Trending
>>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज >>   वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले युवाहरुद्वारा ‘हुंकार मधेस’ अभियान घोषणा >>   जनकपुरका गुठी जग्गावासी आन्दोलितः १५ दिने सूचना खारेज गर्न माग >>   महिला कबड्डीमा नेपाल काँस्यमै सिमित >>   ‘प्रधानमन्त्रीको सम्बोधनलाई निर्देशक सिद्धान्त बनाएर संसदले तथ्यसहितको कार्ययोजना बनाउँदैछ’-डा. रोजनाथ पाण्डे >>   एशियाली खेलकुद कबड्डीः नेपालले सुनिश्चित गर्‍यो काँस्य पदक, स्वर्णको लक्ष्यसहित उच्च मनोबल >>   वीपी राजमार्गको रोशी खोला डाइभर्सन बगेपछि यातायात अवरुद्ध, पहिरोले थप चुनौती >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधनपछि घरभित्रको गृहकार्य र दीर्घकालीन खाका अपरिहार्यः जलवायु वित्त विज्ञ राजु पण्डित क्षेत्री >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधन जलवायु न्यायको सशक्त आवाज, तर कार्यान्वयनमा चुनौतीः विज्ञ मञ्जित ढकाल
Logo
९ आश्विन २०८३, शुक्रबार
९ आश्विन २०८३, शुक्रबार

प्रविधिमैत्री प्रहरी जनशक्तिमा जोड


११ ,मङ्सिर ,धुलिखेल । बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री गङ्गानारायण श्रेष्ठले प्रहरीलाई प्रविधिमैत्री तुल्याउन प्रदेश सरकार लागिरहेको बताएका छन् ।

बागमती प्रदेशस्तरीय सुरक्षा तथा अपराध अनुसन्धान गोष्ठीको आज समापन गर्दै मन्त्री श्रेष्ठले उपलब्ध जनशक्तिलाई प्राविधिकरूपमा दक्ष बनाएर अगाडि बढ्न आवश्यक रहेको बताए ।

शान्तिसुरक्षा तथा अपराध अनुसन्धानका लागि प्रहरी जनशक्तिहरू खटाइरहेको भए पनि साइबर क्षेत्रमा देखिएका अपराध नियन्त्रण गर्न कठिन भइरहेका अवस्थामा प्रहरीले प्रविधिसँग काम गर्न सक्ने जनशक्ति पर्याप्त उत्पादन गर्न सरकार लागिपरेको मन्त्री श्रेष्ठले बताए ।

“अनुसन्धानको विषयमा प्रवेश गर्नुअघि सकेसम्म अपराध नै हुन नदिने वातावरण बनाउनु सबैको कर्तव्य हुन आउँछ, अपराध भईहाले पनि कम मात्रामा हुनेतर्फ सचेत रहने उपाय सबैले अवलम्बन गर्नुपर्छ”, मन्त्री श्रेष्ठले भने ।

प्रहरी अतिरिक्त महानिरीक्षक टेकबहादुर तामाङले आइतबार शुभारम्ब गर्नुभएको कार्यक्रममा बागमती प्रदेशका दश जिल्लाका प्रहरी अनुसन्धान अधिकृतहरुको सहभागिता थियो ।


प्रकाशित मिति: ११ मंसिर २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?