Trending
>>   एपिएफ फाइनलनजिक >>   रोजगारी सिर्जना र विदेशी मुद्रा आर्जनमा हस्तकला व्यवसायको भुमिका महत्वपूर्णः मन्त्री सिन्हा >>   चिसोलाई चुनौती: जाडोमा स्वस्थ रहने ५ प्रभावकारी उपाय >>   विधान संशोधन गरी १० औँ महाधिवेशनकै कमिटीमा फर्कियो एमाले, युवाका लागि छुट्यायो क्लस्टर >>   मौलिक खाना प्रवर्द्धन गर्न खाद्य मेला >>   एमालेले वरिष्ठ उपाध्यक्ष पद हटायो, उपाध्यक्ष पाँच जना रहने >>   जातिय र भाषिक विविधता नेपालको सम्पतीः मन्त्री खनाल >>   राष्ट्रिय सुरक्षा परिषद्को प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश >>   पर्यटनमन्त्री सिन्हाको प्रतिवद्धताः कुनैपनि दबाबमा नपरी काम गर्नेछु >>   मन्त्रालयमै जेन–जी कक्ष राखेर युवालाई रोजगारीको व्यवस्थापन गर्छौंः श्रममन्त्री भण्डारी
Logo
२८ मंसिर २०८२, आईतवार
२८ मंसिर २०८२, आईतवार

प्रविधिमैत्री प्रहरी जनशक्तिमा जोड


११ ,मङ्सिर ,धुलिखेल । बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री गङ्गानारायण श्रेष्ठले प्रहरीलाई प्रविधिमैत्री तुल्याउन प्रदेश सरकार लागिरहेको बताएका छन् ।

बागमती प्रदेशस्तरीय सुरक्षा तथा अपराध अनुसन्धान गोष्ठीको आज समापन गर्दै मन्त्री श्रेष्ठले उपलब्ध जनशक्तिलाई प्राविधिकरूपमा दक्ष बनाएर अगाडि बढ्न आवश्यक रहेको बताए ।

शान्तिसुरक्षा तथा अपराध अनुसन्धानका लागि प्रहरी जनशक्तिहरू खटाइरहेको भए पनि साइबर क्षेत्रमा देखिएका अपराध नियन्त्रण गर्न कठिन भइरहेका अवस्थामा प्रहरीले प्रविधिसँग काम गर्न सक्ने जनशक्ति पर्याप्त उत्पादन गर्न सरकार लागिपरेको मन्त्री श्रेष्ठले बताए ।

“अनुसन्धानको विषयमा प्रवेश गर्नुअघि सकेसम्म अपराध नै हुन नदिने वातावरण बनाउनु सबैको कर्तव्य हुन आउँछ, अपराध भईहाले पनि कम मात्रामा हुनेतर्फ सचेत रहने उपाय सबैले अवलम्बन गर्नुपर्छ”, मन्त्री श्रेष्ठले भने ।

प्रहरी अतिरिक्त महानिरीक्षक टेकबहादुर तामाङले आइतबार शुभारम्ब गर्नुभएको कार्यक्रममा बागमती प्रदेशका दश जिल्लाका प्रहरी अनुसन्धान अधिकृतहरुको सहभागिता थियो ।


प्रकाशित मिति: ११ मंसिर २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?