवासीय नेपालीलाई नागरिकता प्रदान गर्न थालेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नै बालुवाटारमा कार्यक्रम आयोजना गरी गैरआवासीय नागरिकता प्रदान गरे, तर सरकारको यो कदम देशको पक्षमा नरहेको भन्दै आम जनता
३० ,असोज ,काठमाडौँ । बडा दशैँ एवं नवरात्रको तेस्रो दिन आज दसैँघर वा पूजा कोठामा नौ दुर्गामध्येकी तेस्रो चन्द्रघण्टा देवीको विधिपूर्वक पूजा आराधना गरिँदैछ । नवदुर्गामध्येकी तेस्रो देवी चन्द्रघण्टाले हातमा चन्द्रमाको आधार भएको घण्ट लिने भएकाले नै यिनको नाम चन्द्रघण्टा रहन गएको भन्ने विभिन्न पौराणिक एवं धर्मशास्त्रीय ग्रन्थमा उल्लेख गरिएको
३० ,असोज ,काठमाडौँ । खेलकुद तथा समाजसेवामा योगदान दिएका तीन जना व्यक्तित्व सम्मानित भएका छन् । नेपाल टाइगर्सद्वारा आयोजित कार्यक्रममा चन्द्रागिरि चेम्बर अफ कमर्सका अध्यक्ष एवं युवा समाजसेवी रामनारायण घिमिरे, ५५औँ एसियाली शारीरिक सुगठनमा स्वर्ण पदक विजेता रजनी श्रेष्ठ र तेक्वान्दोका प्रशिक्षक श्याम थापामगर सम्मानित भएका हुन् । वेस्टर्न युनाइटेड
३० ,असोज ,काठमाडौँ । नेपाल आँखा अस्पताल त्रिपुरेश्वरले काठमाडौँ महागरपालिकासँगको सहकार्यमा महानगरपालिका र मातहतका जनप्रतिनिधि तथा वडा कार्यालयका चार सय २१ कर्मचारीको नेत्र परीक्षण गरेको छ । काठमाडौँको राष्ट्रिय सभागृहमा आयोजित दुईदिने निःशुल्क आँखा शिविरमा उनिहरूको आँखा जाँच गरिएको अस्पतालका प्रमुख कार्यकारी अधिकृत धर्मराज गोसाईँले जानकारी दिए । शिविरमा दुई
३० ,असोज ,काठमाडौँ । हाल नेपालमा पश्चिमी वायुको प्रभाव रहेको छ । हाल देशभर आंशिकदेखि सामान्य बदली रही बागमती प्रदेशको केही स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रही कोशी, बागमती प्रदेशलगायत देशका पहाडी भू–भागका केही र
३० ,असोज ,बलेवा (बागलुङ) । जिल्लाको जैमिनी नगरपालिकाले धमाधम सडक मर्मत गरिरहेको छ । वर्षामा आएको भेलबाढीले बिगारेको सडक नगरले चाडवाडलक्षित गरेर मर्मत थालेको हो । गोरेटो बाटो सरसफाइ, सवारी चल्ने सडक सरसफाइमा श्रमदान जुटाएर नगरले धमाधम काम गरिरहेको हो । सडक मर्मत र सरसफाइ गर्न सबै वडा कार्यालय सक्रिय
३० ,असोज ,काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको पनौती नगरपालिकाले लम्पीस्किन रोगबाट पशुचौपाया मरेका तीन सय किसानलाई राहत वितरण गरेको छ । हालसम्म नगरका १२ वडामा तीन सय किसानको तीन सय १० पशु चौपायाको लम्पी स्किनबाट मृत्यु भएको नगरले जनाएको छ । नगरले लम्पीस्किन पीडितलाई राहत वितरणको मापदण्ड तयार गरी दुई वटासम्म पशुचौपाया
३० ,असोज ,म्याग्दी । दुुई महिनाअघिको बाढीको पीडा भुुलेर मुुस्ताङको वारागुुङ मुक्तिक्षेत्र गाउँपालिका–४ कागबेनीका बासिन्दा पुुनःनिर्माणमा जुुटेका छन् । गत साउन २८ गते कागखोलामा आएको बाढीले कागबेनीमा भौतिक संरचनामा ठूूलो क्षति पुुर्याएको थियो । गाउँपालिका, समुदाय, सुरक्षा निकाय र दाताको श्रम तथा आर्थिक सहयोग जुटाएर बाढी व्यवस्थापन गरी कागबेनीलाई पुरानै
३० ,असोज ,काठमाडौँ । केही समयअगाडि काठमाडौँमा मिटरब्याजको समस्याबाट पीडित र सार्वजनिक विद्यालयका शिक्षकले जनजीविका र सामाजिक सुरक्षाको विषय जोडेर आन्दोलन गरे । यी दुई आन्दोलनको विषयलाई चलचित्रको पर्दामा देखिएको छ । यही मर्ममा आधारित रहेर कुमार भाष्करले निर्देशन गरेको चलचित्र ‘कौसीद’ गत शुक्रबारदेखि प्रदर्शनरत छ । संस्कृत भाषामा ‘कौसीद’को
३० ,असोज ,बेइजिङ (चीन) । जनवादी गणतन्त्र चीनको भ्रमणमा रहनुभएका उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ गए राति चीनको राजधानी बेइजिङ आइपुगेका छन् । बेइजिङस्थित तासिङ अन्तर्राष्ट्रिय विमानस्थलमा उहाँलाई चीनका लागि नेपाली राजदूत विष्णुपुकार श्रेष्ठ र चीनको पर्यावरण तथा वातावरण मन्त्रालयका उच्च अधिकारी चू यूउनले स्वागत गरे । उपप्रधानमन्त्री श्रेष्ठ चीनका