Trending
>>   एपिएफ फाइनलनजिक >>   रोजगारी सिर्जना र विदेशी मुद्रा आर्जनमा हस्तकला व्यवसायको भुमिका महत्वपूर्णः मन्त्री सिन्हा >>   चिसोलाई चुनौती: जाडोमा स्वस्थ रहने ५ प्रभावकारी उपाय >>   विधान संशोधन गरी १० औँ महाधिवेशनकै कमिटीमा फर्कियो एमाले, युवाका लागि छुट्यायो क्लस्टर >>   मौलिक खाना प्रवर्द्धन गर्न खाद्य मेला >>   एमालेले वरिष्ठ उपाध्यक्ष पद हटायो, उपाध्यक्ष पाँच जना रहने >>   जातिय र भाषिक विविधता नेपालको सम्पतीः मन्त्री खनाल >>   राष्ट्रिय सुरक्षा परिषद्को प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश >>   पर्यटनमन्त्री सिन्हाको प्रतिवद्धताः कुनैपनि दबाबमा नपरी काम गर्नेछु >>   मन्त्रालयमै जेन–जी कक्ष राखेर युवालाई रोजगारीको व्यवस्थापन गर्छौंः श्रममन्त्री भण्डारी
Logo
१ पुष २०८२, मंगलवार
१ पुष २०८२, मंगलवार

कर्णाली प्रतिष्ठानका डा गुप्ता ‘बेष्ट पोस्टर–२०२३’ घोषित


१२ ,मङ्सिर ,कर्णाली । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाको जनरल प्राटिक्स एण्ड इमर्जेन्सी मेडिसिन विभागका प्रमुख डा तुलाकृष्ण गुप्ता अन्तर्राष्ट्रियस्तरको रिसर्च आर्टिकल प्रतिस्पर्धामा ‘बेष्ट पोस्टर–२०२३’ घोषित भएका छन् ।

‘द बेसरोर सेन्टर फर ग्लोबल फ्यामिली मेडिसिन’ क्यानडाले उहाँलाई ‘डा प्याट्रिक चिज मेमोरियल रिसर्च अवार्ड’ प्रदान गर्दै हालै ‘बेष्ट पोस्टर–२०२३’ घोषणा गरेको हो । विश्वव्यापीरूपमा प्राप्त रिसर्च आर्टिकलहरूमा डा गुप्ताको आर्टिकल उत्कृष्ट छनोट भएको प्रतिष्ठान जनाएको छ ।

डा गुप्ताले प्रविष्ट गरेको रिसर्च आर्टिकल ‘प्याटर्न अफ स्किन डिजिज इन हाइअल्टिच्युड अफ नेपाल एण्ड रोल अफ जिपिएस इन इट्स म्यानेजमेन्ट’ शीर्षकमा तयार गरिएको थियो ।

खासगरी उच्च भागमा बस्ने समुदायका नागरिकको छालाको रोगको प्रकृति, त्यसको पहिचान, निदान एवं समाधानमा जनरल प्राटिक्सनरहरूले खेलेको भूमिका, भएका गतिविधि र त्यसले पारेको सकरात्मक प्रभाव समेटिएको रिसर्च आर्टिकल आफूले तयार गरेको डा गुप्ताले जानकारी दिए ।

डा गुप्तालाई ‘द बेसरोर सेन्टर फर ग्लोबल फ्यामिली मेडिसिन’ क्यानडाले भनेको छ, “तपाईँको पोस्टरमा ‘नेपालको उच्च भागमा छाला रोगको ढाँचा र यसको व्यवस्थापनमा जिपीको भूमिका’ शीर्षकमा स्कलोर सामग्री, बेसरोर मूल्य, प्रस्तुतिको क्षेत्रमा उत्कृष्ट मूल्याङ्कन र मापदण्ड अत्यन्तै सुन्दर तरिकाले उल्लेख गरिएको छ ।”

उक्त अवार्डको सम्मानमा उक्त सेन्टरले आगामी २०२४ नोभेम्बर ६ देखि ९ चार दिनसम्म क्यानडाको भ्यानकुभरमा सम्पन्न हुने फ्यामिली मेडिसिन फोरममा अतिथि वक्ताका रुपमा १० मिनेटको प्रस्तुति राख्नका लागि डा गुप्तालाई आमन्त्रण समेत गरेको छ ।

उक्त फोरम सम्पन्न भएपश्चात सेन्टरअन्तर्गतको साइन्टिफिक कमिटीले उहाँको कामलाई जर्नलमा प्रकाशनका लागि समीक्षा र सम्पादकीय कार्यमा सहयोग पुर्याउने बताइएको छ ।


प्रकाशित मिति: १२ मंसिर २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?